Motivate News

हाम्रो बारे

मनहरु इन्टरनेटसँग जोडिने क्रम बढ्दो छ । इन्टरनेट संसारसँग जोडिएको छ । देश बिदेशका खबर अब एउटा मोबाइलमा इन्टरनेटको माध्यमबाट थाहा पाउन सकिन्छ ।

हरेक निरास, उदास मनहरुलाई मोटिभेट गरेर सफल बनाउने हाम्रो उद्येश्य छ । सडकमा हिडेकालाई घरसम्म पुर्याउने, घरकालाई समाज सम्म र समाजकालाई राष्ट्र सम्म पुर्याई सच्चा देशभक्त नागरिक बनाउन सहयोग गर्न निरन्तर लागि पर्ने छ मोटिभेट न्युज । अनलाइनको माध्यमबाट पनि निरास मनलाई प्रेरणा दिन सकिन्छ, उत्साहित बनाउन सकिन्छ ।  सफल हुनेहरुलाई मोटिभेटको खाजो हुन्छ र हामी त्यस्ता मनहरुको लागि मोटिभेस्नल खुराक पस्किने छै ।

विदेश जान चाहनेहरूलाई नेपालमै केही गर्न सकिन्छ, नेपालमै धेरै सम्भावनाहरु छन् भनेर सूचना प्रबाह गर्न र नेपालमै केही गरेर बसेका मनहरुको कथा मार्फत विश्वास दिलाइ ब्यबसायी बनाउनु हाम्रो उद्येश्य हो । सके सम्म नेपालमै बसेर देशको लागि केही गर्ने, निरास भएका मनहरुलाई उत्प्रेणा प्रधान गर्ने र गराउने लेखहरु समेटेर उर्जा प्रधान गर्ने प्रयत्न हाम्रो रहने छ ।

बिदेशीएका मनहरुलाई पनि नेपाल आएर ब्यबसायी बन्न सिकाई मुलुकमा अवसरको ढोका खोल्न सहयोग गरि नेपालीलाई राज्यप्रति बफादार हुन प्रेरित गर्ने छौ ।

यसैले विद्युतीय सञ्झ्यालमा हामी जोड्न चाहन्छौँ तपाईंलाई । विदेशमा रहेका नेपाली समुदायका दुःखसुखका पाटालाई समावेश गर्नेछौँ अनि मुलुकका हरेक गतिविधिलाई विनास्वार्थ निष्पक्ष भएर पस्कनेछौँ । समयमा हामी सूचना दिनेछौँ । सूचना पाएपछि हरेक नागरिकले धारणा आफैँ बनाउनेछन् र फैसला गर्नेछन् ।

निरास, उदाश, उमंगहीन फुंग उडेका अनुहारमा आसाको रक्तसञ्चार गराउन सक्नु पनि हाम्रो ठूलै उपलब्धी हुनेछ । निरन्तर यहाँहरुसँग सहकार्यको अपेक्षसहित ।

हामी सुचना विभागको दर्ता नं. १४२ मा दर्ता छौं ।

संचालक : शोभराज बराल

सम्पादक : शिवशक्ति अाचार्य

प्रतिकृया दिनुहोस्