Motivate News

विदेश जान खोज्ने युवालाई स्वदेशमै रोजगारी दिन चाहन्छन् सन्तोष

santosh

काठमाडौँ – एकजना सामान्य मान्छे, जसले आफ्नो ठाउँको विकासका लागि धेरै ठूला सपना बुनेर बसेको छ । काम गर्न खोजेको पनि हो तर केही नेताहरूको असहयोगका कारण उनले सफलता हात पार्न सकेनन् । तनहुँको दमौली बजार धेरै किसिमले सम्भावना बोकेको सहर हो ।

जहाँ सानो सहर छ, तर त्यसलाई व्यवस्थित गर्नसके पोखरासम्म पुग्ने हरेक आन्तरिक तथा बाह्य पर्यटकको पहिलो गन्तव्य बन्न सक्थ्यो । दमौली बजारलाई बगैँचाको सहर बनाउन सकिन्छ । वाइफाइ सिटीको रुपमा विकास गर्नसके विश्वकै उदाहरणीय सहर बन्नसक्छ । यदि काम गर्न दिने हो भने, संसारकै सुन्दर सहर बनाउने सपना छ, होटल व्यावसायी सन्तोश कुमार श्रेष्ठको ।

आफ्नो गाँउमा रहेका हरेक डाँडाकाडाँलाई व्यवस्थित गरि विदेशमा काम गर्नजाने कामदारलाई नेपालमै रोजगार दिने लक्ष छ उनको । तनहुँ जिल्लाको होटल व्यावसायी संघको अध्यक्ष भैसकेका श्रेष्ठ विकासका लागि जनतालेनै हात अगाडि बढाउनुुपर्ने बताउँछन् । उनी भन्छन्, ‘देशको विकास गर्न सुरुमा आफ्नो ठाँउको विकास गर्नुपर्छ । आफ्नो गाँउ आफैले बनाउनु पर्छ । सकारात्मक सोचका साथ अगाडि बढ्ने हो भने असम्भव केही छैन, त्यसैले अरुको मुख ताकेर बस्नुभन्दा आफै उठ्नुपर्छ ।’

होटल व्यावसायी संघको अध्यक्ष हुँदा उनले व्यवसायिक विकासमा धेरै ठूलो सहयोग गरेका थिए । होटल व्यवसायमा फरक स्वाद दिनसके ग्राहकको अभाव नहुने बताउने उनी व्यवसायीलाई योग्य बनाउने खालका कार्यक्रम संचालन गरेकै कारण त्यो क्षेत्रका व्यवसायी माझ लोकप्रिय छन् । हरेक वर्ष व्यावसायीलाई तालिम दिएर व्यवसायिक सफलता दिलाउन ठूलो सहयोग उनको रहेको छ ।

अवसर पाए केही वर्षमै दमौली बजारलाई पर्यटकको पहिलो गन्तव्य बनाउने सपना बुनेका श्रेष्ठ, ढिलो चाँडो आफ्नो ठाँउको विकास गरेरै छोड्ने अठोट राख्छन् उनी ।

को हुन् सन्तोश ?

दमौलीका होटल तथा पर्यटन व्यावसायी हुन सन्तोष कुमार श्रेष्ठ । त्यो क्षेत्रकै पुरानो होटल ‘सन्तोष होटल’ का संचालक श्रेष्ठको हाइवेमा ‘होटल ड्राइभ इन’ पनि छ । होटल व्यवसायी संघ तनहुको पूर्व अध्यक्ष उनी ‘टुर कनेक्सन’ को प्रबन्ध निर्देशक पनि हुन् । होस्टेलमा बसेर अध्ययन गरेका उनले आमा बुवाको माया त्यति पाएनन् । विद्यालयमा राम्रो विद्यार्थीका रुपमा चिनीने उनी धेरै मेहनेत गर्ने विद्यार्थीहरूभित्र पर्थे ।

अतिरिक्त क्रियाकलापमा भाग लिन कहिलै नछुटाउने उनी गाउन र नाच्नमा खप्पिस थिए । हरेक प्रकारका कार्यक्रममा केही न केही स्थान हाँसिल गरेरै छाड्ने उनको भविश्यको सपना भने थिएन । पढाईमा मात्र ध्यान केन्द्रित गरेका उनले सपना बुन्ने समय नै पाएनन् । होस्टेलमा बस्ने प्रायः विद्यार्थीको सृजनात्मक सपना नै हुदैन भन्दा फरक नपर्ला ।

पहिला बुवाले संचालन गरेको सन्तोष होटललाई निरन्तरता दिँदै उनले अर्को होटल खोलेका हुन् । करिव तीसजना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका श्रेष्ठले आकर्षक तलवमा कामदार राखेका छन् । कामका लागि होटल लाईनमा विदेश जाने युवालाई विदेशभन्दा नेपालमै राम्रो भएकाले नेपालमै काम गर्न आग्रह गर्छन् उनी । काम सिकाएपछि प्रायः युवाहरु विदेश गएको देखेर दुखी हुने श्रेष्ठ विदेश जानभन्दा नेपालमै सानो तिनो होटल खोलेर बस्न सल्लाह दिन्छन् ।

प्रायः काठमाडौँ र दमौली गरिरहने उनी काठमाडौमा रहँदा प्राविधिक विकासका लागि यूनिक्याम्पस एजुकेशन कन्सल्टेन्सीमा मार्केटिङ म्यानेजरको काम गर्छन् । खाली बस्न नरुचाउने उनी गाँउको विकासको चिन्ता भने धेरै गर्छन् ।

सपना
नेपालमा रहेका विभिन्न संस्थाको नेतृत्व गरिसकेका श्रेष्ठले खुट्टा तान्ने प्रवृत्तिका कारण सोचेजस्तो काम गर्न नसकेको बताउछन् । स्थानीय स्तरका दर्जनौं संस्थाहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेका उनी हरेक क्षेत्रमा हुने राजनीतिका कारण दुःखी छन् । नेपाल जेसीजमा पनि आफ्नो राम्रो उपस्थीति जनाएका उनको अबको सपना भने फरक छ । गाँउकै विकास गनुपर्छ भनेर तनमन लगाएर लागिपरेका उनी अबको दुई वर्ष भित्र रोटरी क्लबको अध्यक्ष हुने लाईनमा छन् ।

आईपरे आफ्नो जिल्लालाई सुन्दर बनाउन आँफै लगानी गर्न पनि तयार उनी डाँडाकाडाँको संरक्षण र सम्बद्र्धनमा खर्च गर्न चाहान्छन् । बन जंगल, डाँडाकाँडा, हावापानीले भरिपूर्ण नेपालमा विदेशीले पनि सहयोग गर्न सक्ने उनको विश्वास छ । राम्रो प्रस्तावना पेस गरे सहयोग गर्न हरेक व्यक्ति तयार रहेको बताउने उनी, यस्ता काममा आँफु सफल रहेको अनुभव सुनाउँछन् ।

दुईवर्ष पछिको रोटरी क्लबको अध्यक्ष उनी आफ्नो गाँउलाई रोटरी भिलेज घोषण गरि विश्वकै नमुना गाँउ बनाउने सपना सजाएर बसेका छन् । रोटरी भिलेज घोषणा गर्दा गाँउ जिल्लालाई मात्र होइन देशलाई नै सहयोग हुने विश्वास लिएका उनी यो आफ्नो पहिलो योजना रहेको बताउछन् । सुन्दर संसारको कल्पना गर्ने उनी राजनीतिबाट भने टाढा छन् । व्यवसायसंगै समाज सेवामा वढी समय खर्चिने उनी राजनीति गर्नेले देशको विकास गर्न नसक्ने ठोकुवा गर्छन् ।

यो पनि पढ्नुहोस्

 

फस्टाउदै प्रचण्ड पुत्र प्रकाशको कृषि फर्म

 

कुकुरको सलामीबाट सुरू हुन्छ लुइटेलको दैनिकी

 

कर्मसमा मास्टर गरेका राजु कुलेश्वरमा टायर मर्मत गर्दै 

 

एउटै गाडी चड्ने सपनाले बनायो सयौ गाडीको मालिक

प्रतिकृया दिनुहोस्
rajkumar-devkota

यस्तोे छ राजकुमार देवकोटाको गायन र व्यापार यात्रा (भिडियो प्रोफाइल)

काठमाडौं – यूवा व्यवसायी तथा गायक राजकुमार देवकोटाको संगित र व्यापार यात्राको वारेमा मोटिभेट न्यूज डटकमले एक भिडियो प्रोफाइल तयार पारेको छ । हेनुहोस उनै गायक तथा यूवा व्यवसायी देवकोटाको भिडियो प्रोफाइल ।...

mission

निरनजनको व्यापार यात्रा, दाङ देखि काठमाडौँसम्म

काठमाडौं – १२ बर्ष देखि मोवाइलको व्यापार गर्दै आएका निरनजन श्रेष्ठ युवा ब्यबसायी हुन् । उनको व्यापारको सुरुवात दाड हुदै अहिले काठमाडौं सम्म आइपुगेको छ । दाडको घोराहिबाट व्यपार सुरु गरेका उनले हाल काठमाडौंमा केन्ट मल्टिट्रेड प्रा।लि को मार्फतबाट नेपाली सेवाग्राहिरुलाई सुलब...

shiva-aryal

सरकारी जागिरमा अडिएन शिवको मन

काठमाडौँ – उच्च शिक्षा अध्ययनकालागि विदेशिने नेपाली विद्यार्थीको सङ्ख्या दिनानुदिन बढीरहेको छ । विश्वका कतिपय देश लगायत छिमेकी मुलुक भारतमा पनि उच्च शिक्षाकालागि जाने विद्यार्थीको सङ्ख्या वार्षिक हजारौँको छ । विदेशमा अध्ययन गर्न जानु भन्दा पहिला सो देशका कलेजहरू, त्यहाँको शिक्षा, त्यसकालागि...

alive

समयमा प्रविधि चिन्दा सफलताको शिखरमा अलाइभ

काठमाडौं – सधैँभरी व्यस्त रहन्छ न्यूरोड । किनमेलकालागि न्यूरोडमा जानु छ भनेर तयारी नै गरेर त्यहाँ पुग्नेहरु धेरै छन् । यहाँको एउटा विशेषता नै भीडभाड हो । अझ प्रविधिसँग सम्बन्धित सामानहरूको खरिदकालागि त सबैको पहिलो रोजाई नै न्यूरोड हुन्छ । पछिल्लो समय...