Motivate News

नेपाल प्रहरीका ४ डिआइजीहरुको सरुवा,धीरु बस्न्यात सुरक्षा सेवा व्यबस्थापन निर्देशनालय नक्सालमा सरुवा

साउन ३१ , काठमाडाैं – नेपाल प्रहरीका ४ प्रहरी नायब महानिरिक्षक (डिआइजी) हरुको सरुवा गरिको छ । गृह मन्त्रालयले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै प्रहरी नायब महानिरिक्षकहरुको सरुवा गरेको हो । सरुवा सूचीअनुसार महेश बिक्रम शाहलाइ प्रदेश प्रहरी कार्यालय प्रदेश न.६ सुर्खेत, सुरेश बिक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालय, सुरज केसीलाई प्रदेश प्रहरी कार्यालय प्रदेश न.७ दिपायल, र धीरु बस्न्यातलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यबस्थापन निर्देशनालय नक्सालमा सरुवा गरिएको छ।

प्रतिकृया दिनुहोस्