युवती माथि एसिड प्रहार गर्ने ब्यक्ति प्रहरी नियन्त्रणमा
काठमाडौं – काठमाडौंको कालोपुलमा युवतीमाथी एसिड प्रहार गर्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलान्चोकका विष्णु भुजेललाई कालोपुल क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो । त्यतै बस्ने २० बर्षिय जेनी खड्कामाथी भुजेलले एसिड प्रहार गरेका थिए ।
एसिड प्रहारबाट घाइते जेनीको ओम अस्पताल चावहिलमा उपचार भईरहेको छ । एसिड हान्ने ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
यो पनि पढ्नुहोस
काठमाडौंमा युवतीमाथी एसिड प्रहार, अवस्था गम्भिर !