Motivate News

अबको बस्ती, एकिकृत बस्ति : शेरबहादुर (भिडियो सहित)

काठमाडौं – नेकपा एमालेका केन्द्रिय सदस्य एवम सांसद शेरबहादुर तामाङले भुकम्प पछिको पुःन निर्माण गर्दा एकिकृत बस्ती विकास गनुपर्ने बताएका छन् । गत बैशाख १२ गतेको विनाशकारी महाँभुकम्पका कारण क्षति भएका संरचनाको पुनःनिर्माण गर्दा एकिकृत बस्ती विकास गर्ने हो भने सरकारी सेवासुविधा जनस्तरमा पुर्याउन सहज हुने भन्दै तामाङले जनताहरु पुरातन सोचबाट माथी उठ्नु पर्ने औल्याए ।

अहिलेपनि जनतामा आफ्नो पुर्खेउली थलो छोड्न नमान्ने साोचका कारण एकिकृत बस्ती विकासमा केहि समस्या भएको भन्दै आफ्नो थलो नछाडी कसैको प्रगती नहुने उनको तर्क छ । विनाशले विकास पनि संगै बोकेर ल्याउने भन्दै तामाङले पुराना संरचना हटाएर नयाँ संरचना विकास गर्ने अवसरका रुपमा लिदै अगाडी बढ्नुपर्ने बताएका छन ।

भुकम्प गएको एक बर्ष पुग्नै लाग्दा समेत पुन निर्माणले ठोस गति लिन नसकिरहँदा अव पुन निर्माणमा ढिलाई गर्ननहुने धारणा राख्दै उनले जनताको पनि यसमा सक्दो साथ सहयोग हुनुपर्ने भन्दै सरकारको मात्र मुख ताकेर नबस्न आग्रह गरेका छन् । भुकम्प पछिको पुनःनिर्माणका विभिन्न आयामका विषयमा मोटिभेट न्युजका सम्पादक शिवशक्ति आचार्यले उनै सांसद शेरबहादुर तामाङसंग कुराकानी गरेका छन । प्रस्तुत छ सोहि कुराकानीको भिडियो फाइल ।

प्रतिकृया दिनुहोस्

‘चङ्गा’ को पहिलो गीत ‘कम्पनी माला’ सार्वजनिक

काठमाडौँ – जेठ २५ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘चङ्गा’ को पहिलो गीत रिलिज भएको छ । प्रचारको पहिलो सुरुवात भन्दै निर्माण टिमले फिल्ममा समावेश लोक फ्लेभरको गीत ‘कम्पनी माला’ दर्शकमाझ ल्याएको हो । सार्वजनिक गीतमा राजनराज शिवाकोटीको संगीत छ । शब्द...

“जसले मेरो” बोलको नयाँ आधुनिक गीत सार्बजनिक (भिडियो)

काठमाडौँ – फेवा टाइम्सको युट्युब च्यानल मार्फत “जसले मेरो” बोलको नयाँ आधुनिक गीतको भिडियो सार्बजनिक गरिएको छ । उक्त गीतमा राजेन्द्र स्यांग्बोको स्वर रहेको छ भने प्रविन गाउँलेको शब्द रहेको छ । यसगीतलाई सुबास सर्जनले संगीत भरेका छन् भने टंक केसीले छायांकन...