Motivate News

जनमुक्ति सेना बनाउन विप्लवले उठाए ३० करोड, के गर्दैछ ओली सरकार ?

 काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धमाधम सैन्य संरचना बनाउँदै आएको पाइएको छ । सैन्य संरचना बनाउनका लागि नेकपाले तिस करोड संगलन गरेको विप्लवमाथि आरोप लागेको छ । मुलुकभरि चन्दा आतंक, अराजकता, सैन्य संरचना गठन, निजी सम्पत्तिमाथि आक्रमण, बम विस्फोटन जस्ता कानून विपरितका गतिविधि गर्दै आएको भनेर प्रहरीले विप्लवको पार्टीका नेता तथा कार्यकर्तालाई निगरानीमा राखेर धमाधम पक्राउ गरिरहेको छ । पैसाको कारोबारको जिम्मेवारी पाएका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितका टप नेताहरू पक्राउ परेपछि विप्लव आत्तिएका छन् ।

प्रकाण्डले झण्डै ३० करोड चन्दा असुलेर राखेको प्रहरी स्रोतले जनाएको छ । सो चन्दा रकमबाट संन्य संरचना बनाएको जनाइएको छ । विप्लव र प्रकाण्डले मिलेर चन्दा उठाएर सरकारसँग युद्ध गर्न सैन्य संरचना बनाएको थाहा पाएपछि प्रहरीले धरपकड र कडा सुरु गरेको हो । विप्लवको पार्टीका नेता तथा कार्यकर्ता अराजक गतिविधिमा संलग्न रहेको भन्दै प्रवक्ता एवम् स्थायी समिति सदस्य प्रकाण्डलगायत पोलिटब्युरो सदस्यहरू पदमबहादुर राई, ओमप्रकाश पुन, कृष्ण धमला र मोहन कार्की, केन्द्रीय सदस्य तथा नेकपाका कोसी ब्युरो इञ्चार्ज किरण राई, सगरमाथा ब्युरो इन्चार्ज दीपेश राई, देवनारायण शाह र टेकबहादुर केसीलाई पक्राउ गरिसकेको छ । मंगलबार बिहान नेकपाकी पोलिटब्युरो सदस्य उमा भुजेल ‘शिलु’लाई प्रहरीले काठमाडौंको बनस्थलीमा रहेको डेराबाट पक्राउ गरेको थियो  ।

यसअघि विप्लवका खास व्यक्ति असल भनिने चन्द्रबहादुर खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ । चन्द्रबहादुरले नै विप्लवका लागि खानविनदेखि बन्दोबस्ती सबै आवश्यक्ता पूरा गर्दै आएको स्रोतको भनाइ छ । विप्लवले मंगलबार राति एक विज्ञप्ति जारी गरेर सरकारले आह्वान गरेको वार्ता अस्वीकार गरेर सरकारसंग युद्धकै लागि तयार भएको बुझिएको छ । उनले आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गरिएको भन्दै सरकारसँग वार्ता नगर्ने बताएका हुन् । सरकारले राजनीतिक उदेश्य राखेका दल, समूह र संगठनसँग वार्ता गर्ने भनेर उच्चस्तरीय राजनीतिक समिति बनाएको थियो । समितिले वार्ताका लागि आह्वान नगर्दै विप्लवले वर्तमान सरकारसँग वार्ता अस्वीकार गरेका छन् । विप्लवले जारी गरेको विज्ञप्तिअनुसार नेकपाका नेता–कार्यकर्तामाथि सरकारले शृङ्खलाबद्ध रूपमा दमन, गिरफतारी बढाउँदै लगेको भन्दै वर्तमान सरकारसँग कुनै पनि प्रकारको वार्ता नगर्ने जनाएका छन् ।

प्रतिकृया दिनुहोस्