Motivate News

इक्यानको २२ औँ बार्षिकोत्सव सम्पन्न, यस्ता छन आजसम्मका उपलब्धी र भावि योजना (भिडियो सहित)

काठमाडौँ –  नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आफ्नो २२ औँ बार्षिकोत्सव भब्यताका साथ सम्पन्न गरेको । आफ्ना सदस्यहरुका लागि ब्यबसाय अभिबृद्धि गर्न सहयोग पुगोस भन्ने हेतुले मोटिभेशनल कार्यक्रम सहित विभिन्न कार्यक्रम गरि मनाएको छ ।

काठमाडौँको नक्साल ब्याङक्वेटमा सम्पन्न कार्यक्रममा बैँकर अनिल केशरी शाह, कवि नवराज पराजुली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा अनिल शाहले कन्सल्टेन्सी ब्यवसायीहरुलाई ब्यवसाय बढाउन आवस्यक टिप्स दिदै मोटिभेट गरेका थिए भने कवि पराजुलिले हेब्बी बड्डे नामक कविताले सुनाएर मनोरञ्जन प्रदान गरेका थिए ।

इक्यानले हरेक बर्षका बार्षिकोत्सव भन्दा यो बर्ष ब्यवसायीलार्इृ उत्प्रेरित गरेर छाता संगठनका गरिमा बढाएको छ । इक्यान ब्यवसायीको हकहित र प्रबद्र्धनका लागि खोलिएको संस्था भएपनि यस अघि यस्ताखालका कार्यक्रमहरु नगरिएको इक्यानियनहरु बताउँछन ।

२२ बर्ष प्रबेशको शुभ अवसरमा इक्यानले रक्तदान कार्यक्रमको पनि आयोजना गरेको थियो भने बुधबार विहान कलाकार तथा व्यवसायी विच मैत्रीपुर्ण फुटसल पनि खेलाएको थियो ।

विदेश अध्ययनका लागि जान चाहाने विद्यर्थीलाई परामर्श दिनका स्थापना भएका शैक्षिक परामर्श दात्री संस्थाको छाता संगठन हो इक्यान ।

 

प्रतिकृया दिनुहोस्