Motivate News

ट्राभल एजेन्सीमा झाडु लगाउने पर्यटन मन्त्रि पोखरेल

काठमाडौँ – ‘मैले त्यो बेलाखाएको प्रहरीको पिटाईका कारण यी हेर्नुस् मेरा खुट्टा सग्ला छैनन्, एकछिन् बसेपछि दुख्न र पोल्न थाल्छ, म देव्रे कान सुन्दिन ।’ ‘काठमाडौँमा सुरुमा सार्है दुख पाएँ । आफ्नो कोहीथिएन । पेट भर्न एक जना पर्यटन व्यवसायीको कार्यलयमा स्वीपरको काम गरेँ’ ,‘पत्याउनु हुन्नहोला मैले एक गिलास दुध र आधा पाउरोटीले धेरै दिनहरु गुजारेको छु ।’

यी माथिका हरफहरु हुन् पर्यटन तथा नागरिक उड्यन मन्त्रि आनन्द पोखेरलका । उनि एमालेबाट प्रतिनित्व गर्दै  ओली सरकारमा सहभागी छन् । एमाले भित्र निकै नै सालिन स्वभावका उनि धेरैका लोकप्रिय नेता हुन् । उनी सरल र हँसिलो स्वभावका छन् । मन्त्रालयलमा आएका जनता कार्यकतासंग पनि निकै मिलनसार देखिन्छन ।

बिभिन्न कालखण्डमा जेल जीवन बिताएर प्रहरीको यातनाबाट शारीरिक अपाङ्ग भएका उनै मन्त्रि पोखरेलसंग मोटिभेट न्युजका सम्बादाता नवराज कुँवरले जिन्दगिका उतावचडाब, संघर्ष र सफलताका बिषयमा अन्तरङ्ग कुराकानी गरेका छन । प्रस्तुत छ सोहि कुराकानीमा आधारित यो सामर्गी ।

म दोलखाको जफे ३ लप्से भन्ने एउटा विकट गाउँमा २०१६ सालमा जन्मिएको हुँ । मेरो बुवाको नाम इन्द्रप्रसाद पोखरेल हो र आमाको नम्रता पोखरेल हो । हामी दुई जना दाजुभाईमा म जेठो थिएँ । मेरो बुवा एउटा सामान्य किसान हुनुहुन्थ्यो । घरको आर्थिक अवस्थापनि सामान्यथियो । खानै नपुग्ने नाजुक पनि थिएन र खाएर उब्रिने जति धेरै पनि थिएन । आफ्नो गाउँमा विद्यालय थिएन । त्यसैले मैले थाहा पाउँदादेखि म चार घण्टाको दुरीमा रहेको विद्यालय नाम्दु माविमा पढ्थेँ । पढाईसंगै घाँस दाउरा पनि गरिन्थ्यो । गाउँ विकट थियो । विद्यालय पढ्न जानपनि टाढा भएको कारणले मसंगैका केही साथीहरु पढ्नबाट बञ्चित पनि भए । म पनि पढ्नमा अल्छि–अल्छि नै थिएँ । घरबाट पढ्न हिँडेपनि कहिलेकाहीँ स्कुलै जान्नथेँ । बाल्यकाल त्यस्तै त हो ।

५ कक्षामा पढाई छाडेँ

२०२७ सालमा पाँच कक्षामा पुगेपछि खै के झ्वाक चल्यो मैले पढ्नै छाडेँ । एक वर्ष घरमै बसेर घाँस दाउरा र गाइवस्तु चराएँ । ११ वर्षको थिएँ, मैले त्यो वर्ष पूर्ण रुपमा कृषिका कामहरु गरेँ । पछि आफैले पनि सोचेँ, बुवाआमाले पनि भन्नुभयो र मैले फेरि पाँच कक्षाबाटै पढ्न सुरु गरे । मैलो लुगाहुन्थे । त्यतिबेला अहिलेको जस्तो विद्यालयमा मैलोधैलो लुगालगाए कारबाहीको व्यवस्था पनि थिएन। त्यसैले प्राय सबै उस्तै नै हुन्थे ।

७ कक्षामा अखिलका नेताले झण्डा बोकाइदिए

२०२९ सालमा म सात कक्षामा पढ्दा मलाई कृष्णप्रसाद दाहालले स्ववियुको झण्डा बोकाइ दिनुभयो । उहाँ त्यतिबेला अखिलको नेता हुनुहुन्थ्यो । म पनिअलिविद्रोही स्वभावको थिएँ । त्यसैले मलाई कृष्ण दाईले सायद आफू पट्टिनै तान्नुभाको हो ।

१४ वर्षमा विवाह
२०३१ सालमा म ८ कक्षामा पढ्दा मेरो बिवाह भयो । मसंग विवाहगर्ने मेरी श्रीमति त्यतिबेला १२ वर्षकि थिइन् । त्यतिबेला घरपरिवारबाट विवाह गरिदिने भनेपछि नाइनास्तीगर्नै पाइन्न थियो । तर सन्तानभने त्यसको १३ वर्षपछिमात्रै जन्माइयो ।

यसकारण माक्र्सबादी भएँ

२०३३ मा मैले दोश्रो श्रेणीमा एसएलसी उत्तिर्ण गरेँ । त्यसपछि म उच्चशिक्षाका लागि काठमाडौँ आउने बेला मेरा हजुरबुबा जगन्नाथ पोखरेलले भन्नुभयो, ‘केटा त बाहिर जाँदैछस् । छोरा मान्छेले ५२ घुस्सा ५३ ठक्कर खानुपर्छ । जीवनमा अनिमात्र सफल भईन्छ त्यसैले जीवनमा झुठो नबोल्नु, चोरि नगर्नु, जुवातास नखेल्नु, जाँडरक्सि नखानु, वेश्याबृत्तिमा नलाग्नु र अरुलाई नठग्नुभन्ने ६ वटा अर्ति दिनुभयो । जब म काठमाडौँ आएँ । त्यसपछि भेट हुने माक्र्सवादी साथीहरुका कुरा हामीलाई दिइने प्रशिक्षण, खासगरि अनुशासनका कुराहरुमा हजुरबुबाको अर्ति ठ्याक्कै मिल्यो । त्यसपछि म झन् कट्टर माक्र्सवादी भएँ । मेरो परिवारको पृष्ठभूमि राजनीति हैन कृषि हो । म हजुरबुवाकै आदर्श अनुसार माक्र्सवादीभएँ र मेरो राजनीतिक गुरु पनि मेरा हजुरबुबा नै हो । किनकी म उहाँकै अर्तिका कारण माक्र्सवादी भएको हुँ ।

ट्राभल एजेन्सीमा स्वीपरको काम 

२०३४ सालमा म काठमाडौँ आएँ । त्यतिबेला म मेडिसिन पढ्ने विचारमा आएको थिएँ । त्यसैले मैले महाराजगञ्जमा रहेको मेडिसिन क्याम्पसमा इन्ट्रान्स दिएँ । तर नाम निस्केन । काठमाडौँमा बस्न एकदमै दुखथियो । घरको अवस्था सामान्य थियो । म एसएलसी सकिसकेको भएकाले त्यतिबेला घरबाट पैसा माग्ने कुरा पनि थिएन । त्यसपछि मैले कान्तीपथमा रहेको एउटा ट्राभल एजेन्सीमा स्वीपर (सरसफाई गर्ने) कामगरेँ । पेटको लागि जे पनि गर्नुपर्दो रहेछ । घरमा जस्तो कहाँ हुदोरहेछ शहरमा । शनिबार बाहिर पट्टिबाट झ्याल पुछ्नु पथ्यार्थ्यो  । त्यो गर्दाचाहिँ देख्नेहरुले केही भन्छन्की जस्तो लाग्थ्यो । तर मेरो त्यो जागिर थियो जसरी पनि गर्नैैपर्ने ।

पाउरोटी र चिया भरमा धेरै दिन

अहिले म मन्त्री छु, गार्ड सहयोगी, सुरक्षा सबै थोक छ । तर म हिँजोका ती दिनहरु सम्झन्छु आज पनि कता–कता दुखेर आउँछ । काष्ठमण्डप अगाडीको गणेशस्थानमा पन्नापाउरोटी भन्ने पसल थियो । त्यो पसलमा त्यतिबेला ५० पैसामा आधापाउरोटी र ७५ पैसाको १ गिलास दुधमात्रै खाएर मैले धेरै दिनहरु गुजारेँ। आजपनि म त्यो बाटो हिँड्दा, त्यो कुरा सम्झन्छु । त्यो पसल त अहिले छैन । तर दुखमा बचाएर होला मलाई त्यो दूध र पाउरोटी सार्है मिठो लाग्छ ।

सोल्टी होटलमा वेटर गरेँ

२०३४ सालमा मैले केहीमहिना स्वीपर गरेपछि सोल्टी होटेलमा वेटर सरहको कामपाएँ । त्यसपछि दुखबाट अलिकति छुट्कारा पाए जस्तो लाग्यो । त्यता काम गर्दैगर्दा खुमलटारमा म जेटिए तालीम पनि गर्थेँ । त्यतिबेला जेटिए पढ्नेहरुमा उत्कृष्ट ५ जनालाई रामपुर क्याम्पसमा पढ्न जाने अवसर मिल्थ्यो । त्यो अवसर मैले पाएँ र ०३५ सालबाट म चितवनको रामपुर क्याम्पसमा कृषिपढ्न थालेँ । सोल्टी होटेलबाट केही कमाएको थिएँ । त्यो पैसा पनि थियो संगै १५० जनाको कोटामा परेकाले त्यसपछि खासै धेरै दुख झेल्नु परेन ।

पुलिसको पिटाइले अपाङ्ग 

म कृषि अध्ययनपछि जिरिको जिरी माध्यामिक विद्यालयमा पढाउँथे । २०३७ साल कात्तिकमा अनेरास्ववियुको अधिवेशन थियो । हामीले त्यतिबेला जनकपुर अपरेसनको अभियान पनि चलाईरहेका थियौँ । त्यतिबेलै फेरि विद्यार्थीले प्रहरीमाथी हातपात गरे । को को हुन त नेता भनेर प्रहरीले खोजिग र्यो । त्यहि १६ गते सहकर्मीहरु नीरबहादुर खड्का र सुमन जिरेलाई पक्राउ गरियो म त्यसको भोलिपल्ट पक्राउ परेँ । त्यहीदिन मैले धेरै पिटाई खाएँ । त्यो पिटाईले आज म देव्रे कान सुन्दिन । मेरो पैतालामा धेरै लठ्ठी वर्साए ।

जसका कारण आजपनि मेरो खुट्टा सग्ला छैनन् । धेरैबेर बसिसकेपछि मेरो खुट्टामा कुटिएका ती भाग पोल्न थाल्छन् र आजपनि पिडा हुन्छ । म पक्राउ परेको खबर हजुरबुबाले थाहा पाउने वित्तिकै उहाँ बेहोस् हुनुभएछ र फेरि बौरिनुभएन । त्यो वर्ष मैले छात्रबृत्तिमा कोलम्बो पढ्न जाने अवसर पनि पाएको थिएँ । तर जेल परेका कारण मैले त्यो अवसर गुमाउनु पर्यो ।

जेलबाटै आइएसी पास

जेलमा पु¥याएपछि भने यातना दिएनन् । जेलपुगे पछि पढ्नतिरै लागियो । मैले जेलमै बसिबसि आइएसीपास गरेँ ।

जेलपछि प्रधानपञ्च 

म कृषि पढेकाले त्यतिबेला गाउँमा निकै चिज गर्थे । कसैको गाईबस्त ’विरामीहुँदा म गएर उपचार गरिदिने सरसल्लाह दिने गर्थेँ । पढेलेखेको पनि भनेर होला गाउँलेहरुकै सहयोगमा म ४३ सालदेखि ४६ सालसम्म प्रधानपञ्च भएँ । त्यतिबेला गाउँमा रहँदा मैले भैँसी पालेँ, खेती गरेँ ।प्रधानपञ्च हुँदाताका सम्पूर्ण खर्च मैले खेतीपातीबाट निकालेँ । कृषि पढेकाले सबै काम म आफै लागि परेर गर्थेँ । त्यसबेला देखि राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनहरुमा लागियो । समाजसेवाको यात्रालाई गतिशील पारियो । पढाईमा पनि सफलता हाँसिल गरियो ।

दुईविषयमा डिग्री

सानामा पढ्न अल्छि गरेपनि मैले पछि पढ्ने कुरालाई प्राथमिकता दिएँ । राजनीति र पढाईको तालमेल मिलाउन कठीन पथ्र्यो तर पनि मैले मिलाएर अघि बढेँ । फलस्वरुप आज मैले समाजशास्त्रमा र आर्टमा एमए गरेँ । विएसिएजी, विएलपनि गरेको छु ।

पहिलोपटक मन्त्री हुदा

त्यही क्षेत्रबाट भएका संसदीय दुई निर्वाचनमा हारेँ, दुईवटा निर्वाचनमा जितेँ । आज म पर्यटन मन्त्री छु । मलाई जनताको काम डाडु पनिउ लिएरै गर्न पाउने अवसर मिलेको छ । यो बेला म जनताकै लागिमात्र सोच्छु । जनताकै काममा खट्छु । बिहान ८ बजेदेखि राती ८ बजेसम्म म मन्त्रालय र जनताका काममा खट्टिन्छु । हिँजोको त्यो बेरोजगार र दुखपाएको आनन्द पोखरेल भएर सोच्छु, जनताका छोराछोरीले त्यस्तै दिनभोग्नु नपरोस् भन्ने कामना गर्छु र सकेसम्म म बढि जनताकै कामगर्न लागि परेको छु ।

दुईवर्ष भित्र मन्त्रालयको काम व्यवहारतः देखिन्छन्

मेरो मन्त्रालयको कार्यक्रमहरु दुईवर्ष भित्रमा व्यवहारतःदेखिनेछन् । यो देशमा नीति नराम्रो भएर हैन कार्यान्वयन पाटो कमजोर भएर चाहिँ धेरै कुरा अड्कीएका छन् । यसमा कर्मचारीहरुको भूमिका मुख्य हुन्छ । मन्त्री त आज एउटा भोलीअर्को हुन सक्छ तर कर्मचारीहरु लामो समयसम्म मन्त्रालय तथा सम्बन्धित निकायमा रहन्छन् । उनीहरुले जनताका पक्षमा सोचेर मन्त्रीहरुका पालामा आएका नीति तथा कार्यक्रमहरु लागु गर्नुपर्छ ।

हवाई क्षेत्रको प्रतिबन्धमा दुई वर्ष भित्र खुल्ने 

२०१३ मा युरोपियनयुनियनले नेपाललाई हवाई प्रतिबन्ध लगायो भनिन्छ तर युरोपियनयुनियनले आफु अन्तर्गत रहेको राष्ट्रको हवाई सुरक्षा कमजोर छ भनेर दिएको सुधारात्मक सुझावलाई म कालोसुची भन्नचाहान्न तर उसको त्यो सुझाव मानेर नेपालको हवाई सुरक्षाको सवालमा बलियो पारेर दुई वर्षभित्रमा इयूको क्लीनचिन लिनेगरि काम गर्ने छु ।

प्रतिकृया दिनुहोस्

म सेलिब्रेटी होइन सेलरोटी हुँ : पुष्कर शाह

काठमाडौं – ११ बर्षमा १५० देशको भ्रमण त्यो पनि साइकलमा ! सामान्यतया आम मान्छेले गर्ने त के सोच्ने भन्दा पनि परको कुरा, सुन्दै कुनै दन्त्य कथाको कहानी भन्दा फरक नलाग्ने, कुनै काल्पनीक फिल्मको दृष्य झै लाग्ने तर वास्तविक भोगाइ । ४०१५ दिन...

शरीरमा ३३ प्रतिशत अक्सिजन रहदा पनि हरेस खाएनन् विश्व पर्वतारोहि पण्डितले, यस्तो छ उनी मरेर बाँचेको दिन

काठमाडौं – २२ फेब्रुअरी २०१५ मा पुरै अमेरिकाको सर्वोच्च शिखर एकोन्कागुआ आरोहणका लागि काठमाडौंबाट प्रस्थान गरेँ । ६ दिनको पैदल यात्रापछि आधार शिविर पुगियो । सगरमाथासहित आठ हजार मिटरका हिमाल चढिसकेको हुनाले मैले झन्डै सात हजार मिटर (६९६२ मि) को हिमाल चढ्नु...

एउटा कर्मचारीले चाह्यो भने कति गर्न सक्छ, हेर्नुहोस भिडियोमा, खाँचो छ केवल इच्छाशक्तिको !

काठमाडौं – हाल श्रम तथा रोजगार मन्त्रालयको सहसचिवका रुपमा रहेका महेश्वर न्यौपानेले सरकारी सेवामा आफ्नो दुई दशक विताईसकेका छन् । सोे अवधिमा विभिन्न भुमिकामा रहेर उत्कृष्ट कार्यसम्पादन गरेका न्यौपानेको जीवन साँच्चै एउटा कर्मचारीले चाह्यो भने यो देशलाई कति योगदान दिन सक्छ भन्ने...

एओसीले बनायो अर्को इतिहाँस, सिपिटीमा उत्कृष्ट नतिजा

काठमाडौ –  सीए अध्ययन गराउदै आएको केडेमी अफ कमर्श (एओसी)ले अर्को इतिहाँस बनाएको छ । विगतमा आइसिआइ टप गरेर इतिहाँस रचेको एओसीले यो पटक पनि सिटिपीको रिजल्टले नयाँ इतिहाँस बनाइदिएको छ । मगलबार भएको सिपिटीको रिजल्टमा एओसीमा अध्ययनरत रस्मी पटुवारले ९६.५ प्रतिशत...