Motivate News

थाइल्यान्डका प्रधानमन्त्रीद्वारा नेपाललाई करिब १७ करोड सहयोग

भदौ १५, काठमाडौं – बिम्स्टेक सम्मेलनका क्रममा नेपाल आएका थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चाले नेपाललाई १५ लाख अमेरिकी डलर(करिब १६ करोड ९५ लाख रुपैयाँ) बराबरको औषधी तथा मेडिकल उपकरण सहयोग गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँगको द्विपक्षीय भेटमा उनले नमुना औषधी तथा उपकरण प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सम्मेलनका लागि आएका उनले द्विपक्षीय भेटवार्ता समेत गरेका हुन्। सोल्टी होटलमा थाई प्रधानमन्त्री चानसहितको टोलीले संयुक्त रुपमा सोल्टी होटलमा प्रधानमन्त्रीसँग भेटवार्ता गरेको हो। थाइल्यान्डले दिने औषधी तथा उपकरण भने केही समयपछि नेपाल आइपुग्नेछ।

प्रतिकृया दिनुहोस्