Motivate News

अमेरिकामा नेपाली उत्पादन तथा सेवाको बृहत प्रदर्शनी हुने

 

IMG_1806चैत्र २४, काठमाडौं –   अमेरिकाको ब्यापारिक शहर न्युयोर्कमा नेपाली उत्पादन तथा सेवाको प्रदर्शनी हुने भएको छ । वोर्ल्ड बिजनेस म्यानेजमेन्ट एण्ड कन्सल्टेन्ट एलएलसीको आयोजनामा यहि आगामी सेप्टेम्बर ३० देखि अक्टोबर ३ सम्म प्रदर्सनी हुने भएको हो  ।  अमेरिकाबाट स्काईप मार्फत वोर्ल्ड बिजनेस म्यानेजमेन्ट एण्ड कन्सल्टेन्टका विशिष्ट व्यक्तिहरुसंग राजधानी काठमाडौं गरिएको एक पत्रकार सम्मेलनमा सो कार्यक्रम हुने जानकारी गराइएको थियो । कार्यक्रममा उद्योग मन्त्री सोमप्रसाद पाण्डे  लगाएत उद्योग ब्यवसायी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । 

IMG_1802

प्रदर्शनीमा नेपालमा विभिन्न किसिमका ब्यापार ब्यबसायमा संलग्न सस्थाले स्टल राख्न पाउनेछन् । बिशेष गरेर गलैचा, थान्का, जडिबुटी, पर्यटन, होटेल,दुग्ध उत्पादन, खुकुरी, पश्मिनासंग सम्बन्धित काम गर्ने  संस्थाहरुले उक्त कार्यक्रममा स्टल राखी अन्तरास्ट्रिय बजारमा आफ्नो उपस्थिति दह्रो बनाउन सक्ने कुरा संस्थाका सूचना प्रमुख सुदिप पोखरेलले जानकारी दिए।

IMG_1814

‘Nepal Exhibition and International Trade Show’ को मुख्य उद्देश्य नेपाल र अमेरिका बीच व्यापार व्यवसाय विस्तार गर्न चाहने नेपाल तथा विश्वभरि छरिएर रहेका नेपाली तथा अन्तर्राष्ट्रिय समुदायलाई एउटा व्यवसायिक प्लेटफर्म दिनु रहेको छ । यो व्यापारिक मेलामा विश्वभरिबाट ३ सय ५० भन्दा बढी उद्योगी तथा व्यवसायीहरुको संलग्नता हुनेछ । यो मेलाको अर्को उद्देश्य नेपाली उत्पादनलाई अमेरिका हुँदै विश्व बजारसम्म पु¥याउने लक्ष्य भएकाले ७० प्रतिशत भन्दा बढी उद्योगी, व्यवसायी नेपालबाट भाग लिने छन् भने बाँकी ३० प्रतिशत विश्वभरिबाट सहभागिता हुनेछ ।IMG_1818

 

यो व्यापारीक मेलालाई अमेरिका स्थित विभिन्न नेपाली सामाजिक संघसंस्था, विदेशी संघसंस्था तथा अमेरिकी सरकारी निकायहरुसँग पनि सहयोग लिएर सफल बनाउनको लागि आयोजक कम्पनी जिम्मेवार हिसाबले लागि परिरहेको छ । त्यसैगरी नेपालस्थित सरकारी तथा व्यापारीक संघसंस्थाहरुले पनि यो मेलामा विभिन्न रुपमा सहभागिता जनाएर हामीलाई उर्जा थपि रहेका छन् । FNCCI, FNCSI, NTB, NATTA जस्ता महत्वपूर्ण संस्थाहरु सहयोगी तथा प्रवद्र्धकको भूमिकामा छन् । WBMC LLC स्वयं Greater New York Chamber of Commerce को सदस्य भएर न्यूयोर्क शहरमा नेपाल र नेपालीको शिर उच्च राखिसकेको छ भने USA स्थित नेपाली दूतावासको पनि यो कार्यक्रममा साथ र सहयोग छ भनी हौसला प्रदान गरेको छ ।

भिडियो

प्रतिकृया दिनुहोस्

रकेटको गतिमा विस्तार हुँदै जीएमई रेमिट, मेगा बैंकसंग पनि रेमिट्यान्स सम्झौता

काठमाडौँ –  जीएमई रेमिटले आफ्नो विस्तारको रप्तारलाई बढाएको छ । मेगा बैंक नेपाल लिमिटेडसंग रेमिट्यान्स कारोबार सम्झौता भएसंगै जीएमईको रप्तार बढेको हो । मेगा बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र जीएमई रेमिटका तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेलले शुक्रबार...

गुड्ने भयो चक्रपथमा मोनोरेल, यस्तो छ चिनियाँ कम्पनीसँग काठमाडौं महानगरपालीकाले गरेको सम्झौता

काठमाडौं – काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न चिनियाँ कम्पनीले सम्भाब्यता अध्ययन गर्ने भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेशन (सीआरसीसी) र काठमाडौं महानगरपालिकाकाबीच यसका लागि द्विपक्षीय समझदारी (एमओयू) भएको हो । एक कार्यक्रमका बीच मोनोरेलको सम्भाब्यता अध्ययन...

आर्थिक बर्ष २०७५, ०७६ का लागि २० अर्बको बजेट ल्याउने तयारी

काठमाडौं – सरकारले आगामी आर्थिक बर्ष २०७५, ०७६ का लागि २० अर्बको बजेट ल्याउने तयारी गरिरहेको छ । केन्द्रको वित्तीय समानीकरण अनुदान र समपुरक अनुदान तथा प्रदेशको राजस्व गरी २० अर्बभन्दा बढीको बजेट सरकारले ल्याउने भएको हो । मन्त्रिपरिषदको बुधबारको १४ औँ...

पेट्रोलियम पदार्थमा फेरी बढ्यो मुल्य !

काठमाडौं – नेपाल आयल निगमले इन्धनको मुल्य वढाएको छ । निगम संचालक समितिको आज साँझ बसेको बैठकले पेट्रोल, डिजेल, र मट्टितेलमामा दुई /दुई रुपैयाँ बढाउने निर्णय गरेको हो । अब पेट्रोल ११० तथा मट्टितेल र डिजेलको समान ९२ रुपयाँ प्रतिलिटर पर्नेछ ।...