Motivate News

कहाँ छन्, ‘फ्रि भिसा फ्रि टिकट’को सुरुवात गर्ने पूर्व श्रम राज्यमन्त्री गुरुङ ?

काठमाडौं – शुशिल कोइराला सरकारको पालामा श्रम तथा रोजगार राज्यमन्त्री थिए टेकबहादुर गुरुङ । जसले जनताको पक्षमा निकै कठोर निर्णय गरेका थिए । ६ वटा खाडी मुलुक र मलेसियामा बैदेशिक रोजगारीमा जादा फ्रि भिसा र फ्रि टिकट लागु गराउने आँट गर्दा उनका सहपाठीहरूको विरोध सहिनसक्नु भएको थियो उनलाई । यो व्यवस्था अहिले कार्यान्वयनकै चरणमा छ । सरकार परिवर्तन पछि उनको बारेमा कमैलाई जानकारी छ । मनाङबाट प्रत्यक्ष निर्वाचनमा नेपाली कांग्रेसबाट बिजयी हुदै सांसद बनेका गुरुङ अहिले कहाँ, के  गर्दै छन्, उनको बारेमा सोधीखोजी गरेका छन् मोटिभेटन्युजका सम्बाददाता कृष्ण कटेलले । प्रस्तुत छ पुर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङसंग गरिए कुराकानीको सम्पादित अंश ।

आजभोलि तपाईको बारेमा चर्चा हुन छोड्यो, कता तिर व्यस्त हुनुहुन्छ ? 

आजभोलि जिल्लाकै काममा व्यस्त छु । जिल्लाको विकास कसरी गर्ने भन्नेमा केन्द्रित छु । अहिले मनाङमा सडक पुगेको छ, त्यो सडकको स्तरोन्नती गर्ने तर्फ, अनि जिल्लाबासी दाजुभाइ दिदीबहिनीहरुको बिचमा पुग्ने, उनीहरुको गुनासो सुन्ने यस्तै यस्तैमा व्यस्त छु । अनि पार्टीको कार्यक्रममा पनि सहभागीता जनाई रहेको छु ।

तपाईको राजनीतिक यात्राको सुरुवात कसरी भयो ?

मनाङका अधिकांश मानिसहरु राजनीतिमा चासो राख्दैन, अहिले चासो बढेको छ । म व्यापारमा राम्रो गर्दै अगाडी बढेँ । पञ्चायतकालको बेलामा मनाङको प्रतिनिधित्व लमजुङकाहरुले गर्थे । मलाइ त्यसबेलादेखि हामीहरु मनाङको प्रतिनिधित्व गर्न सकिहाल्छौ नि भन्ने लाग्थ्यो । पछि गणेशमान, गिरिजाप्रसाद उनीहरुको व्यक्तित्व, नेतृत्व गर्ने क्षमताबाट प्रभावित भएँ र राजनीतिमा संग्लन भए ।

श्रम तथा रोजगार राज्यमन्त्री हुँदा तपाइले खाडी मुलुकसहितका ६ देशहरुमा फ्रि भिसा फ्रि टिकट लागु गराउनुभयो, यस्तो जोखिम मोल्ने आँट कसरी आयो ?

बैदेशिक रोजगारसम्बन्धी मलाइ राम्रो ज्ञान छ । कुनैबेला बिदेशी कम्पनीहरुले नेपालका कामदारलाइ उल्टै पैसा दिएर लैजाने गर्थे । त्यो समय फेरिएर हजारौँ, लाखौ रुपैया बुझाएर पनि नेपालीहरु आजभोलि बैदेशिक रोजगारीमा गइरहेका छन् । त्यति खर्च गर्दासमेत उनीहरुको सुरक्षा, कमाइ, आकर्षक तलव सुनिश्चित छैन । धेरै नेपालीहरु बैदेशिक रोजगारीका नाममा ठगिएका छन् । क्रणमा डुबेका छन् ।

कतिले त उतै जीवन समाप्त गरेका छन् । यसर्थ वैदेशिक रोजगारलाइ व्यवस्थित वनाउन आवश्यक थियो । मैले यो फ्रि भिसा फ्रि टिकटको कुरा ल्याएँ । यसले गर्दा बैदेशिक कम्पनी कतिको गुणस्तरीय हो भन्ने थाहा हुन्छ, फ्रि टिकट दिनसक्ने कम्पनी त राम्रै हुन्छ । जसले गर्दा वैदेशिक रोजगारीलाइ झनै व्यवस्थित बनाउछ ।

फ्रि भिसा फ्रि टिकट, कार्यान्वयन हुन सकेको छैन नि ? जनता लाखौ तिरेर गैरहेका छन् ।

यो कार्यान्वयन हुदै गएको छ र छिट्टै नै प्रभावकारी रुपमा कार्यान्वयन हुनेछ भन्ने मलाइ लाग्छ । यो लागु हुदैमा बैदेशिक रोजगार व्यवसायीहरु आत्तिहाल्नुपर्ने अवस्था हुदैन । फ्रि भिसा फ्रि टिकटको व्यवस्थाले बैदेशिक रोजगारलाइ अझ व्यवस्थित बनाउछ ।

यहाँको बाल्यकाल फर्केर हेरौँ,कस्तो थियो बाल्यकाल ?

मेरो जन्म मनाङको तेङ्गी मनाङ वडा नम्बर २ मा भएको हो । बाल्यकाल मनाङ र पोखरामा बित्यो । मनाङमा हुदाकै बाल्यकाल सम्झिने हो भने आजभोलि पनि मलाइ रुन मन लाग्छ । किनकी दुर्गम क्षेत्र, उकाली ओराली धेरै विकटताका बिच पनि वाल्यकाल रमाइलोका साथ नै बित्यो । अर्कातिर त्यो बेला मेरा बुवा आमाले कसरी हुर्काउनुभयो होला भन्ने लाग्छ । मेरो बुवा लगायत अन्य धेरै पुरुषहरु समुन्द्रपार मलेसिया जाने, ह्याण्डिक्राफ्टको व्यापार गरेर फर्किनुहुन्थ्यो । ममी तथा गाउँघरका अन्य मानिसहरु १५ दिन हिडेर बुटवलको ठोरी आएर दाल, चामल, नुन तेल ओसार्नुहुन्थ्यो । यस्तै परिस्थिती हेर्दै हुर्किएको हुँ म ।

दुर्गम ठाउँमा भएपनि पारिवारिक स्थिती कस्तो थियो ?

सम्पन्न परिवार हो । मेरो बाजे समाजसेवा गर्नुहुन्थ्यो । गाउँघरका गरिवहरुलाइ हेर्ने,सहयोग गर्नुहुन्थ्यो । बाजेको नाम बामे गुरुङ हो । उहाँको नाम भनेपछि सबैले चिन्थे ।

औपचारिक शिक्षा कहाँबाट प्रारम्भ गर्नुभयो ?

छोराछोरीलाइ शिक्षा दिनुपर्छ भनेरै मेरा बुवा आममले हामीहरुलाइ मनाङबाट पोखरा ल्याउनुभयो । मेरो प्रारम्भिक शिक्षा पोखराबाटै सुरु भयो । पछि काठमाण्डौमा आएर पढेँ । त्यसबेला मलेसिया सिंगापुर जाने भनेपछि निकै महत्वका साथ हेरिन्थ्यो । त्यसपछि म पनि मलेसिया सिंगापुर गएर व्यापार सुरु गरेँ । त्यसक्रममा अन्य विभिन्न देश घुमेँ । ह्याण्डिक्राफ्टको व्यापार गरियो ।

युवा अवस्थामा मायाप्रेम कत्तिको बस्यो ?

त्यस्तो समय नै भएन । म मायाप्रेम गर्ने भन्दापनि कसरी व्यापारमा राम्रो गर्ने भन्नेमा लागिरहेँ । एकजना विदेशी युवतीले मलाइ मन पराएकी थिइन् । उनको परिवारले पनि मलाइ उनीहरुकै देश अष्ट्रेलियामा लैजाने प्रस्ताव गर्थे । तर मैले मानिन । पछि सम्पर्क नै नभएपछि कुनै सम्बन्ध लामो समयसम्म टिक्न सकेन ।

प्रतिकृया दिनुहोस्

मेरो २८ वर्षको अनुभवले मुक्तिनाथ विकास बैकलाई अब्बल बनाउन सहयोग पुगेको छ : प्रधुम्न पोखरेल पोखरेल, सिइओ, मुक्तिनाथ विकास बैंक

काठमाडौँ – विगत २८ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत प्रद्युमन पोखरेल मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् । उनले वाणिज्य शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । पोखरेलले सुरुमा नबिल बैंकमा म्यानेजरबाट बैंकिङ करियर सुरु गरेका हुन् । उनले नबिल बैंकमा...

यस्ता छन लाक्पा रेँडु शेर्पाका एघारौँ पटक सगरमाथा चढ्दाका अनुभव, हरेक कुरा सम्भव छ भनेर प्रमाणित

काठमाडौँ – सगरमाथा आरोही संघ तथा अन्तर्राष्ट्रिय माउण्टेरिङ गाइडका महासचिव हुन लाक्पा रेँडु शेर्पा । उनले ११ पटक सम्म सगरमाथाको सफल आरोहण गरिसकेका छन । उनी अन्तर्राष्ट्रिय स्तरको माउण्टेरिङ गाइड पनि हुन । उनै शेर्पासंग सगरमाथा चढ्दाका दुःख, संघर्ष र सफलता लगायत...

राजस्व चुहावट अन्त्य गर्न के गर्दै छ सरकार ? यस्तो छ राजस्व सचिव ढुंगानाको योजना

काठमाडौँ – १५ जेठमा संसदमा बजेट सार्वजनिक भयो । त्यसपछि बजेट विषयमा टिकाटिप्पणी र समर्थन गर्नेहरुको आ–आफनै लाइन लाग्यो । धेरैले ‘फोटोकपी’ बजेट भन्दै वर्तमान सरकारले ल्याएको बजेट विगतकै ढाँचामा आएको धारणा सार्वजनिक गरे । केही पूर्वअर्थमन्त्रीहरुले त जनतामुखी बजेट नआएको भन्दै...

ओली सरकारले ठुला जलविद्युत आयोजना बनाउन ध्यान दिनुपर्छ : सूर्यनाथ बास्तोला

नेपालले ठूलो राजनैतिक संघर्षपश्चात जनप्रतिनिधिहरुले अग्रगामी संविधान निर्माण गरी लागु गरी स्थानीय, प्रादेशिक र केन्द्रीय सरकार निर्माण गर्ने प्रक्रिया पुरा गर्न लागेको छ । अब जनचाहना अनुरुपको देशमा आर्थिक विकास भएर सबै नेपाली जनताको उन्नति हुनेछ भन्ने जनतामा आशा उत्साह दृढ हुँदै...