Motivate News

निर्मला हत्या : दोषी पत्ता नलगाई ढाकछोपको प्रयास भए पुनः आन्दोलन चर्काउने कांग्रेस सांसद बडूको चेतावनी

भदौ १८, काठमाडौं – नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त प्रकरणमा प्रारम्भदेखि नै प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधि गम्भीर नभएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा स्थलगत विवरण प्रस्तुत गर्दै बडूले प्रहरीको छानबिन ढिलो र फितलो भएको बताए। घटनाका सन्दर्भमा गैरजिम्मेवार अभिव्यक्ति दिएकाले पनि आन्दोलन चर्केको उनले बताएका छन्।

तत्कालीन प्रहरी प्रमुख निलम्बन गरी उच्चस्तरीय छानबिन समिति गठन गरेपछि भदौ ५ र ९ मा बसेको सर्वपक्षीय भेलाबाट आन्दोलन रोक्ने सहमति भएको उनले जानकारी गराए। नयाँ छानबिन टोलीले निष्पक्ष छानविनद्वारा जो सुकै वा उच्च पहुँचको भए पनि छुट्न नहुने स्थानीयको माग रहेको उनको भनाइ छ। वास्तविक दोषी पत्ता नलगाई ढाकछोपको प्रयास भएमा पुनः आन्दोलन उठ्ने उनले चेतावनीसमेत दिए।

बडूको लिखित मन्तव्यको पूर्णपाठ

प्रतिकृया दिनुहोस्