Motivate News

भारतले भूकम्प पिडित नेपाली बिद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौं – भारतको एउटा प्रतिष्ठित कलेजले भूकम्प पिडित नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । नेपालीमा २०७२ साल बैशाख १२ को भूकम्पमा परि पीडित भएका विद्यार्थीलाई उक्त कलेजले छात्रवृत्ति दिन भएको हो ।

विगत लामो  समय देखि आफ्नो छुट्टै पहिचान बनाउन सफल भारतको कर्नाटाकमा रहेको राजिभ एजुकेशन ट्रस्टले  नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको हो ।  भिटीयू विश्व विद्यालयबाट सम्बन्धन प्राप्त उक्त कलेजले १० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने सो कलेजका प्रतिनिधि भिट्टल खसुले जानकारी दिए ।

नेपाली विद्यार्थीलाई छात्रवृत्तिमा छनोट गर्नको लागि काठमाडौं आएका भिट्टलका अनुसार असर १२ गते देखि छनोट प्रक्रिया सुरु हुने बताए । उक्त  कलेजमा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्तिको छनोट बागबजारमा रहेको सताक्षी एजुकेशनल फाउन्डेसनको कार्यालयमा हुने छ । उक्त विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीले आइतबार देखि मंगलबारसम्म सताक्षी एजुकेशनल फाउन्डेसनमा सम्पर्क गर्न सक्ने छन् ।

एसएलसी पास गरेका विद्यार्थीले डिप्लो तह इन्जिनियरका बिभिन्न बिषयहरू, +२ पास गरेका बिद्यार्थीले ब्याचलर अफ इन्जीनियरिङ तथा ब्याचलर गरेका बिद्यार्थीले एमबिएमा छात्रवृत्ति पाउने सताक्षी एजुकेशनल फाउन्डेसनका प्रबन्ध निर्देशक उमेश ढुंगेलले जानकारी दिए । उक्त कलेजमा  डिप्लोमा देखि मास्टर तहसम्म इन्जिनियरिङ, नर्सिङ, व्यवस्थापन, शिक्षा लगायतका बिषयहरूमा अध्यापन हुदै आएका छन ।

बिगत लामो समय देखि नेपाली बिद्यार्थीलाई छात्रवृत्तिमा अध्ययनको अवसर दिदै आएको सताक्षीले यो पटक निरन्तरता दिएको छ । सन् २००७ देखि भारतको चर्चित थापर विश्वविद्यालयमा छात्रवृत्तिमा पठाउदै आएको सताक्षीले भारत लगायत विश्व भिभिन्न कलेज तथा विश्व विद्यालयमा छात्रवृत्तिमा पठाउदै आएको छ । बागबजारमा रहेको सताक्षीले अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, जापान र भारतमा नेपाली विद्यार्थीलाई कहिले पचास प्रतिशत त कहिले पुरै छात्रवृत्तिमा पठाउदै आएको छ ।

प्रतिकृया दिनुहोस्

कंगारुले गर्यो धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग

काठमाडौँ – कंगारु एजुकेशन फाउण्डेशनले आफ्नो स्थापना दिवसको अवसर पारेर धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग गरेको छ । आफ्नो ११ औ वार्षिकोत्सवको उपलक्ष्यमा कंगारुले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउँदै गरेको धुर्मुस सुन्तली फाउण्डेसनलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । कंगारुका फाउण्डर...

इक्यानमा विष्णुहरि पाण्डेको उदय

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा विष्णुहरि पाण्डेको उदय भएको छ । शनिबार सम्पन्न निर्वाचनमा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतले पराजित गर्दै इक्यानको नेतृत्व सम्हालेका हुन । कुल खसेको ३४३ मतमध्ये पाण्डेले १७७ मत ल्याए भने बस्नेतले १६५ मत ल्याए ।...

इक्यानका सदस्यलाई समस्या पर्दा २४ सै घण्टा उपलब्ध हुन्छु :सरोज बस्नेत (भिडियो सहित)

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ नेतृत्वका लागि आगामी शनिबार निर्वाचन हुँदैछ । यतिखेर विष्णुहरी पाण्डे र सरोज कुमार बस्नेत प्यानल नै बनाएर निर्वाचनको मैदानमा छन । दुबै टिमले आफूले चुनाव जित्ने दावि समेत गरिरहेका छन । यसविच अध्यक्षका एक...

इक्यानका मतदाताले सुन र पित्तल छुट्याउने क्षमता राख्नुहुन्छ, सानदार चुनाव जित्छु : सन्तोष प्याकुरेल

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी निर्वाचनका लागि सरोज बस्नेत प्यानलबाट महासचिवका उमेद्वार छन सन्तोष प्याकुरेल । हामीले इक्यान निर्वाचनको संघारमा उनको उमेद्वारी र चुनावि एजेण्डाका विषयमा केन्दीत रहेर कुराकानी गरेकाछौँ । प्रस्तुत छ महासचिवका उमेद्वार डाँगीसंग मोटिभेट टिभिका लागि...