Motivate News

अठ्ठार लाखमा यसरी बेचीए ९ बालबालिका

असार २५, काठमाडौँ – नौ जना बालबालिका अमेरिका पुर्याएर उतै छोडेको अभियोगमा पुतलीसडकस्थित सहारा लिङ्क इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ ।

समर स्कूलका लागि भनेर अमेरिका पुर्याइएका ९ बालबालिका न्युयोर्क विमानस्थलबाट भगाएपछि फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले रजनीलाई नियन्त्रणमा लिएको थियो ।

अमेरिका प्रवेश गर्दा साथमा रहेका बालबालिका बेपत्ता देखिएपछि अमेरिकी अध्यागमनले नेपालको अध्यागमन विभागलार्इ पत्राचार गर्दै श्रेष्ठमाथि अनुसन्धान गर्न आग्रह गरेको थियो ।

अध्यागमन विभाग महानिर्देशक केदार न्यौपानेले बालबालिका तस्करीको शंकामा अमेरिकी अध्यागमन विभागले नेपालको अध्यागन विभागलाई पत्र पठाएर अनुसन्धान गर्न आग्रह गरेको बताए । विमानस्थलको रेकर्डअनुसार २४ जुनमा रजनी श्रेष्ठ १२ बालबालिका साथमा न्युयोर्कका लागि उडेकी थिइन् । फर्किंदा उनको साथमा ३ बालबालिका मात्र थिए ।

न्युयोर्कमा हुने कार्यक्रमको लागि करिब एक सय असी बालबालिकाले निवेदन दिएकोमा ८६ जनाको लागि आयोजक संस्थाले अनुमति दिएको थियो तर अन्त्यमा १३ जनाको  मात्र भिषा लागेको थियो । भिषा लागेका १३ जना मध्ये १ जनाले समयमा पैसा नबुझाएको भन्दै उनि आफैले भिषा रद्द गरेकी थिइन् ।

एक अपुष्ठ समाचारका अनुसार रजनिले प्रति ब्यक्ति १८ लाख रुपैयाँ लिएर न्युयोर्कबाट भगाएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

कंगारुले गर्यो धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग

काठमाडौँ – कंगारु एजुकेशन फाउण्डेशनले आफ्नो स्थापना दिवसको अवसर पारेर धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग गरेको छ । आफ्नो ११ औ वार्षिकोत्सवको उपलक्ष्यमा कंगारुले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउँदै गरेको धुर्मुस सुन्तली फाउण्डेसनलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । कंगारुका फाउण्डर...

इक्यानमा विष्णुहरि पाण्डेको उदय

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा विष्णुहरि पाण्डेको उदय भएको छ । शनिबार सम्पन्न निर्वाचनमा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतले पराजित गर्दै इक्यानको नेतृत्व सम्हालेका हुन । कुल खसेको ३४३ मतमध्ये पाण्डेले १७७ मत ल्याए भने बस्नेतले १६५ मत ल्याए ।...

इक्यानका सदस्यलाई समस्या पर्दा २४ सै घण्टा उपलब्ध हुन्छु :सरोज बस्नेत (भिडियो सहित)

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ नेतृत्वका लागि आगामी शनिबार निर्वाचन हुँदैछ । यतिखेर विष्णुहरी पाण्डे र सरोज कुमार बस्नेत प्यानल नै बनाएर निर्वाचनको मैदानमा छन । दुबै टिमले आफूले चुनाव जित्ने दावि समेत गरिरहेका छन । यसविच अध्यक्षका एक...

इक्यानका मतदाताले सुन र पित्तल छुट्याउने क्षमता राख्नुहुन्छ, सानदार चुनाव जित्छु : सन्तोष प्याकुरेल

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी निर्वाचनका लागि सरोज बस्नेत प्यानलबाट महासचिवका उमेद्वार छन सन्तोष प्याकुरेल । हामीले इक्यान निर्वाचनको संघारमा उनको उमेद्वारी र चुनावि एजेण्डाका विषयमा केन्दीत रहेर कुराकानी गरेकाछौँ । प्रस्तुत छ महासचिवका उमेद्वार डाँगीसंग मोटिभेट टिभिका लागि...