Motivate News

बालबालिका तस्करको अभियोग लागेकी रजनी श्रेष्ठ अनुसन्धानको लागि जेल चलन

असार २६, काठमाडौँ – नौ जना बालबालिका अमेरिका पुर्याएर उतै छोडेको अभियोगमा पुतलीसडकस्थित सहारा लिङ्क इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ ।

समर स्कूलका लागि भनेर अमेरिका पुर्याइएका ९ बालबालिका न्युयोर्क विमानस्थलबाट भगाएपछि फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले रजनीलाई नियन्त्रणमा लिएको थियो ।

अमेरिका प्रवेश गर्दा साथमा रहेका बालबालिका बेपत्ता देखिएपछि अमेरिकी अध्यागमनले नेपालको अध्यागमन विभागलार्इ पत्राचार गर्दै श्रेष्ठमाथि अनुसन्धान गर्न आग्रह गरेको थियो । अध्यागमन विभाग महानिर्देशक केदार न्यौपानेले बालबालिका तस्करीको शंकामा अमेरिकी अध्यागमन विभागले नेपालको अध्यागन विभागलाई पत्र पठाएर अनुसन्धान गर्न आग्रह गरेको बताए ।

विमानस्थलको रेकर्डअनुसार २४ जुनमा रजनी श्रेष्ठ १२ बालबालिका साथमा न्युयोर्कका लागि उडेकी थिइन् । फर्किंदा उनको साथमा ३ बालबालिका मात्र थिए । महानिर्देशक न्यौपानेले बालबालिका तस्करीको गम्भीर उद्देश्य देखिएकाले अमेरिकी अध्यागमनले पत्र पठाएरै अनुसन्धान अनुरोध गरेको जनाए ।

‘केस गम्भीर देखिएकाले हामीले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाइसकेका छौं । हनुमानढोका प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ यो मुद्दालाई अहिले महानगरीय प्रहरी परिसर हनुमान ढोकाले अनुसन्धान गरिरहेको छ । थप अनुसन्धानको लागि श्रेष्ठलाई सनिबार जेल चलान गरिएको छ  । आजको नागरिक दैनिकमा खबर छ  ।

यो पनि पढ्नुहोस्

अठ्ठार लाखमा यसरी बेचीए ९ बालबालिका

प्रतिकृया दिनुहोस्
pritam-khadka

डिपोजीट रकम दश करोड भन्दा माथि राख्नुपर्छ, नत्र ‘सुरक्षा कोष’को कुनै अर्थ छैन् : प्रितम खड्का

काठमाडौं –  स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)का महासचिव प्रितम खड्काले शिक्षा मन्त्रालयले शिक्षा ऐन संशोधन गरी ‘सुरक्षा कोष’ का रूपमा धितो राख्ने प्रक्रिया ल्याउनु गलत भएको बताएका छन् । शैक्षिक परामर्श दातृ संस्थाहरुलाई व्यवस्थित गर्ने भन्दै सुरक्षा कोष लागु गर्न खोज्नु...

Shikshya mantralaya

व्यवसायीको दवावका कारण पछि हट्यो सरकार, कन्सल्टेन्सी बर्गिकरण नहुने

मङ्सिर १४, काठमाडौँ – व्यवसायीको दवावमा परि शिक्षा मन्त्रालयले ल्याउन लागेको शिक्षा नियमावली फेरवदल हुने भएको छ । नियमावलीको मस्यौदामा शैक्षिक परामर्श व्यवसायलाई नियमन गर्नका लागि सुरक्षण कोष राख्नुपर्ने र कम्पनीहरुको वर्गीकरण गर्नुपर्ने भन्ने मस्यौदामा भएका बुँदाहरुलाई संसोधन गर्न लागिएको हो ।...

ecan

इक्यानको चियापान कार्यक्रम आज

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ इक्यानले आज (विहिबार) दशैं, तिहार, छट तथा नेपाल सम्बतको अबसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । काठमाडौँको दरबारमार्गमा रहेको अन्नपूर्ण होटलमा हुने चिया पान कार्यक्रममा सबै क्षेत्रका व्यक्तित्वहरुलाई बोलाइएको छ । दिउसो दुई...

ram-thapa

ओएसिसको सफलता चुलिदै, लाटविया अध्ययनको लागि ओएसिस उत्कृष्ट शैक्षिक संस्था

काठमाडौं – बिगत १६ बर्ष देखि परामर्श क्षेत्रमा अनबरत रुपमा लागिरहेको संस्था हो ओएसिस अब्रोड स्टडी सर्बिसेज् एण्ड कन्सल्टेन्सी । काठमाडौंको बागबजारमा रहेको भक्तपुर बसपार्क नजिकै अबस्थित ओएसिस सफलता पछिल्लो पटक झन् चुलिएको छ । विदेशमा अध्ययनको लागि जान चाहना नेपाली विद्यार्थीलाई...