Motivate News

कांग्रेस सांसद खतिवडाले २६ महिनाको तलब आफ्नो जिल्लाबासीलाई बाँढे

साउन ४, काठमाडौँ – नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले २६ महिनामा १६ लाख ६५ हजार जिल्लाका विभिन्न व्यक्ति तथा संस्थाहरुलाई वितरण गरेका छन् ।

खतिवडाले आफ्नो २६ महिनाको सम्पूर्ण तलव १६ लाख ६५ हजार गाउँका नाममा खर्च गरेको विवरण सोमबार सार्वजनिक गरेका हुन । सोमबार विवरण सार्वजनिक गर्दै खतिवडाले भने, ‘मलाई माननीय बनाउने मेरो जिल्लाका आदरणिय आमा-बुवा, दाजुभाइ, दिदी बहिनी हुन , त्यसकारण म २६ महिना सम्मको तलब गाउँमा नै वितरण गर्न चाहान्छु ।’

२०७० सालको निर्वाचनमा ओखलढुंगा क्षेत्र नं २ बाट नेपाली कांग्रेसको तर्फबाट खतिवडा निर्वाचित भएका थिए । आफू निर्वाचित हुनुमा ओखलढुंगेली जनताको ठूलो हात र सहयोग भएका कारण सांसदका नाताले पाउने तलबको भागिदार आफू नभएर ओखढुंगेली जनता भएको भन्दै उक्त रकम जिल्लामा बाँढेको बताए ।

चुनाव जितेर भष्ट्रचारमा लिप्त हुने नेतालाई खतिवडाको यो कार्यले चोटीलो प्रहार भएको छ । चुनाव जितेपछि सबैभन्दा पहिलो आफ्नो दुनो सोझाउने नेताहरुलाई खतिवडाले गतिलो उदाहरण दिएका छन । आफनो सबै तलब बाँढेर के खान्छन त रामहरी ? आफनो सम्पूर्ण तलब बाडेर आफु रित्तै भएका रामहरी के बाट आफनो घरायसी खर्च चलाउछन् त ? लगायतका प्रश्न जनमानसमा चासोको बिषय बनेको छ ।

रामहरीलाई खर्च गर्नका लागि सांसदको तलब नै कुर्नु पर्दैन उनी आफै व्यवसायी हुन । उनले विभिन्न रेष्टुरेन्ट तथा पार्टी प्यालेसमा उनको लगानी छ । त्यही व्यवसायबाट भएको आम्दानीबाट खतिवडाले खर्च गर्ने गरेका छन ।

यस्तो छ खतिवडाको तलव विवरण

१) बल बहादुर राइ सालीक निर्माण ५० हजार ओखलढुङ्गा

२) कृष्ण प्रसाद भट्टराई स्मृति प्रतिस्ठान ५० हजार ललितपुर

३) दिपप्रसाद खतिवडा क्यान्सर खर्च बारम्बार गरी ५० हजार

४) शान्ता उपन्यास लेखक,  पुरुसोतम दाहाल ५० हजार

५) वाक्सा बत्ती दुवानी खर्च ८० हजार

६)  उबु गाबिस खुल्ला दिशा मुक्त कार्यक्रम ४० हजार

७)  केतुके पुस्तकालय ५० हजार

८)  मानेभन्ज्याङग उच्च मा बि ४० हजार

९)  धिमिले नि मा बि ४० हजार

१०)  मुलखर्क पारा मा बि ४० हजार

११) पलापु उच्च मा बि कपि कलम ५१ हजार

१२) पुनटार मन्दिर १० हजार

१३) पोकलि मा. बि. ४० हजार

१४) टारकेरबारि सिचाइ पाइप ५६ हजार

१५) यसम नि मा बि वर डाडा ५० हजार

१६) नरबदेशोर ट्रान्समिटर्र किन्न ५६ हजार

१७) घोराखोरी – १ गुम्बा संरक्षणका लागि ५० हजार

१८)  फुलबारी खानेपानी ४० हजार

१९) बिलन्दु गुम्बा संरक्षणका लागि ४० हजार

२०) रगनि चिप्लेटि स्कुल ५० हजार

२१) श्रीचौर गुम्बा ५० हजार

२२) रातमाटे कालिमाटि मा बि ४० हजार

२३) कटुन्जे गोपे भुकम्प पिडितलाइ खाद्यान्न १ लाख

२४)  पारा भुकम्प पिडितलाइ खाद्यान्न २ लाख

२५) रामपुर खेल मैदान १ लाख

२६) नख्खु जेलमा लिला ठगि र गोकर्ण शालिकलाइ ४० हजार

२७)  सिंहदेबि गा बि स को आगलागि पिडित ८४ हजार र मन्दिर्लाइ ८ हजार

२८) गाम्नाङ्टार गा बि स को ग्रामोन्ति नि मा बि लाइ १ लाख

प्रतिकृया दिनुहोस्

महिलामा सेवाको भावना धेरै हुन्छ ः रमला बराल (उपाध्यक्ष ने.नि.क.यु.सं.झापा)

स्वास्थ्य क्षेत्रमा महिलाहरु धेरै आकर्षित हुनुको कारण के हो ? महिला भनेको मानवीय नाता, दयालु भावना र कोमल हृदयको खानी हो । प्रकृतिको स्वभाव अनुसार नै यस्तो भावना पुरुषको तुलनामा महिलामा अत्यधिक हुन्छ । स्वास्थ्य क्षेत्रमा यी चिजहरुको महत्वपूर्ण भूमिका हुनुका साथै...

डिआइजी नवराज सिलवाल पक्राउ

बैशाख ११ ,काठमाडौं – डिआइजी नवराज सिलवाललाई छानविन समितिको टोलीले नियन्त्रणमा लिएको छ । उनले आइजिपी वढुवा गर्दा अन्यायमा परेको भनी अदालतमा पेस गरेको कागजपत्र किर्ते गरेको भन्दै डिआइजी विजय भट्टको टोलीले केहिबेर अघि पक्राउ गरेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ...

राज्यले नचिनेको ज्युँदा शहीद, जो ११ वर्षदेखि अचेत

बैशाख ११ ,काठमाडौं – जनआन्दोलनका घाइते मुकेश कायस्थकी आमा मिरा छोरो उठेर ‘गुड मर्निङ मामु’ भन्ने आसमा हरेक बिहान एकतमासले हेर्छिन्। उनले मुकेशलाई यसरी हेर्न थालेको ११ वर्ष बितिसक्यो। मुकेशजस्ता दुई दर्जनभन्दा बढी युवायुवतीले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लािग ज्यान दिए। कोही...

पूरानै संशोधन प्रस्ताव सदनमा पेश हुने, यसरी आउँदैछ नयाँ प्रस्ताव

बैशाख ११ ,काठमाडौं – मधेसी दलसँग शनिबार भएको सहमतिअनुसार सरकारले संविधान संशोधन विधेयकमा परिमार्जन गर्न सत्तासीन दलका सांसदमार्फत प्रस्ताव राख्न लगाउने भएको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। सरकारले अर्को विधेयक ल्याउँदा बढी समय लाग्ने भएकाले फास्ट ट्र्याकबाट अघि...