Motivate News

शैक्षिक परामर्शका लागि अभिभावक सहित उपस्थित हुन ग्रेसको आग्रह, यस्तो छ कारण (भिडियो सहित)

काठमाडौँ – ग्रेस इन्टरनेशनल एजुकेशनले शैक्षिक परामर्शका लागि आउने विद्यार्थीहरुलाई अभिभावक सहित उपस्थित हुन आग्रह गरेको छ । मोटिभेट न्यूजसंग कुरागर्दै ग्रेसका संचालक एण्ड्रिउ पौडेलले यस्तो आग्रह गरेका हुन ।

विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरु पढाई भन्दा धेरै जागिरमा ध्यान दिने हुँदा अभिभावक सहित परामर्श गर्न परेको उनको भनाई छ । अभिभावले विदेशमा गएका छोरा छोरी वा आफन्तसंग पैसा पठाओस भन्ने अपेक्ष गर्ने र पढ्न गएको विद्यार्थीले पनि पढाई भन्दा काममा ध्यान दिने हुँदा अभिभावकलाई पढ्न गएको विद्यार्थीसंग पैसाको अपेक्षा नगर्न आग्रह गर्ने गरेको पौडेल बताउँछन ।

आर्थिक हैसियत भएका र नभएका सबैको रोजाई विदेश भएकाले परामर्शका क्षेत्रमा यस्ता खालका समस्या आएकाले अभिभावकले पैसाको अपेक्षा मात्रै नगर्ने हो भने राम्रो शिक्षा ल्याएर धेरै विद्यार्थी नेपाल फर्किनेमा उनको विश्वास छ ।

हेर्नुहोस पुरा भिडियो

प्रतिकृया दिनुहोस्