खेलमैदानको लागि बासकाडा पालिकाको एकमात्र उपयुक्त स्थान
अछाम–अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ७ बासकाडामा खेलमैदान बनाउने कार्यपालिकाको निर्णय स्वागत योग्य रहेको भन्दै जनतालाई नभड्काउन स्थानीयले माग गरेको छ । एक आपसमा मिलेर बसेका गाउँका सोझा जनतालाई केही व्यक्तिका निजी स्वार्थका कारणा आन्दोलीत नबाउन भन्ने त्यहाको स्थानीयको भनाइ छ । गाउँपालिकाको भौगोलिक तथा सुविधाको हिसाबले सबै वडाहरुको पाएक पर्ने एकमात्र ठाउँ बासकाडा नै उपयुक्त भएकाले गाउँपालिकाले गरेको निर्णय सहि भएपनी केही व्यक्तिले जनतालाई भ्रममा पारेर उचालेको स्थानीयको आरोप छ ।
गाउँपालिकाको केन्द्र देखी ५ किलोमिटरको दुरीमा पर्ने उक्त स्थानमा खेलमैदान निर्माणको लागि यस भन्दा अघि पनि बजेट विनियोजन भएर काम सुरु भइसकेको थियो । समथल भु–भागमा पर्ने उक्त स्थान शहरीकरणको रुपमा विकास भैरहेको बासकाडा बजार संगै जोडीएको छ । गाउँपालिकाको ८ नम्बर वडा धमाली, ६ नम्बर वडा रानिवन, ७ वडा तोषि, ४ नम्बर वडा तुर्माखाँद, ५ नंं.वडा नाडा, भैरबस्थान, भुलु र रहफ वडाको विचमा उक्त स्थान पर्दछ ।
गाउँपालिकाको केन्द्र तोकिएको तुर्माखाद बजारमा बजार विस्तार भैरहेको र खेलमैदानको लागि प्रयाप्त जमिन समेत छैन । स्थानीयले भने ‘गाउँपालिकाको कार्यालय समेत बनाउन जमिन अपुग रहेका बेला त्यही ठाउँमा खेलमैदान चाहियो भनेर जनतालाई उकास्नु कुनै तुक छैन । यो आन्दोलन विकासका विरुद्धमा छ ।’ धमालीका एक स्थानीयले भने ‘समाजलाई भड्काएर आफने राजनैतिक दुनो सोजाउन कसैलाई मिल्दैन र गर्नु पनि हुँदैन ।
गाउँपालिकाका उपाध्यक्ष अमृता बुढा र वडा नम्बर ४ का अध्यक्षले कार्यपालिकाको बैठककामा असोज ४ गते बासकाडा बनाउने प्रस्ताब ठिक छ भनेर हस्ताक्षर समेत गरेका थिए । आन्दोलनको नेतृत्व उपाध्यक्ष र वडाध्यक्ष गरीरहेका छन् । बैठकमा हस्ताक्षर पनि गर्ने सहमती पनि जनाउने बाहीर आएर जनतालाई भड्काउने उपाध्यक्ष र वडाध्यक्षको नियतीको सबै बाट विरोध भैरहेको छ ।