Motivate News

बाढी पिडितको पिडामा इक्यानको मलम

झापा – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले झापाका बाढी पीडितलाई सहयोग वितरण गरेको छ । मुस्लिम बाहुल्यता रहेको झापाको पाठामारी गाविसका ४ सय परिवारलाई इक्यानले राहत सामाग्री उपलब्ध गराएको हो ।

चामल, नुन, चिनी र दाल गरेर ४ लाख बराबरको सामाग्री इक्यान मार्फत पिडितलाई बाँडिएको पाठामारी गाबिस सचिव बाबुराम पोखरेलले बताउए । पोखरेलका अनुसार उक्त गाविसमा करिब ११ सय परिवार बाढि पिढित छन । इक्यानमार्फत भने गाविसका एक, दुई, तीन वडाका ४ सय पीडित परिवारलाई सामाग्री बितरण गरिएको थियो।

बिभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, प्रहरी प्रशासनको उपस्थितीमा इक्यानका अध्यक्ष प्रकाश पाण्डेले राहत उपलब्ध गराएका थिए । पाण्डेले आफु आबद्द सस्थाले केही पिढित नेपालीलाई थोरै भएपनी राहत प्रदान गर्न सकेकोमा खुशी लागेको बताए ।

अझ मुस्लिम समुदायमा राहत सामाग्री बितरण गरेर एउटा राम्रो सन्देश दिन सकेको पाण्डेको भनाइ थियो । इक्यानको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सस्थाले यस्ता गतिबिधी गर्दै आईरहेको छ। समाजमा सकरात्मक काम गर्न इक्यान सदैब तत्पर रहने इक्यान सचिव तथा सिएसआर बिभाग प्रमुख देवीदास भट्टराई बताए।

प्रतिकृया दिनुहोस्

डिपोजीट रकम दश करोड भन्दा माथि राख्नुपर्छ, नत्र ‘सुरक्षा कोष’को कुनै अर्थ छैन् : प्रितम खड्का

काठमाडौं –  स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)का महासचिव प्रितम खड्काले शिक्षा मन्त्रालयले शिक्षा ऐन संशोधन गरी ‘सुरक्षा कोष’ का रूपमा धितो राख्ने प्रक्रिया ल्याउनु गलत भएको बताएका छन् । शैक्षिक परामर्श दातृ संस्थाहरुलाई व्यवस्थित गर्ने भन्दै सुरक्षा कोष लागु गर्न खोज्नु...

व्यवसायीको दवावका कारण पछि हट्यो सरकार, कन्सल्टेन्सी बर्गिकरण नहुने

मङ्सिर १४, काठमाडौँ – व्यवसायीको दवावमा परि शिक्षा मन्त्रालयले ल्याउन लागेको शिक्षा नियमावली फेरवदल हुने भएको छ । नियमावलीको मस्यौदामा शैक्षिक परामर्श व्यवसायलाई नियमन गर्नका लागि सुरक्षण कोष राख्नुपर्ने र कम्पनीहरुको वर्गीकरण गर्नुपर्ने भन्ने मस्यौदामा भएका बुँदाहरुलाई संसोधन गर्न लागिएको हो ।...

इक्यानको चियापान कार्यक्रम आज

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ इक्यानले आज (विहिबार) दशैं, तिहार, छट तथा नेपाल सम्बतको अबसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । काठमाडौँको दरबारमार्गमा रहेको अन्नपूर्ण होटलमा हुने चिया पान कार्यक्रममा सबै क्षेत्रका व्यक्तित्वहरुलाई बोलाइएको छ । दिउसो दुई...

ओएसिसको सफलता चुलिदै, लाटविया अध्ययनको लागि ओएसिस उत्कृष्ट शैक्षिक संस्था

काठमाडौं – बिगत १६ बर्ष देखि परामर्श क्षेत्रमा अनबरत रुपमा लागिरहेको संस्था हो ओएसिस अब्रोड स्टडी सर्बिसेज् एण्ड कन्सल्टेन्सी । काठमाडौंको बागबजारमा रहेको भक्तपुर बसपार्क नजिकै अबस्थित ओएसिस सफलता पछिल्लो पटक झन् चुलिएको छ । विदेशमा अध्ययनको लागि जान चाहना नेपाली विद्यार्थीलाई...