Motivate News

चतुरे गाँउको फेरिएको चरित्र

चतुरे गाँउ, काभ्रेपलान्चोक — नेपाल सरकार र देशका राजनितिक दलहरु जुँगाको लडाँईमा व्यस्त भईरहेका बेला समुन्द्र पारिको देश इजरायलको एउटा संस्थाले काभ्रेपलान्चोकको सांगा नजिकैको गाँउमा गएर पिलपिल आशाको दियालो बालेको छ ।

इजरायलको चर्चित संस्था इजरा एडले काभ्रेपलान्चोकको नासिका गाविसमा पर्ने चतुरे गाँउका स्थानियलाई भूकम्प पछि राहत वितरण गरेर तथा बिभिन्न किसिमका सीपमूलक तालिम दिएर जनता मन जितेको हो । भुकम्प गएको केहि दिनमा नै राहात तथा उद्धारमा खटेको यो संस्थाले भुकम्पबाट पिडितहरुलाई अस्थाई टहरा बनाई त्यहाँका जनतालाई घामपानीबाट बचाएको छ ।

उक्त गाँउमा स्थानीयलाई इजरा एडले अस्थाई घर मात्र बनाएको छैन्, स्थाई रुपमा आत्मानिर्भरको बाटो तिर पनि डोर्याउन खोज्दै छ । विदेशी संस्थाहरुले नेपाली जनतालाई पैसा बाँडेर जनता भड्काउने काम गरेको आरोप खेपिरहेका बेला इजरा एडले पैसा होइन आत्मानिर्भरको लागि सिप तथा व्यवसायका लागि श्रोत साधन उपलव्ध गराएर चुलो चौकोमा सिमित महिलाहरुलाई उत्पादनसिल बनाएको छ ।

भुकम्प अघीको चतुरे गाँउ

नेपालमा २०७२ साल बैसाखमा भुकम्प गयो । भुकम्पले चतुरे गाँउमा प्राय सबै घर गल्र्याम गुर्लुम लडे । तामाङहरुको वाक्लो बस्ती रहेको उक्त गाँउको मुख्य पेसा कृर्षि नै हो । काभ्रेको सदरमुकाम धुलिखेलबाट नजिकै रहेको उक्त गाँउमा बुढाबुढि, महिला तथा वालवालिका मात्र गाँउमा देख्न सकिन्छ । भुकम्प अघि त्यहाँ महिलाहरुलाई आत्मानिर्भर बन्न पर्छ भन्ने सोचेका पनि थिएन । घाँस दाउरा र चुलो चौकोमा सिमित ति महिलाहरुको अहिलेको दैनिकि फेरिएको छ ।

भुकम्प पछि

भुकम्प गएको केहि दिनमा नै इजरा एड राहतको लागि चतुरे गाँउमा पुग्यो । सुरुका दिनहरुमा स्थानियलाई भुकम्पको बारेमा जानकारी दिने र सुरक्षित ठाँउमा बसाल्ने काममा खट्यो इजरा एड । २९ गतेको मुकम्प जानभन्दा अगाडि नै उक्त संस्थाले सुरक्षित स्थानमा अस्थाई टहरा निर्माण गरि स्थानीयलाई जिम्मा लगाइ सकेको थियो ।

त्यसपछिका दिनहरुमा त्यहाँका महिलाहरु दिनभरी खालिबस्ने देखेपछि इजरा एडले महिलाहरुमा सिप विकासको लागि हनि एडको माध्यमबाट स्थानीय मह सहयोग नामक सस्थाको सहयोगमा स्थानीय महिलालाई मह उत्पादन सम्बन्धी तालिम दियो । हनि एडले पहिलो चरणमा एक सय २० जना महिलालाई मह खेतिको तालिम दिएर तथा तालिम पश्चात व्यवसायको लागि श्रोत साधन उपलव्ध गराएर महिलालाई आत्मानिर्भर बनाएकोे स्थानीय महिला सोनु लामाको बताईन ।

गाँउको प्रगति विवरण राख्दै लामाले स्थानीय महिलामा केहि गर्नपर्छ भन्ने चेतनाको विकास भएको र उनीहरु मह खेति तिर अर्कषित मात्र हैन् राम्रो आम्दानी पनि गर्न थालेको बताईन् ।

चुलो चौकोमा सिमित महिलाहरुलाई मह उत्पादनको तालिम दिएर आत्मानिर्भर मात्र बनाएको छैन् २÷४ जना मानिसको विचमा बोल्न सक्ने बनाएकोे छ । चतुरे गाँउ अहिले देशकै नमुना गाँउ बनेको उक्त गाँउका स्थानीय अगुवा यूवा दिपक लामाले बताए । इजरा एडले महिलाहरुलाई सिपसंगै श्रोत साधन पनि उपलव्ध गराएर पुरुषमा निर्भर महिलाहरु त्यसबाट मुक्त भएका छन् ।

इजरायल एडको अन्य काम

इजरा एड एक अन्तराष्ट्रिय सस्था हो । जुन विश्वका विभिन्न विकसित मुलुकहरुमा काम गरिरहेको छ । नेपालमा भुकम्प लगातै प्रवेश गरेको उक्त संस्थाले भुकम्पको वेला भुकम्प पिडितलाई राहत र उद्धार गरेर जनताको मन जितिसकेको छ । भुकम्पले अति प्रभावित ६ जिल्लामा अस्थाई तथा स्थाई आवास निर्माण गरेर धेरैलाई घामपानिबाट बचाएको छ भने विभिन्न खालका जनचेतना मुलक सडक नाटकको माध्यमबाट जनतामा जागरण ल्याएको छ ।

भुकम्प पछि महिला तथा वालवालिकामा परेको मानसिक असरलाई मध्यनजर गरेर विभिन्न ६ जिल्लामा सडक नाटकका माध्ययामबाट मानसिक रोगीहरुको उपचार गरिररेको छ । महिलाहरुलाई आत्मानिर्भर बनाएर व्यावसायी रुपमा सक्षम बनाउन सहयोग गरेको छ । त्यस्तै नयाँ घर बनाउदा भुकम्प प्रतिरोधी बनाउनुपर्छ भनेर स्पस्ट रुपमा विभिन्न गाँउमा गएर सडक नाटक मार्फत स्थानीयमा जनचेतना फैलाउदै आएको छ ।

चतुरे गाँउको सडक नाटक

इजरायल एडले भुकम्प प्रभावित छ जिल्लामा दुइ किसिमका सडक नाटकहरु प्रदशन गर्दै आएको छ । स्थानिय कलाकारहरुलाई नै ट्रेन गरेर गाँउ गाँउमा घर बनाउँदा भुकम्प प्रतिरोधी घर कसरी बनाउन सकिन्छ र भुकम्पले मानसिक उरुमा असर पारेकाहरुलाई सडक नाटक मार्फत चेतना फैलाउँदै आएको छ । चतुरे गाँउको बस्तुस्थिति बुझ्न सुसासन तथा अनुगमन समितिको सभापति महोनसिंह राठोर, इजरायल एडका नेपाल प्रतिनिधी बेनि, शान्त शर्मा, पुनःनिमार्ण प्रधिकरणका प्रतिनीधि, मह सहयोगका अध्यक्ष प्रेम लामा लगायतको टोलि त्यहाँ पुग्दा स्थानियले भव्य स्वागत गरे ।

त्यहाँ पुग्दा एउटा सडक नाटक देखाउने कार्यक्रम थियो । सामान्य औपचारीक कार्यक्रम पछि कलाकारले सडक नाटक प्रस्तुत गरे । नाटक पुनःनिमार्णमा केन्द्रीत थियो । कलाकारको प्रस्तुतिले नाटक हेर्न उपस्थित सबैको मन छोयो । नाटकमा गाउँको बास्तविकतालाई जस्ताको तस्तै उतारेका कारण उपस्थित स्थानीय देखि अतिथि सबैको मन छोएको थियो ।  उक्त नाटक हेरिसकेपछि सबैको आँखामा आशु देखिन्थ्यो भने स्थानीय भूकम्प प्रतिरोधी घर बनाउन प्रतिबद्ध थिए ।  प्रस्तुति : शोभराज बराल, फोटो : शान्त शर्मा

प्रतिकृया दिनुहोस्

Waiting Saturday  : Article By Ramesh Lamichhane

Kathmandu – “Sir are you going out today?” his sudden question stopped me nearby the school gate this Saturday. I simply replied, “Yes I have got some works outside”. Stopping me in middle, he said, what a life you have got. No...

The Important Step of Taiwan Trad Mission to Nepal

Kathmandu – 3 days visiting tour of “Taiwan Trade Mission to Nepal”  has been completed successfully in Kathmandu on June.12,2017. Taiwan External Trade Development Council (TAITRA) was leading a delegation team consisting 11 excellent Taiwanese Manufactures/Suppliers that including Solar Products, LED Light...

कृणादेवीलाई बचाउने इज्राएडले पायो समाज कल्याणबाट काम गर्न अनुमति

मंसिर १०, काठमाडौँ – नेपालमा भुकम्प पस्चात भुकम्प पिडतलाई आाकस्मिक सेवा गर्न आएको अन्तराष्ट्रिय गैर सरकारी सस्था इज्राएडले नेपालमा सामाजिक कार्य गर्न अनुमति पाएको छ । शुक्रबार समाज कल्याण परिषदसंग संझैँता गरेसंगै इज्राएडले औपचारीक रुपमा नेपालमा काम गर्न अनुमति पाएको हो ।...

नेपालमा लगानी मैत्री वातावरण बन्दै छ : महानिर्देशक न्यौपाने

काठमाडौँ – विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न चाहान्छन् । तर लगानीकर्ताका लागि लगानी गर्न कानुनी जटिलताले गर्दा त्यति आकर्षित भएको देखीदैन् । केहि बर्ष नेपालमा चलेको द्धन्द र त्यसपछिको राजनितिक अस्थिरताले गर्दा लगानीकर्ता लगानी गर्न डराए । २०७२ सालको भुकम्प भन्दा अगाडि...