छोराकै लाइनमा पूर्वराजा ज्ञानेन्द्र, डान्स क्लवमा महिलामाथि गरे यस्तो हर्कत (भिडियोसहित)
काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह छोरा पारसकै लाइनमा गएका छन् । उनले ठमेलस्थित नाइट क्लबमा पुगेर उपद्रो मचाएका छन् । परिवारका सदस्यसहित एलओडी नामक नाइट क्लबमा पुगेका उनी त्यहाँ सहभागीहरु महिलाहरुमाथि हातपातसमेत गरेका छन् ।
नाच्दानाच्दै उनले कोट फुकालेर पूर्वराजाको महिमालाई माटोमा मिलाई दिएका छन् । सहभागीहरुलाई अंगालो हाल्छन्, सेल्फी खिच्छन् र रमाइलो गर्दै सबै हौस्याउँदै आफूपनि मोजमस्ती व्यस्त हुन्छन् ।
पूर्वराजा ज्ञानेन्द्र, बुहारी हिमानी, छोरी प्रेरणासहित नाइट क्लब पुगेका थिए । हिमानी शाहले पनि नाचेको मुद्रामा हात माथि गराउँछिन् र नाइट क्लबमा बजेको गीतमा बोली मिलाउँछिन् ।
एलओडीले अपलोड गरेको एक भिडियोमा रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो बोलको गीत बजिरहेको सुनिन्छ । नाइट क्लबमा पूर्वराजपरिवारका सदस्यहरु हँसिलो मुद्रामा देखिन्छन् । उनीहरुसँग कलाकारहरु केकी अधिकारी, रिमा विश्वकर्मालगायतले तस्वीरसमेत खिचाएका छन् ।