Motivate News

सोलुखुम्बुमा बिरामी बोकेर उड्नेवित्तिकै हेलिकप्टरको इञ्जिन फेल

असोज ९, काठमाडौं – माउन्टेन एयरको हेलिकप्टर ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।आइतबार बिहान जुविङ गाविस गएको उक्त हेलिकप्टरको इञ्जिन बिरामी बोकेर उड्नेवित्तिकै फेल भएको थियो। इञ्जिन फेल भएपछी सो हेलिकप्टर  फोर्स ल्याण्डिङ गरिएको हो ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार जुविङ–५ का जसबहादुर राई भीरबाट लडेर गम्भीर घाइते भएपछि उनलाई लिन नाइल एम एलक्यु हेलिकप्टर बिहान करिब ७ बजेतिर जुविङ गएको थियो।

बिरामी बोकेर उड्नेवित्तिकै इञ्जिन फेल भएपछि हेलिकप्टर खोलामा आपतकालीन अवतरण गरिएको शर्माले जानकारी दिए। ‘उड्नेवित्तिकै इञ्जिन फेल भएपछि खोलामा आपतकालीन अवतरण गरिएको हो,’ शर्माले भने।

शर्माका अनुसार बुक्सा डाँडानजिक सीसाखोलामा हेलिकप्टर आपतकालीन अवतरण गराइएको छ। अवतरणका क्रममा हेलिकप्टरको अगाडिको भागमा क्षति पुगेको तर हेलिकप्टरमा रहेका सबै सकुशल रहेको उनले बताए।

हेलिकप्टर पाइलट सुरेश थापाले उडाएका थिए। बिरामी राईसँग उनका १ आफन्त थिए। ‘सबै जना सकुशल रहेका छन्, त्यहाँबाट उनीहरूलाई उद्दार गरेर लुक्ला ल्याइसकिएको छ,’ शर्माले भने।

बिरामी लिन गएको हेलिकप्टर बिग्रिएर आपतकालीन अवतरण गराइएपछि उद्दारका लागि लुक्लाबाटै श्री एयरलाइन्सको अर्को हेलिकप्टर गएको थियो।

प्रतिकृया दिनुहोस्

प्रदेश नं. ७ः मुख्यमन्त्रीलाई कालो झण्डा, यस्तो छ कारण !

धनगढी – प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टलाई कञ्चनपुरमा कालो झण्डा देखाइएको छ । मुख्यमन्त्रीको सपथ खाएपछि पहिलो पटक कञ्चनपुर पुगेका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कालोझण्डा देखाइएको हो । प्रदेश सरकार र राष्ट्रिय सभामा पनि दलितको प्रतिनिधित्व कम भएको भन्दै मुख्यमन्त्री भट्टलाई...

राष्ट्रपतिका लागि एमालेमा तीन आकांक्षी : भण्डारी, खनाल र नेम्वाङको लबिङ यस्तो

काठमाडौं – राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मिति तोकेसँगै सत्तासीन दल नेकपा एमाले भित्र दौडधुप बढेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट ठूलो दल बनेको एमालेमा राष्ट्रपतिका लागि सबैभन्दा बढी आकांक्षी देखिएका छन् । आयोगले २९ फागुनमा राष्ट्रपति निर्वाचन मिति तोकेको छ...

सरकार भ्रष्टाचार रोक्न प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण लगायत अन्य क्षेत्रमा भएका कानुनी जटिलतालाई खुकुलो पार्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको बधाई ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कानुनी जटिलता सरलिकरण गरेर चुस्त र छरितो पारिने बताए । ‘सरकारी कार्यालयका टेवलै पिच्छे...

संघीय सरकारमा अब १७ मन्त्रालय कायम रहने : १३ वटा गाभिए

काठमाडौं -अब संघीय सरकारमा बढीमा १७ वटा मन्त्रालय रहने भएका छन् । केन्द्रीकृत शासन प्रणाली अनुसार स्थापना भएका ३० वटा मन्त्रालय गाभिएर १७ वटामा सीमित हुने भएका हुन् । अहिले केन्द्रीय निकाय (प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय) बाहेक ३० वटा मन्त्रालय छन् ।...