Motivate News

राजनितिका नाममा अपराध गर्नेलाई सार्वजनिक बहिस्कार गर्नपर्छ : अध्यक्ष गुरुङ

काठमाडौँ – गत असोज ४ गते मंगलबार योंङ कम्युनिष्ट फोर्स र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रका नाममा उपत्यकाका विभिन्न विद्यालयहरुमा बम राखी समग्र शैक्षिक वातावरणलाई नै आतङकीत बनाउने काम भयो । स्वतन्त्र रुपमा विद्या आर्जन गर्न पाउने विद्यार्थीको अधिकार त हनन् भयो नै चन्दा असुलिका नाममा राजनितिक आवरणमा हुने यस्ता अपराधीक गतिविधिले समाजमा दिर्घकालिन प्रभाव पारिरहेका छन् । खास गरि चन्दा असुलिका नाममा पटकपटक निजि विद्यालयमाथी यी खालका हर्कदहरु किन दोहोरिरहन्छन् ? यसको कारण र निवारणबारे निजि विद्यालयहरुको छाता संगठन प्यावसन काठमाडौँका अध्यक्ष थकिन गुरुङसंग गरिएको कुराकानीको संपादित अंश ।

पछिल्लो समय राजधानीका निजि विद्यालयमा जसरी बम आतङक भयो, यसलाई यहाँले कसरी लिनुभएको छ ?

यो घटना निकै नै आपत्ति जनक छ र प्यावसन काठमाडौँको यसमा घोर आपत्ति छ । बास्तवमा शैक्षिक संस्थाहरु सुरक्षाका हिसावले धेरै नै कमजोर छन । यहाँ अध्ययन गर्ने विद्यार्थी, पढाउने शिक्षक तथा व्यावस्थापकहरु र तिनीहरले संचालन गरेका शैक्षिक संस्थाहरु कमजोर छन् । असुरक्षित छन् । सानो घटनाले पनि स्कुललाई त्रसित बनाउँछ । यो बम आतङकले विद्यार्थी, शिक्षक, अभिभावकहरु धेरै नै त्रसित छन् । यो घटना राजनितिक आवरणमा भएको अपराध हो । यसको प्यावसन काठमाडौँको घोर आपत्ति छ ।

राजनितिक आवरणमा हुने अपाराधका श्रीखलाहरुले भोलिको दिनमा हामीलाई कतातिर लैजाला ?

४ गतेको घटनाको मानसिकता अपराध हो, क्षति पुर्याउने भन्दा पनि तर्साउने मानसिकताले भएको घटना हो । धेरै ठुलो राजनितिक मागहरु पनि त्यस्तो छैन् र ठुलो संगठनले घटाएको घटना पनि होइन् । यस्ता खालका अपाराधिक संगठनलाई समाजले तिरस्कार गरेको गर्नुपर्छ । राजनितिको नाममा अपराध गर्नेलाई सार्वजनीक बहिस्कार गर्नपर्छ ।

घटना स्थलमा केहि माग सहितका पर्चा पनि भेटिएका छन्, उनिहरुको उद्येश्य ति मागतिर भन्दा पनि चन्दा असुल्नको लागि गरिएको गतिविधि भनेर विश्लेषण गरिएको छ, के भन्नुहुन्छ तपाई ?

चन्दाको लागि शैक्षिक सत्रको सुरुमा र दशैँ तिहारको समयमा धेरै चिठिहरु आउने गर्छन । यो समयमा चन्दाको लागि स्कुलहरु बन्दा गर्ने, ताला लगाउने जस्ता गतिविहरु भैरहेका छन् । चन्दा माग्नेले मात्र होइन राज्यले पनि हामीलाई शौतेनी व्यवहारले हेरिरहेको छ । यसले गर्दा पनि राजनितिका नाममा अपराध बढेको छ । उनीहरुलाई यस्ताखालका गतिविधी गर्न प्रोत्साह भैरहेको छ । यो बन्द हुनुपर्छ ।

उनीहरुको इन्टेन्सन जे भएपनि, अगाडी सारेका मागहरु त जायज छन् । शुल्क घटाउने देखी अन्य मागहरुको संवोधन गर्न सक्नुहुन्छ आगमी दिनमा ?

अहिले संस्थागत तथा निजि विद्यालयहरुमा बच्चा पढाउनको लागि अभिभावकलाई धेरै विकल्पहरु छन् । उहाँहरुले आफ्नो अवस्था अनुकुल विद्यालयमा आफ्नो बच्चालाई पढाउन सक्नुहुन्छ । हरेक बर्ष विद्यालय परिवर्तन गर्न सक्नुहुन्छ । अभिभावकहरु आफ्ना बच्चा पढाउन राजि छन्, खुसि छन् । निजि विद्यालयले सुविधा उनुसारको शुल्क लिएका छन् । शिक्षालाई अभिभावकले निश्चित पैसा छुटाएका छन् । कसैले आफ्नो स्वार्थ पुरा भएनन भनेर गर्नेखालका हो हल्लाहरुको पछि अभिभावक छैनन र हुने पनि छैनन् । यदि अभिभावले भित्रैदेखी चाहेभने हेर्न सकिन्छ तर उनीहरुलाई धेरै विकल्प भने खाली नै छन् ।

यस्ताखालका समस्याको दृर्घकालीन समाधानको उपाए के हुनसक्ला ?

शिक्षामा आजको भोलि परिवर्तन आउँदैन्, यसमा धेरै समय लाग्छ । एउटा शिक्षकलाई राम्रो शिक्षक बनाउन लामो समय लाग्छ, राम्रो असल विद्यार्थी बनाउन लामो समय लाग्छ । राम्रो जान्ने, राम्रो लेख्ने बनाउन धेरै समय लाग्छ । हामी यसको समाधानको उपाय यो भनेरर भन्न त सक्दैनै तर पनि अपराधीक मानसिकता, समाजलाई आतङकीत गर्ने कुरा अशिक्षाकै कारणले भएको हो । जो जो ले अपराध गर्छ त्यस्ताको मानसिकतामा परिवर्तन ल्यान सक्नुपर्छ । जव अपराधीहरु शिक्षीत हुन्छ तव यस्ता घटनाहरु निरुत्साहित हुन्छन् । अनीमात्र यो समस्याको समाधान हुन्छ ।

प्रतिकृया दिनुहोस्

सिन्धुमा कांग्रेस जिताउन म सक्रिय रहन्छु : विनोद लामा (सहसंयोजक तरुण युवा परिचालन समिति प्रतिनिधिसभा १)

तपाइलाई पार्टीले प्रतिनिधिसभा क्षेत्र नम्बर १ को तरुण युवा परिचालन समितिको सहसंयोजकमा मनोनयन गरेको छ, यसमा तपाईको भूमिका कस्तो रहन्छ ? म सानै उमेरदेखि राजनीतिमा लागेको ब्यक्ति हुँ । मलाई राजनीतिमा कस्तो रणनीति चाहिन्छ भन्ने कुराको राम्रो ज्ञान छ । यो देखेर...

काठमाडौँ ७ मा आक्रामक बन्दै रामविरको चुनावि प्रचार, के छन् त जित्ने आधारहरु ? पढ्नुहोस उनको महत्वपूर्ण अन्तवार्ता

काठमाडौँ – मंसिर २१ गते दोश्रो चरणमा हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्तगत काठमाडौँ क्षेत्र नम्बर ७ बाट प्रतिनिधी सभा सदस्यका लागि संयूक्त वाम गठबन्धनको तर्फबाट एमालेका नेता रामविर मानन्धर चुनावि मैदानमा छन् । दोश्रो संविधान सभाको निर्वाचनमा तत्कालीन माओवादी नेतृ हिसिला यमीलाई...

इतिहासका निर्माता जनता हुन् भन्ने कुरा कालिकोटले पुष्टि गरेको छ : रणबिर

काठमाडौँ – स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएर केही स्थानिय तहको नतिजा सार्वजनिक हुनेक्रम जारी छ । सरकारले गराएको स्थानिय तहको निर्वाचन नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वहिस्कार गरेको थिया । निर्वाचन वहिस्कार गरेर खारेजिको अभियान चलाएको नेकपाले कालिकोटमा...

महिलामा सेवाको भावना धेरै हुन्छ ः रमला बराल (उपाध्यक्ष ने.नि.क.यु.सं.झापा)

स्वास्थ्य क्षेत्रमा महिलाहरु धेरै आकर्षित हुनुको कारण के हो ? महिला भनेको मानवीय नाता, दयालु भावना र कोमल हृदयको खानी हो । प्रकृतिको स्वभाव अनुसार नै यस्तो भावना पुरुषको तुलनामा महिलामा अत्यधिक हुन्छ । स्वास्थ्य क्षेत्रमा यी चिजहरुको महत्वपूर्ण भूमिका हुनुका साथै...