Motivate News

बिधान सम्बद प्रतिस्पर्धामा आउनेलाई परिषदमा स्वागत छ : महासचिव पन्त

काठमाडौँ – ठमेल पर्याटन विकास परिषतमा केहि समय अगाडी देखी विवाद देखीएको छ । निर्वाचित अध्यक्ष रामशरण थपलियाले दुई बर्षसम्म साधारणसभा बोलाउन नसकेको, बोलाईएको साधारणसभा पनि स्थगीत गरेर समस्याबाट भाग्न खोजेको लगायतका आरोप लगाउँदै असन्तुष्ट पक्षले अर्को अध्यक्ष घोषणा गरेरै अगाडी बढे । नयाँ अध्यक्ष पक्षले आफूसंग बहुमत रहेको दावि गरिहेको छ, भने थपलियाले सबै पदाधीकारी बोलाएर आफ्नो पक्षमा मत रहेको देखान पत्रकार सम्मेलन नै गर्न पर्यो । ठमेलको खास समस्या के हो ? जनताको समर्थन कता छ र यो समस्याको समाधान के हो ? आगामी दिनमा ठमेल पर्याटन परिषद कसरी अगाडी बढ्छ भनेर ठमेल पर्यटन विकास परिषदका महाँसचिव गोविन्द प्रसाद पन्तसंग केहि कुराकानी गरेको छौँ । प्रस्तुत छ सोहि कुराकानीको संम्पादित अशं ।

 

तपाईको संस्थामा केहि समयदेखी विवाद देखीएको छ, खास समस्याको चुरो के हो ?

खास यो समस्या हुँदै होइन्, समस्या एउटा शैलि र प्रविद्धीको हो । अध्ययन गरेर वास्तविकता के हो भनेर नबुझेकाले यो समस्या जस्तो देखीएका हुन । हाम्रो कमिटी भित्रका केहि साथीले नबुझेरै विवाद उत्पन्न गरे, त्यो हाम्रो संस्थाको विद्यान विपरित थियो । यस्तो गर्न नहुने काम उहाँहरुले गर्नुभयो ।

तपाईले विधान विपरित भन्नुभयो, विधान विपरित कसरी भयो ?

साधारणसभाको विषयमा हाम्रो विधानले स्पस्ट रुपमा बोलेको छ । हाम्रो संस्थाको विधि छ, त्यहि विधि र विधान अनुसार ठमेल पर्यटन विकास परिषद चलेको छ । विधान अनुसार हरेक बर्ष साधारणसभा गर्नपर्ने हुन्छ । अघिल्लो बर्ष भुकम्प र नाकाबन्दीले गर्न सकिएन । यो बर्ष साधारणसभा गरैँ भनेर साथीहरुसंग सल्लाह भयो । केहि साथीहरुले नगर्ने भनेर विरोध गर्नुभयो । जव हामीले साधाराण सभा बहुमतले स्थगन गर्यौ, तव उहाँहरु हामी विरुद्ध सडयन्त्र रच्न थाल्नु भयो । त्यहि कुरोलाई केहि साथीहरुले मिडिया वाजि गर्नुभयो, जुन विधानको कुनै पनि धारले छुदैन् ।
उहाँले अभद्र शैलिमा म यस्तो भएँ, उस्तो भए भनेर आफै घोषणा गरेको मात्र हो । यो विषयमा अहिले हामी धेरै नबोलौँ । काम अगाडी बढिसकेको छ । प्रशासनको निर्णय कुर्दै छौँ । हाम्रो विधानमा कुनैपनि सभा, साधारणसभा, विशेष साधारणसभा अध्यक्ष वा महाँसचिव बाहेक अरुले बोलाउन पाईदैन्, त्यो विधान विपरित हुन्छ ।

जसरी विधानमा जुन लक्ष्य उद्येश्य राखेर काम गरिरहनु भएको छ, यसरी नेतृत्वको लागि झगडा गरिरहदा यहाँका व्यावसायीहरु जो भोटर हुनुहुन्छ, उहाँहरुमाझ राम्रो सन्देश त गइरहेको छैन् नि है ?

यो हाम्रो झगडा पटक्कै होइन । जव नेपालमा भुकम्प गयो, त्यसपछिको नोपालको पर्यटनमा धक्का लाग्यो । त्यसपछि संविधान बन्यो र भारतको आघोषित नाकाबन्दीले झन थिलो थिलो बनायो पर्याटन क्षेत्रलाई । यसरी भईरहेका समस्याको समाधान गर्नतिर हामी लाग्योँ, कसरी ठमेलको शान्ति सुरक्षामा प्रशासनसंग समनन्वय गर्ने, विकास निमार्णलाई कसरी गति दिन सकिन्छ भनेर सबन्धीत निकायसंग छलफल गर्ने यस्ता खालका कार्यहरुमा हामी लागीपर्योँ । अहिले आएर यी विषयलाई निरन्तरता दिनुपर्ने ठाँउमा साथीहरु गलत बाटो लाग्नुभयो । उहाँहरु धोकाको बाटो हिड्नु भयो । यदि साथीहरुले आउट अफ ट्रयाट गएको स्विकार्नु भयो भने उहाँहरुलाई फेरिपनी स्वागत छ ।

अन्तिममा त मिलेर जानुको विकल्प नरहला, तपाईहरु आफ्नो ढङगको कुरा गरिरहने, उहाँहरु त्यो नमानिरहदा अँझ समस्या त लम्बिने स्थिति देखीन्छ होइन् ?

मिल्नुको विकल्प छैन्, यो हामीले पनि भनिरहकै कुरा हो । कुरा के त भन्दा एउटा न्यायीक तरिकाबाट आउनुपर्यो । गैर न्यायीक, अभद्र तरिकाबाट प्रतिशप्रदा गर्नु राम्रो होइन् । विधान अनुसार अवको सात महिनासम्म हाम्रो टिमको म्याद छ । त्यसपछि चुनावबाट जो कोहि पनि आउन सक्छ । त्यसमा हामी कसैको आपत्ति छैन् । उहाँहरु आएपनि स्वागत छ ।

प्रतिकृया दिनुहोस्

ओली सरकारले ठुला जलविद्युत आयोजना बनाउन ध्यान दिनुपर्छ : सूर्यनाथ बास्तोला

नेपालले ठूलो राजनैतिक संघर्षपश्चात जनप्रतिनिधिहरुले अग्रगामी संविधान निर्माण गरी लागु गरी स्थानीय, प्रादेशिक र केन्द्रीय सरकार निर्माण गर्ने प्रक्रिया पुरा गर्न लागेको छ । अब जनचाहना अनुरुपको देशमा आर्थिक विकास भएर सबै नेपाली जनताको उन्नति हुनेछ भन्ने जनतामा आशा उत्साह दृढ हुँदै...

भोलिदेखि हुन लागेको ‘स्टडी इन अष्ट्रेलिया’ शैक्षिक मेलामा विद्यार्थीका लागि के कति उपयोगी ?

काठमाडौं – अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुको रुचीलाई ध्यानमा राखी एजुकेशन पार्कले ‘स्टडी इन अष्ट्रेलिया शैक्षिक मेला २०७४’ आयोजना गर्ने भएको छ । यो मेला विद्यार्थीहरुका लागि के कति उपयोगी छ ? हामीले एजुकेशन पार्कका कार्यकारी निर्देशक विराज पाण्डेसंग कुराकानी गरेको छौ ।...

मेयर, उपमेयर र कार्यकारीले एकै पटक सुनाए बनेपा नगरलाई सम्बृद्ध बनाउने यस्तो योजना

 काठमाडौं – स्थानिय तहको निर्वाचनमा काँगे्रसको गढको रुपमा चिनिएको बनेपा नगरपालिकामा एमालेका उमेद्वार विजयी भएपछि बनेपा नगरपालिका राष्ट्रिय रुपमै चर्चाको विषय बन्न पुग्यो । एमाले उमेद्वारले निर्वाचन जिते पश्चिता आयोजित विजयी सभामा एमाले अध्यक्ष केपि ओली स्वयम उपस्थित भएर सम्बोधन गरेपछि सो...

भ्रष्टचारी,घुसखोरी निर्मुल पार्न म राजनीतिमा आएको हुँ : सागर श्रेष्ठ

काठमाडौ – सिन्धुपाल्चोक जिल्लामा जन्म भई काठमाडौंलाई कर्मथलो बनाई रहनु भएको, विगत लामो समयदेखी समाजसेवामा क्रियाशिल, स्पष्ट वक्ता, बहुआयमिक, मिडियाकर्मी, जुझारु युवा, विभिन्न संघ संगठनहरुको स्थापना तथा सामाजिक संघ संगठनहरुको प्रमुख पदहरुमा रहेर काम गरिसक्नु भएका सागर श्रेष्ठ दर्जनौ संघ संंगठनहरुमा कुशल नेतृत्व...