Motivate News

रात्रिकालिन व्यवसाय नराम्रो होइन, यहाँ धेरै राम्रा पक्षहरू छन : लामिछाने

काठमाडौं – नेपालको मुख्य पर्यटकीय केन्द्र हो ठमेल, जहाँ विश्वभरका हजारैँ मानिसहरुको चहलपहल हुन्छ । दिनमा होस या राति संधै जागरुक हुन्छ ठमेल । नेपाल आएका हरेक विदेशी पर्याटकको पहिलो तथा अन्तिम गन्तव्य हो ठमेल । नेपाल आउने प्राय विदेशीहरु पहिलो पटक एयरर्पाेटबाट सिधै ठमेल पुग्छन् र आफ्नो देश फर्कदा पनि नेपाल घुमेर ठमेल पुगि फर्किन्छन् ।

पछिल्लो समय ठमेल विदेशीहरुको मात्र हैन्, आन्तरीक पर्याटकको लागि पछि चर्चित बन्न थालेको छ । ठमेलमा जति वाह्य पर्याटकको ठेलमठेल हुन्छ, त्यति नै नेपालीहरुको पनि भिड देख्न पाइन्ट । अंझ जव दिन ढल्किन थाल्छ, अनि झंन बढ्न थाल्छ ठमेलको चहलपहल । दिन भन्दा रातमा जाग्ने ठमेलको चहलपहल देखेर लोभिन्छन धेरै जना । प्रायजसो, काठमाडौँ सहर मस्त निन्दामा सपना देखीरहेको समयमा ठमेलमा भने करोडौँको व्यापार भैरहेको हुन्छ र हजारैँ मानिसहरु मनोरञ्जन लिइरहेका हुन्छन् ।

ठमेलमा प्राय राति चल्ने व्यावसाय भनेको होटल, डान्सबार, दोहोरी साँझ, तथा केहि मसाज सेन्टरहरु हुन तर यो भन्दा प्रिथक नाइट क्लवहरुकोे व्यवसाय पनि फस्टाएको छ पछिल्लो समय । दिनमा कामले थाकेका नेपालीहरु तथा विदेशी पाउनाहरुले नाइट क्लबको रौँनकता पनि बढाएको हुन्छ । औँला गन्न सकिने केहि नाइट क्लवको समुहमा एउटा छ, क्लव सिएनआई । विगत पाँच बर्ष देखी काठमाडौँको ठमेलमा संचालित चर्चित क्लव हो सिएनआइ र त्यसका संचालक हुन नवराज लामीछाने ।

विहान ४ बजेसम्म प्रसासनले समेत अनुमति दिएको क्लवमा प्राय डान्सबार वा दोहोरी साँझमा संगितकोे रस लिएकाहरु संगितको धुनमा मदिराको ताल मिलाउन आइपुग्छन् । क्लवको व्यवसाय, रातको समय र ग्राहकको अनुरोधलाई कसरी व्यावस्थापन गरिएको हुन्छ र ठमेलमा रात्रिकालिन व्यवसायको अवस्था कस्तो छ भन्ने विषयमा सिएनआई क्लवका संचालक नवराज लामीछानेसंग हामीले केहि कुराकानी गरेका छौँ, प्रस्तुत छ सोहि कुराकानीकोे संपादित अँश ।

रात्रिकालिन व्यावसायमा हुनुहुन्छ, कस्तो छ अहिले व्यवसायको अवस्था ?

केहि समय अगाडी राम्रो थियो रात्रिकालिन व्यवसाय । हाम्रो व्यवसायमा भुकम्पले पनि खासै असर गरेको थिएन । तर नेपालमा जव संविधान निर्माण भयो त्यसपछिको अघोषित नाकाबन्दीले हाम्रो व्यवसायमा असर गर्यो, जुन अहिलेसम्म पनि कायमै छ । नेपालमा भुकम्पले कस्तो असर गर्यो, नेपालीलाई केहि सहयोग गर्न सकिन्छ कि भनेर विदेशीहरु, एक पटक नेपाल आएकाहरू कस्तो भयो भनेर आए भने केहि नयाँ पहिलो चोटि नेपालको नाम सुनेर आए । जसले गर्दा व्यवसायमा खासै असर गरेको थिएन । तर जव भारतले अघोषित रुपमा नेपालमा नाकाबन्दी लगायो, त्यसपछि हाम्रो व्यवसाय चौपट भयो । आज भोली विस्तारै पहिलाको अवस्थामा आउने क्रममा छ तर पहिलाको जस्तो भैसको छैन् ।

रात्रिकालिन व्यवसायका चुनौतिहरु के के छन् ?

रात्रिकालिन व्यवसाय भनेको चुनोति नैं हो । यहाँ मदिरा सेवन गरेर आउने तथा मदिरा खान आउने ठाँउ हो । धेरै जना, रक्सि खाएर झगडा गर्ने मानसिकताका हुन्छन्, उनीहरुलाई सम्झाएर घर पठाउनुपर्ने हुन्छ । त्यस्तै सरकारले रात्रिकालिन व्यवसायलाई गुण्डागर्दीको रुपमा बुझिदिन्छ, यो दुण्डागर्दी होइन विशुद्ध व्यवसाय हो भनेर बुझाउनु पर्छ । यो व्यवसाय जसले पायो उसले गर्न ग्राहो छ । झगडा गर्न आएको मान्छेलाई सम्झाएर पठाउनु पर्छ । रातभरीको निन्दालाई थाति राख्नु पर्छ, मदिरा सेवन नगरी ग्राहकको सेवामा समर्पित हुनपर्छ ।

नेपालमा अन्य धेरै व्यवसायका माध्यमहरु छन्, तपाईले किन रात्रिकालिन व्यवसाय नै रोज्नुभयो ?

वाल्यकाल देखी नै संगितमा रुचि भएको र रमाइलोमा मेरो अलि धेरै लगाभ भएकाले यो क्षेत्र नै मलाई राम्रो लाग्यो ।

तपाईको उमेरका धेरै साथीहरु विदेशमा हुनुहुन्छ होला, तपाईलाई विदेश जान मन लागेन ?

मैले यदि यो व्यवसाय नगरेको भए सायद म आजभोली दुवईमा हुन्थेँ होला, मलेसिया वा अमेरीका मै किन नहुँ । कसैको होटलमा भाँडा माज्दै गरेको हुन्थँे होला । अथवा अरु यस्तै केहि काम गरिरहेको हुन्थेँ होला । तर मलाई भाँडा माज्न मन लागेन । नेपाली जुन देश गएपनि लल्लो स्थरकै काम गर्न पर्ने, चाहे त्यो अमेरीका होस या अन्य कुनै देश । नेपालीले जति फुर्ति लगाएपनि पाउने काम भनेको भाँडा माज्ने नै हो । मैले भाँडा माज्न चाँहिन र विदेश जान मन लागेन । मैले नपालमै केहि गर्न चाहेँ । अहिले म कहाँ ३० देखी ४० जनाले रोजगारी पाएका छन् । यदि म विदेश गएको भए उनीहरुले रोजगारी पाउने थिएनन ।

तपाईको क्लवमा केहि त्यस्ता अप्रिय घटनाहरु भएका छन्, यो पाँच बर्षको समयमा ?

भएको थियो । पाँच, छ महिना पहिला आर्मीको क्याप्टेन हो वा सेकेण्ड लेफ्टिनेन्ट यस्तै पदको एक जना मदिराले मात्तिएर आउनुभएको रहेछ । त्यहि सिलसिलामा म आर्मी हो, कसले के गर्नसक्छ भनेर जर्वजस्ती गर्न खोज्नुभएको रहेछ । त्यसैवेला धकेला धकेल भयो । वाउन्सरले सम्झाउन खोज्दा उहाँले हाम्रो वाउन्सर माथि हात हाल्नुभयो । वाउन्सरले पनि हात हाल्नुभयो, ति आर्मीलाई चोट लागे छ । पछि प्रहरी केश पनि चल्यो । हामीले चाहेको भए उहाँको जीन्दगी नै बर्वाद गरिदिन सक्थ्योँ, जागिरै जान सक्थ्यो तर हामीले त्यसो गरे नौ । वरु हामी आफैले त्यसको सजाए पायैँ । हाम्रो वाउन्सरले सार्वजनिक मुद्धा भोग्नुपर्यो । अफिसले क्षतिपुर्ति तिर्यो ।

तपाई यो व्यवसायमा नभएको भए कता हुनुहुन्थ्यो होला ?

यदि म रात्रिकालिन व्यवसायमा नभएको भए, समाजसेवा गरेर बस्थेँ होला । गाँउ गाँउमा गएर जनचेतनाका काम हरु गर्थेँ होला ।

अन्त्यमा

अन्त्यमा रात्रिकालिन व्यवसायलाई नराम्रो रुपमा नहेर्न सबैलाई आग्रह गर्दछु ।

प्रतिकृया दिनुहोस्

यस्तोे छ राजकुमार देवकोटाको गायन र व्यापार यात्रा (भिडियो प्रोफाइल)

काठमाडौं – यूवा व्यवसायी तथा गायक राजकुमार देवकोटाको संगित र व्यापार यात्राको वारेमा मोटिभेट न्यूज डटकमले एक भिडियो प्रोफाइल तयार पारेको छ । हेनुहोस उनै गायक तथा यूवा व्यवसायी देवकोटाको भिडियो प्रोफाइल ।...

निरनजनको व्यापार यात्रा, दाङ देखि काठमाडौँसम्म

काठमाडौं – १२ बर्ष देखि मोवाइलको व्यापार गर्दै आएका निरनजन श्रेष्ठ युवा ब्यबसायी हुन् । उनको व्यापारको सुरुवात दाड हुदै अहिले काठमाडौं सम्म आइपुगेको छ । दाडको घोराहिबाट व्यपार सुरु गरेका उनले हाल काठमाडौंमा केन्ट मल्टिट्रेड प्रा।लि को मार्फतबाट नेपाली सेवाग्राहिरुलाई सुलब...

सरकारी जागिरमा अडिएन शिवको मन

काठमाडौँ – उच्च शिक्षा अध्ययनकालागि विदेशिने नेपाली विद्यार्थीको सङ्ख्या दिनानुदिन बढीरहेको छ । विश्वका कतिपय देश लगायत छिमेकी मुलुक भारतमा पनि उच्च शिक्षाकालागि जाने विद्यार्थीको सङ्ख्या वार्षिक हजारौँको छ । विदेशमा अध्ययन गर्न जानु भन्दा पहिला सो देशका कलेजहरू, त्यहाँको शिक्षा, त्यसकालागि...

समयमा प्रविधि चिन्दा सफलताको शिखरमा अलाइभ

काठमाडौं – सधैँभरी व्यस्त रहन्छ न्यूरोड । किनमेलकालागि न्यूरोडमा जानु छ भनेर तयारी नै गरेर त्यहाँ पुग्नेहरु धेरै छन् । यहाँको एउटा विशेषता नै भीडभाड हो । अझ प्रविधिसँग सम्बन्धित सामानहरूको खरिदकालागि त सबैको पहिलो रोजाई नै न्यूरोड हुन्छ । पछिल्लो समय...