Motivate News

कमेडी कार्यक्रम ‘ट्वाक्क टुक्क रिटर्न्स’ दर्शकमाझ लोकप्रिय बन्दै

काठमाडौँ – टेलिभिजनमा कमेडी कार्यक्रम ‘ट्वाक्क टुक्क रिटर्न्स’ले आम दर्शकमाझ छोटो समयमा नै चर्चा कमाऊन सफल बनेको छ । कान्तिपुर टेलिभिजनमा शुक्रबार बेलुका साढे सात बजे प्रसारण हुने कार्यक्रमलाई एड रिलिजले निर्माण गरेको हो ।

कार्यक्रमको प्रस्तुतिकरण पहिलो आकर्षण हो । उद्घोषणको विचमा जोकहरुका जोडी प्रस्तुत हुने कार्यक्रमका प्रस्तोता एंव निर्देशक हुन् दिनेश डिसी । ट्वाक्क टुक्कको नयाँ संस्करणमा दिनेश डिसीको दोहोरो भुमीकाको उद्घोषणले लोकप्रियता कमाएको छ ।

दिनेश डिसीले अभिनय गरेको भुन्टेराजा नामको चरित्र र महादेव त्रिपाठीको भुमीका रहेको प्रेमचरो नामको चरित्र दर्शकको रोजाईमा परेका छन् । कमेडिको विक्ली डोज भनीएको कार्यक्रममा डिसी र त्रिपाठीको अलवा रेशम फिरिरी, शुशिला निरौला (बिम्ली), जुंगे भट्टराई, माधव पण्डित, शंकर पाण्डे, सुरेश असिम, घनश्याम लामीछाने (नक्कली प्रचण्ड), गिरी राज (जगल्टे) लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

दर्शकको माग र चाहनालाई मध्यनजर गर्दै नयॉ तथा पुराना कलाकार तथा जोकलाई थप्दै लैजाने निर्माण पक्षले जनाएको छ। कार्यक्रमको पुरानो ब्राण्ड र सफलताले प्रायोजकको रोजाईमा यो कार्यक्रम पर्ने गरेको छ । गत साताबाट युटुबमा समेत रिलिज भएको यस कार्यक्रममा हरेक हप्ता एक सेलिब्रेटीको समेत अभिनय हेर्न पाईने निर्देशक डिसीले बताए ।

प्रतिकृया दिनुहोस्

‘चङ्गा’ को पहिलो गीत ‘कम्पनी माला’ सार्वजनिक

काठमाडौँ – जेठ २५ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘चङ्गा’ को पहिलो गीत रिलिज भएको छ । प्रचारको पहिलो सुरुवात भन्दै निर्माण टिमले फिल्ममा समावेश लोक फ्लेभरको गीत ‘कम्पनी माला’ दर्शकमाझ ल्याएको हो । सार्वजनिक गीतमा राजनराज शिवाकोटीको संगीत छ । शब्द...