Motivate News

पराजयपछिकाे पहिलो सम्बोधनमा के भनिन् हिलारीले ?

कार्तिक २५ , काठमाडौं –राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पसँगको पराजयपछि न्युयोर्कबाट सम्बोधन गर्दै हिलारी क्लिनटनले आफ्ना सर्मथक तथा सहयोगीहरुलाई धन्यवाद दिएकी छ्न्। ‘जसले यहाँसम्म पुग्न ठूलो सहयोग पुर्‍याए उनिहरु सबैलाई धन्यवाद।’
‘मैले डोनाल्ड ट्रम्पलाई फोन गरेर सँगै काम गर्ने बताएँ’, हिलारीले भनिन्। ‘सरी मैले विजय प्राप्त गर्न सकिनँ, तर अमेरिकन सपनाको लागि काम गर्ने मरो इच्छा कहिल्यै घट्ने छैन। ‘डोनाल्ड ट्रम्प अमेकिका नयाँ राष्ट्रपति हुन्।’ हिलारीले अगाडि भनिन्, ‘यो मुलुक महिला, इमिग्रान्ट, तेस्रो लिंङ्गी सबैको हो।’
विजयी भएपछि डोनाल्ड ट्रम्पले हिजो नै सम्बोधन गरेका थिए भने हिलारीले आफ्ना समर्थकहरुले सम्बोधन गरेकी थिइनन्। हारेपछि सम्बोधन नगरेको भन्ने विषयले समाजिक संजालमा क्लिन्टनको बिरोध समेत गरिएको थियो।
हिजो भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पले हिलारी क्लिन्टनलाई पराजित गर्दै अमेरिकाको ४५ औँ राष्ट्रपतिमा विजयी भएका थिए।

प्रतिकृया दिनुहोस्

चुनाव खारेजी अभियान र पार्टी नीतिबारे स्पष्ट पार्दै महासचिव विप्लव

काठमाडौँ – क्रान्ति विरुद्ध गरिने खेलबाड र गद्दारीले झन ठूलो क्रान्ति र विद्रोह भन्दा अरु केही जन्माउँदैन । जनयुद्ध विरुद्ध गरिएको षड्यन्त्र र गद्दारीले देशलाई अझ शक्तिशाली जनक्रान्तितर्फ छ । परिस्थिति त्यसैतर्फ गइरहेको छ । बाहिरबाट झट्ट हेर्दा संसदवादी तथा दलाल पुँजीवादी...

जनकपुरलाई राजधानी बनाउन काँग्रेस पार्टीभित्र गृहकार्य शुरु भइसकेको छ -बिमलेन्द्र निधि

मंसिर ४, धनुषा – नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधिले प्राचीन मिथिलाको राजधानी रहेको जनकपुरधामलाई वर्तमान अवस्थामा प्रदेश नं २ को राजधानी बनाउन नेपाली काँग्रेसभित्र गृहकार्य शुरु भइसकेको बताउनु भएको छ । धनुषा क्षेत्र नं ३ प्रतिनिधिसभाका उम्मेदवार निधिले चुनावी प्रचार प्रसारका क्रममा...

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनका इन्चार्ज बिसी पक्राउ

मंसिर ४,चितवन – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई प्रहरीले पक्राउ गरेको छ । नारायणगढ बजार क्षेत्रबाट बिसीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभु ढकालले जानकारी दिनुभयो । चुनावी कार्यक्रममा आक्रमण गर्ने...

दुई सातामा ३४ स्थानमा बम विस्फोट : २ सय जना पक्राउ

  मंसिर ४,काठमाडौं – उम्मेदवार केन्द्रित बम आक्रमणका घटना बढिरहेका बेला आइतबार रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई सँगै राखेर पत्रकार सम्मेलन आयोजना गरे । रक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा भएका हिंसात्मक घटनामा केन्द्रित थियो । मन्त्री...