Motivate News

सुनझैँ हजार पटक खारिएका गेहेन्द्र

काठमाडौँ – काठमाडौँ चावहिलचुच्चेपाटीमा अवस्थित छ, प्राक्सिस इन्टरनेशनल एकेडेमी । सोहि विद्यालयको प्रधानाध्यापकको कुर्सिमा रहेर विद्यालयलाई नेतृत्व गरिरहेका छन यूवा व्यक्तित्व गेन्द्र लामाले । काठमाडौमा निजि विद्यालयहरुको संख्या धेरै छ, यो भिडबाट आफ्नो छुट्टै परिचय स्थापित गर्न निकै कठीन छ । शिव खेराले भनेका छन, ‘प्रत्येक सफल मान्छेले कुनै बेग्लै काम गर्दैनन तर उनीहरु हरेक काम बेग्लै तरिकाले गर्दछन’ ।

यो भनाई संगै ठ्याक्कै मेल खाने काम गरिरहेको छ प्राक्सिसले । प्राक्सिसको मन्त्र नै छ एकाइसौँ शताब्दीको शिक्षा आधुनिक प्रविधिमा आधारित हुनुपर्छ र समय सापेक्ष शिक्षण गर्नुपर्दछ । हुन पनि वरिपरिका कतिपय विद्यालयहरु गुम्नाम भइरहँदा पनि प्राक्सिसका बारेमा नसुन्ने नबुझ्ने कमै छन शैक्षिक जगत्मा । हरेक बर्षको बार्षिक परीक्षामा राम्रो नतिजा दिने होस् या विद्यालय र अन्यत्र पनि आयोजना हुने अतिरिक्त क्रियाकलापमा दरिलो उपस्थिती रहन्छ । प्राय हरेक अवसरहरुमा केहि न केहि कार्यक्रम गरेर अभिभावक, समाज र विद्यालय विचको सम्बन्ध प्रगाढ बनाउन प्राक्सिसले जानेकै छ ।

विद्यालय स्तरमा पढिरहेका राम्रा विद्याथीलाई गएर उनीहरुको भविश्यको सपनाबारे सोध्ने हो भने प्रायको जवाफ रहन्छ डाक्टर, इन्जीनियर या पाइलट बन्ने । सायदै कसैले भन्ला मेरो भविश्यको सपना शिक्षक बन्नेछ । मकवानपुरमा जन्मीएका गेन्द्र लामा पढाइमा साह्रै अव्बल थिए, कक्षामा प्राय प्रथम हुने उनलाई जीवनमा कहिल्यै लागेन म भविश्यमा डाक्टर या इन्जिनीयर बन्छु । उनको सानै देखीको सोच थियो म भविश्यमा राम्रो शिक्षक बन्छु । पारिवारिक वातावरण शिक्षक भएर पनि होला उनको वालमस्तिष्कमा शिक्षक नै बन्ने गहिरो छाप परेको थियो ।
कक्षा सातसम्म मकवानपुरमा नै र कक्षा आठबाट प्रविणता प्रमाणपत्र तहसम्म चितवनमा अध्ययन गरेका लामाले प्रविणता प्रमाणपत्र तहमा कलेज टप गर्न सफल भएका थिए ।

त्यसपछि उच्च शिक्षासंगै शिक्षक बन्ने सपना मनभरि बोकेर उनी काठमाडौँ छिरे । काठमाडौँ आएपछि पशुपति क्याम्पसबाट पढाइ अगाडि बढाइरहेका उनी पढाइसंगै विद्यार्थी राजनीतिमा पनि सकृयता जनाउँदै थिए, ठिक त्यसैवेला उनका एकजना साथीले एउटा निजि विद्यालयमा शिक्षणको लागि प्रस्ताव गरे । शिक्षक बन्ने सपना पालेर काठमाडौँ आएका गेन्द्रमा त्यस कुराले स्वभाविक खुशी दियो । त्यसपछि कपन स्थित माउण्ट एभरेस्ट स्कुलबाट अंग्रेजी शिक्षकको रुपमा शिक्षण आरम्भ गरे । पढाइमा अव्बल र चितवनमा रहदा नै शिक्षणको अनुभव बटुलिसकेको हुँनाले काठमाडौँमा शिक्षण गर्न उनलाई कुनै कठिनाई भएन । केहि समय उक्त विद्यालयमा अध्यापन गराइसके पछाडी उनले चावहिल गौरिघाटको सगरमाथा स्कुलबाट आफ्नो पेशा अगाडी बढाए ।

आफ्नो पेशामा रमाइरहेका उनी एक दिन ल्होसार पर्व मनाउन शुक्रबारका दिन विद्यालयबाट विदा लिएर गएका थिए, पछि तलव दिँदा उक्त विद्यालयका प्रधानाध्यापकले शुक्रबार र शनिबारको तलव कटाई दिएपछि उनले सगरमाथा स्कुल छोडे । त्यसको केहि समयपछि उनले चावहिलकै भुवनेश्वरी पव्लिक स्कुलमा अग्रेजी शिक्षक चाहिएको विज्ञापन कान्तिपुर पत्रिका मार्फत थाहापाए, भुवनेश्वरी गएपछि उनी छनोट भए । पछि उक्त विद्यालयमा व्यवस्थापनमा देखा परेको खटपटका कारण पुरानो व्यवस्थापन परिवर्तन भयो र नयाँ व्यवस्थापन आयो । नयाँ व्यवस्थापनले गेन्द्रलाई पनि एक जना लगानीकर्ताको रुपमा प्रबेश गरायो । अव उनी शिक्षक संगै फाउण्डर पनि भए । उनको शिक्षणबाट विद्यार्थी त खुशी थिए नै संगै व्यवस्थापनको नजरमा पनि उनी पर्न थाले । संधै भरि आफ्नो कामलाई मात्र ध्यान दिने गेन्द्र कामलाई नै भगवान मान्छन् ।

२०६५ सालको असोजमा उनको जीवनमा नयाँ खुशी थपियो । उनी सोहि विद्यालयको भाईस प्रिन्सिपल हुन सफल भए । तत्कालीन अवस्थामा विविध कारणले उक्त विद्यालयको नाम भुवनेश्वरी पव्लिक स्कुलबाट परिवर्तन गर्नपर्ने भयो र उनले नै विद्यालयको नयाँ नाम न्वारन गरिदिए, विद्यालयको नाम प्राक्सिस इन्टरनेशनल एकेडेमी राखेर, प्राक्सिस अर्थात हरेक सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक तरिकाले प्रयोग गर्ने थलो । त्यसपछि बनेको प्राक्सिस स्कुलले आजसम्म आफ्नो नाम जस्तै काम पनि देखाइरहेको छ । आफ्नो कामलाई नै पुजा गरेर अगाडी बढिरहेका गेन्द्र लामाले २०६८ सालबाट फाउण्डर प्ििरन्सपलको रुपमा रहेर प्राक्सिसलाई हाँकिरहेका छन । २०६५ सालदेखी २०६८ सालसम्मको अवधीमा प्राक्सिसमा ४ जना प्रिन्सिपलहरु परिवर्तन भए तर विद्यालयले राम्रो गति लिन सकेन । सम्भवत समयले प्राक्सिसको नेतृत्वको लागि गेन्द्रलाई कुरीरहेको थियो । प्रिन्सिपल भएको पहिलो बर्षमा नै कुल विद्यार्थी संख्या १७५ बाट ३४३ पु¥याएर विद्यालयको इतिहासमा नै उनले नयाँ रेकर्ड दर्ता गराईदिए ।

सामान्य शिक्षकका लागि पत्रिकामा विज्ञापन हेरेर जागिर खान गएका उनलाई समयले फाउण्डर प्रिन्सिपलको कुर्सिमा पु¥याइदियो । छोटो समयमा उनलाई महत्वपुर्ण भुमिकामा स्थापित गराई सकेपछि उनीसंग समयले एउटा अग्नी परीक्षा लिन चाहान्थ्यो सायद, २०७२ सालको महाभुकम्पमा उनले त्यो अग्नि परीक्षाको सामना गर्नुप¥यो । भुकम्पले विद्यालय भवनमा धेरै असर नपु¥याए पनि संगै रहेको अग्लो केएल टावरका कारण विद्यालय सोहि स्थानमा संचालन गर्न नसकिने भयो । बैसाख १२ मा गएको भुकम्प भन्दा ठुलो रेक्टरको भुकम्प उनको मनमा गइरहेको थियो । कि त विद्यालय नै बन्दगर्ने, कि त त्यसलाई सहज व्यवस्थापन गर्ने उनीसंग दुइ विकल्प थिए । उनी नयाँ भवनको खोजिमा दिनरात भौतारिएर हिड्न थाले, ठिक त्यसै वेला उनका पाँच जना लगानीकर्ता साथीहरुले समेत अव विद्यालय चल्न सक्दैन भन्दै आफ्नो लगानी फिर्ता मागे ।

दःुखमा साथ दिनुपर्ने साथीहरुबाट नै उल्टै देखीएको त्यस्तो व्यबहारले उनलाई धेरै दुखीत बनायो । तीन महिना भित्र साथीहरुलाई लगानी फिर्ता गर्ने कागज गरेर नयाँ भवनका लागि धेरै ठाँउ भौँतारिदा झण्डै झण्डै डिप्रेशनको सिकार भएका थिए । गँुड भत्कीएको चरि झैँ हिडिरहेका उनले कुमारीगालमा रहेको कुमारी शिशुसदन स्कुलमा पर्याप्त भौतिकभवन भएको तर विद्यार्थी संख्याको अभावमा बन्दहुने अवस्थामा पुगेको बुझेपछि तत्कालै त्यहाँपुगेर सम्बन्धीत व्यक्तिसंग कुरा गरि सो विद्यालय खरिद गरि आफ्नो विद्यालय पनि सो स्थानमा सार्ने निर्णय गरे ।

विद्यार्थी, अभिभावक, र शिक्षक सबैका प्रिय प्रिन्सिपल गेन्द्रलाई त्यस कठिन घडिमा अभिभावकले लगाउनु गुन लगाए । त्यसपछि प्राक्सिसको पढाई शिशु सदन स्कुलको भवनबाट अगाडी बढ्यो । केहि महिनाको त्यहाँको पढाईपछि विस्तारै वातावरण अनुकुल बन्दै गयो, भुकम्पको त्रास कम हुँदै गयो र आफ्नै विद्यालय भवनको मर्मत सम्भार गरेर अहिले प्राक्सिसको अध्यापन आफ्नै भवनबाट अगाडी बढिरहेको छ । गेन्द्रको चेहेरामा फेरी खुसिका रेखाहरु कुद्न थालेका छन । भनिन्छ सुनलाई जति धेरै खारियो त्यति राम्रो बन्छ, गेन्द्र पनि जीवन भरि धेरै खारिएर अकबरी सुन जस्तै बनेका छन कसि लगाउननपर्ने…. ।

शिक्षक बन्ने सपना पालेका गेन्द्र आज प्रिन्सिपलको रुपमा काम गरिरहेका छन । उनले कहिल्यौ पनि विदेश गएर काम गर्ने बारे सोचेनन् । अहिले पनि उनका कतिपय साथीहरु सर्टिफिकेट दराजमा थन्काएर विदेशमा पसिना बगाइरहेका छन् । विदेश त उनी पनि गइ रहन्छन तर कामगर्नका लागि होइन त्यहाँको व्यवस्था(System)जान्न, बुझ्न र घुम्नका लागि ।

उनले चीन, दुबइ, मलेसिया, थाइल्याण्ड र म्यानमार जस्ता मुलुकको भ्रमण गरिसकेका छन् । मान्छेले सधैँभरि सकरात्मक सोच राखेर एउटै काममा निरन्तर रुपमा लागि प¥योभने एकदिन अवश्य सफलता प्राप्त गर्न सकिन्छ र नेपालमै अथाहा सम्भावनाहरु छन् र ति सम्भावनाहरु देखेर नै आफ्नै काममा रमाइरहेका यी जोसिला यूवाको जीवनबाट नेपालमा केहि सम्भावना नदेखेर भौतारि रहेकाहरुले केहि सिक्न जरुरी छ ।

प्रतिकृया दिनुहोस्

सीमांकनबिना संशोधन असम्भव : मोर्चा

चैत १३ , काठमाडौं – मधेसी मोर्चाले सीमांकनसहित संविधान संशोधन विधेयक पारित गर्दै धारा २७४ समेत संशोधन हुनुपर्ने ‘बटमलाइन’ प्रस्तुत गरेको छ। मोर्चाका शीर्ष नेताहरूले सीमांकनबिनाको सरकारी कार्यदलले ल्याउने प्रस्तावमा कुनै प्रकारको छलफल र परामर्श हुनै नसक्ने जिकिर पनि गरेका छन्। यो...

एनसेलको कर असुल्न अर्थ अर्थ मन्त्रालयको निर्देशन

चैत १३ , काठमाडौं – एनसेल बिक्री भएको एक वर्ष तीन महिनापछि बल्ल अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई पत्राचार गर्दै कर असुली गर्न निर्देशन दिएको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। अर्थ सचिव शान्तराज सुवेदीले विभागलाई ‘यथाशीघ्र कर असुली गर्नू’...

‘कछुवा गति’ मा कलंकी-कोटेश्वर सडक विस्तार

चैत १३ , काठमाडौं – अचाक्ली धुलो भयो। घरबाट बाहिर निस्कनै सकस भयो। अहिले उपत्यकावासी हरेकले यसै भन्छन्। धुलो पनि किन नहोस् ? कामको गति कछुवाको जस्तै छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। अव्यवस्थित पनि उत्तिकै। उपत्यकाको केन्द्रमा थालिएको...

११ जिल्लामा मतदानस्थल टुंगिन बाँकी

चैत १३ , काठमाडौं – स्थानीय तह निर्वाचनका लागि ६४ जिल्लामा मतदानस्थल तय भएको छ। तराईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा रौतहटसहित ११ जिल्लाका मतदानस्थल तोकिन बाँकी छ। सबै जिल्लामा निर्वाचन कार्यालय सञ्चालनमा छन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट...