Motivate News

मेरा नातिहरुले मेरो नाम लिएर गर्व गरुन : ओम मगर

काठमाडौँ – हरेक दिन पशुपतिमा धेरैका लासहरु जलिरहेका छन् । कोही उमेर पुगेर भगवानको शरणमा गएका छन् भने कोहीले अकालमै आफ्नो ज्यान भगवानलाई सुम्पिरहेका छन् । तिनीहरुमा कतिका मलामी राम्रै हुन्छन् भने कोही मलामीविनै स्वर्ग पुग्छन् ।

त्यही पशुपति हो जहाँ नेता तथा कलाकारको मृत्यु हुँदा हजारौँको भिड हुन्छ, प्रहरीले लठ्ठी चार्ज गर्नुपर्ने अवस्था सृजना हुन्छ तर त्यही पशुपतिमा कोहीले दुइचार जना मलामी पनि पाउँदैनन् । घरका दुईचार दाजुभाइबाहेक अरु हुदैनन् प्राय । मानिस भएर जम्मिएपछि धेरै ठुलो काम केही नगरेपनि दुईचार हजार मलामी कमाएर जानु पर्छ ।

अहिले अथवा एकाइसांै सताबदीमा कैयौ मानीसहरुले पैसाबाहेक अरु केही सोचिरहेका छैनन् । कसरी मानिस ठगेर धेरै पैसा कमाउने, कसरी अर्काको भन्दा ठुलो घर बनाउने, छोरा छोरीलाई राम्रो स्कुलमा कसरी भर्ना गर्ने यि र यस्तै कुरा बाहेक अरु सोच्न फुसदै छैन धेरैलाई । पैसा भयो भने सबथोक किन्न सकिन्छ भन्ने अहम् भावनाले गर्दा उनीहरुले मलामी गुमाइरहेका छन् । र गुमाई रहेका छन् जुगैजुग बाँच्ने सम्भावना पनि ।

तपाइ कति जनालाई बुवाको हजुर बुवाको नाम थाहा छ ? यो अलि टाढै भयो कि क्या हो । तपाईलाई तपाईको हजुर बुवाको नाम के हो; थाहा छ ? कति जनाले आवश्यक ठाँउँमा आफ्नो हजुर बुवाको नाम थाहा नभएर गलत पेश गर्नुभएको छ ? यि प्रश्न हेर्दा सामान्य लाग्छन् तर यसको भित्री कुरो गम्भिर छ । यी प्रश्न त्यत्तिकै जन्मेका हैनन् । नेपाली समाज भर्खर मात्र विकासको चरणमा प्रबेश गरेको छ । देशको विकास गर्नका लागि टेक्नोलोजीको विकास आवश्यक छ र हुनुपर्छ शिक्षाको विकास पनि ।

हाम्रो पालामा हामी विश्वभरको समाचार एक सेकेण्डमा थाहा पाउँछौँ तर हाम्रा हजुरवाले एउटा सामान्य खबर पाउन पनि महिनांै कुर्नु पथ्र्यो यो वास्तविक यथार्थता हो । कैंयौँले यसैगरी महिनांैसम्म पनि आफ्नाको खबर पाँउदैनन थिए । माथिका प्रश्नले मलाई पनि झस्क्याएको छ । मैले हजुर बुवाको नाम आवश्यक पर्ने ठाँउमा फरक फरक पेस गरेको छु । मनमा जे आयो त्यही नाम लेख्ने गर्दछु, तिन पुस्ते राख्ने ठाँउमा । सायद तपाईंलाई पनि यस्तै भएको होला । मानिस भएर जन्मेपछि धेरै टाढा त नजाँउ आफ्ना नातिले मेरो नामको बारेमा यता उता भांैतारिन नपरोस् ।

हाम्रा पुर्खाले केही सृजनात्मक काम गरेनन र आज हामीलाई उनीहरुको नाम थाहा पाउन बुवालाई सोध्नुपर्छ तर हाम्रो बारेमा जानकारी लिन हाम्रा नातिले यसरी सोध्नु नपरोस् । नाम खोजेर भांैतारिनु नपरोस् । यस्तो काम गरेर देखाउँ जुन कामले गर्दा मेरा नातिले हजुरबुवाको नाम लिएर गर्व गरुन् । मेरो गाँउका लागि मैले केही गर्न पाउँ । मेरो गाँउमा जताततै मेरो नाम चलोस् । यि माथिका आंशिक हरफहरु हुन शिक्षा सेवी ओम मगरका ।

काठमाडौँको जोरपाटीमा रहेको भेनस पव्लिक स्कुलका प्रिन्सिपल हुन ओम मगर । उनी चितामा जल्लनका लागि मात्र जन्मेका होइनन् । समाजका लागि सृजनात्मक काम गरेर जुनीजुनी बाँच्न चाहान्छन् । समाजको रुपान्तरण गर्न चाहान्छन् । आफ्नो सृजना मार्फत समाजको रुपान्तरण गरी अमरत्व कमाउन चाहान्छन् उनी ।

सानो उमेरमा उनको यो सफलता लोभलाग्दो छ । उनी उमेरले ३० बर्ष पुग्नै लागे तर उनको उमेरका हजारांै युवाहरु जागिर चाहियो भनेर कोही आमरण अनसनमा छन् भने कोही विदेशमा आफ्नो श्रम बेच्न बाध्य छन् । उनकै उमेरका कोही गुण्डा गर्दीमा संलन्न छन् भने कोहीले गाँउमा आफ्नो खुवीलाई नचिनेर बरालिरहेका छन् । तर उनी भविष्यका कर्णधारलाई शिक्षाको ज्योतिबालि भविष्यको बाटो देखाइ रहेका छन् । धेरैलाई बिहानीको मिर्मिरे देखाइ रहेका छन् र बनाएका छन् हजारांैलाई शिक्षित पनि ।

उनको यो सफलतामा सपानाको ठुलो हात छ र मिहिनेत पनि कम्ति छैन । उनले सानो उमेरदेखि नै सपना देखे अनी सपनालाई शिरोधार्य गर्दै आफ्नो काममा दिन रात अहोरात्र खटिरहे । धेरै समय खट्न सक्नु उनको विशेषता हो । संखुवासभाको खाँदबारीमा हो उनको जन्म घर । उकाली ओराली गर्दै बितेको थियो उनको बाल्यकाल । आफुले चाहेको र सोचको कुरा हुनैपर्ने, गर्नै पर्ने जिद्धी स्वभावका उनी हरेक काम आफ्नो पक्षमा पारेरै छाड्थे । संधैं जित्नुपर्ने उनलाई आफुले चाहेको काम जसरी पनि सफल पारेरै छाड्छन् ।

कहिले कांही शिक्षकले झपारेको बेला होस् या परिक्षामा अर्काको नाम पनि जस्ताको तस्तै सारेर बुझाउँदाको घटनाले किन नहोस् उनलाई जिन्दगीमा अगाडि बढ्न धेरै ठुलो प्रेरणा मिलेको छ । त्यस्ता खालको घटनाले उनको जीवन सफल हुनुमा महत्वपुर्ण भूमिका खेलेका छन् ।

कक्षा १ को कुरो हो, उनलाई एविसिडि भन्न आउँदैन थियो । कक्षामा शिक्षकले उनलाई एविसिडि भन्न भनेर उठाए । उनले आँउँदैन भनेर टार्न खोजे तर ति शिक्षकले मानेनन् । जति सकिन्छ त्यति भन्ने दवाब दिए, त्यसपछि उनले नहेरी ए देखि जेट सम्म नरोकिएर पढेर सुनाइदिए । त्यो घटनाले उनको जिन्दगीमा ठुलो शिक्षा दियो । आँटेपछि प्राय कामहरु सम्भव हुँदारहेछन् भनेर उनी उत्साहित भए र जिन्दगीमा आइपर्ने हरेक समस्या पर्दा त्यही घटनालाई सम्झिन्छन् र काम गर्न आँट गरिहाल्छन् उनी ।

त्यस्तै अर्को घटना पनि छ, बार्षिक परिक्षा थियो । आफुले जानेकै भएपनि चोर्न पाइन्छ भन्दा परिक्षामा कलम चल्दैन । उनलाई पनि त्यस्तै भयो । साथीले लेखेको चोर्दा खेरी उसको नाम पनि जस्ताको तस्तै लेखेर बुझाएका रहेछन् । पछि उनले त्यो कुरा थाहा पाए, उनलाई लज्जा बोध भयो । त्यो दिनदेखि उनले कहिलै चिट चोरेनन् ।

गरिब परिवारमा जन्मेर हुर्केका मगरले कक्षा १ मा राम्रोसँग अध्ययन गर्ने अवसर पाए । उनको परिवारमा ठुलो दाइ र दिदी घरबारे भैसकेका थिए भने घरमा माइला दाइ, बुवाआमा र उनी थिए । बुवा र दाइको सहयोगले कक्षा १ कोे रिजल्ट राम्रो आएको थियो । कक्षा २ मा पनि बुवाले दुःख गरे रै भएपनि अध्ययनको लागि राम्रो व्यवस्था गर्नु भएको थियो । उनी सानै थिए, राम्रो नराम्रो खासै थाहा हँुदैन्थ्यो छ सात बर्षको उमेरमा । उनको बुवा गाई गोरुका लागि घाँस लिन जङगल गएको बेलामा रुखमा घाँस काट्दै गर्दा त्यही रुखबाट लडेर बुवाको मुटुमा ठुलो चोट लाग्यो ।

अहिलेपनि मुटुमा केही समस्या देखा पर्यो भने उपचार गर्न समस्या छ, पहिलाको कुरै छोडौँ, त्यो पनि संखुवासभा जस्तो ठाँउमा उपचार सम्भव थिएन । त्यही समस्याले गर्दा उनको बुवाको निधन भयो । अकालमै धर्तीबाट सदाका लागि बिदा हुनुभयो । ओम मगर टुहुरा भए । उनी अहिले पनि बाटोमा हिंड्दा सुकेको रुख देखेपछि बुवालाई सम्झिन्छन् । मन खिन्न पार्दै आफ्नो बाटो लाग्छन् ।

जब उनका बुवाको निधन भयो तब उनका दुखका दिन सुरु भए । घरमा अब उनी र आमा मात्र रहे । उनका दाइ प्राय घरमा बस्दैनथे । जेनतेन उनकी आमाले नजिकैको स्कुलमा कक्षा पाँचसम्म अध्ययन गराइन् । उनी पढाइमा पनि तेज थिए र अतिरिक्त क्रियाकलापमा पनि उनको सहभागिता राम्रो रहन्थ्यो । कक्षा पाँच पास गरिसके पनि उनलाई अध्ययनको लागी करिब दुई घण्टाको पैदल यात्र गरेर जानुपर्ने भयो । बास्तविक संघर्ष उनले माध्यामिक तहको अध्ययन गर्दा गर्नु पर्यो । बिहान सात बजे खाना खाएर दुई घण्टाको पैदल यात्र गरी स्कुल जानु पथ्र्यो ।

उनलाई स्कुल जान र आउन बिहान बेलुकाको समय ठिक्क हुन्थ्यो । यति सम्मकि उनी नुहाउन र कपडा धुने समय निकाल्न पनि शनिबार बाहेक धौधौ हुन्थ्यो । कपडा मैलो भएको खण्डमा उनी बाटोमा नै सर्ट धोएर काँधमा राखेर स्कुल जान्थे । स्कुल पुग्दासम्म उनको सर्ट सुकि सक्थ्यो । सुरुका दिनहरुमा उनले यसै गरी आफ्नो पढाइलाई निरन्तरता दिए । तर पछि अलिक बुझ्ने भैसकेपछि उनले स्कुल गएर आउने समय घरमै अध्ययनमा बिताउन थाले । शिक्षकले स्कुलमा पढाएको कुरा सुनेर जति दिमागमा राखिन्छ त्यो भन्दा धेरै घरमा बसेर अध्ययन गर्दा दिमागमा राख्न सकिन्छ भनेर उनले घरमै अध्ययन गर्न थाले ।

हप्तामा दुइदिन स्कुल जान्थे उनी । आफंै पढ्थे उनी आफुले नबुझेको कुरा सोध्नका लागि मात्र स्कुल जान्थे । उनका साथीहरु पनि छक्क पर्थे उनकोे रिजल्ट देखेर । सेल्फ स्टडी उनका लागि रहर हैन बाध्यता बन्दै गयो । स्कुल जाने समय मात्र हैन घरमा आउने अन्य पाहुनाहरुलाई खुवाउनेदेखि सबै काम उनले नै गर्नु पथ्र्याे । आमा र उनी मात्र बस्थे घरमा । बिहान सात बजे खाना बनाएर, खाएर स्कुलका लागि तयारी हुन्थे उनी । उनी बाटोमा पढ्दै पढदै स्कुल सम्म पुग्थे । उनले अध्ययन गर्ने समय भनेकै बाटोमा हिंड्दा खेरीको हो । अरु समय घरको काममा खटिन्थे उनी भने बिहान बेलुका स्कुल जान र आउन ठिक्क हुन्थ्यो, त्यसैले अंग्रेजीका मिनिङ् र विज्ञानका सिद्धान्त बाटोमै कण्ठ पार्थे । यति गर्दा पनि उनको कक्षामा राम्रो स्थान आउँथ्यो ।

एक्लै दुई घण्टाको बाटो हिंडेर उनले एसएलसी सम्मको अध्ययन सके । गाँउँमा दुःख गरेर एसएलसी पास गरेको देखेर उनको डाहा गर्नेहरु जुर्मुराउन थाले । मगरको छोरा एसएसलसी पास गर्यो भन्दा उनको सान झन बढेको थियो गाँउमा । उनको गाँउमा एसएलसी पास गर्ने उनी नै पहिलो हुन, त्यसैले अघिल्लो दिन मगर भनेर हेला गर्नेहरु भोलिपल्टबाट त आफ्ना हुनथाले । गाँउकाले मगरको छोरो अब ठुलो मान्छे भयो भनेर फुक्र्याउन थाली सकेका थिए । गाँउको स्कुलमा पढाउने कामको अफर पनि नआएको हैन उनलाई । तर उनले त्यो जागिर खान मानेनन् ।

उनले काठमाडौँ आएर थप अध्ययन गर्ने सोच बनाए । घरमा आमासँग सल्लाह गरे । आमाले पनि, ‘भैगो अब धेरै किन पढ्नु पर्यो र यतिकैमा जागिर खाएर बस्दा हुन्छ’ भन्नुभएको थियो तर उनले मानेनन् । जसरी पनि थप अध्ययन गरेरै छाड्ने अठोट लिएका उनले आमालाई फकाएरै भएपनि काठमाडौँ आउने निधो गरे । उनका एक जना दाइ काठमाडौँमै थिए । उनले दाईलाई खबरै नगरी घरमा भएको एकहजार रुपंैया बोकेर काठमाडौँ आए । उनले दाइलाई खबर नगर्नुको कारण दाइले काम गर्ने ठाँउमा तलब कम थियो । भाइलाई पढाउन सकिन्नकी भनेर नबोलाउन सक्ने खतरा उनले देखेर खबरै नगरी काठमाडौँ आए ।

यदि उनले दाइलाई भनेर आउन खोजेका भए उनको सपना सपनामै सिमित हुनसक्थ्यो । बुद्धिमानी अपनाएर उनी काठमाडौँ आए । दाइको कमाइभन्दा आफँै कमाएर अध्ययन गर्ने अठोटका साथ उनी काठमाडौं प्रबेश गरेका थिए । उनको उद्धेश्य अध्ययन गर्ने थियो । अध्ययन गर्न पैसा चाहिन्छ नै, आफुलाई पढ्ने पैसा गाँँउमा पनि उनी आपैmंले कमाउथे । गाँउमा विभिन्न ठाँउको बाटो बनाउनेदेखि स्कुल, खानेपानी लगायत धेरै ठाँउमा उनले काम गरेर आफ्नो पढाइ खर्च निकालेका थिए भने काठमाडौँ आएपछि पनि उनले त्यस्तै खालको कामलाई निरन्तरता दिए ।

जहाँ इच्छा त्यहाँ उपाए भनेजस्तै, ओम मगरले आफु कलेज भर्ना हुने पैसा आफैले कमाएका थिए । उनी काठमाडौँ आए लगत्तै उनका चिनजानको दाईले एउटा ठेकेदार कहाँ काम लगाई दिएका थिए । उनले काठमाडौँ आएपछि पहिलो पटक सुकेधाराको बाल्मिकी स्कुल (वाग्मती कलेज) को पर्खाल बनाउन सुरु गरेर कामको सुरुवात गरेका थिए ।

बिहान उनीे कलेजमा अध्ययन गर्न जान्थे र दिउँसो काम खट्थे । त्यहाँ काम गरेको केही पैसाले उनी पशुपति क्याम्पसमा भर्ना भए ।

कलेजमा भर्ना त भए तर उनलाई उत्साह दिने हैन, झन निरुत्साहित पार्न थालियो । उनी काठमाडौँ अग्रेजी शिक्षक हुन भनेर आएका थिए, तर जता ततै बाट उनलाई निरुत्साहित पार्ने काम गरियो । कक्षा पढाउने शिक्षकले मैले पनि केही समय अंग्रेजी पढेको हो, त्यति सजिलो छैन । भनेर सम्झाउँथे, कलेजको पढाइ पनि त्यस्तै थियो । उनी एकदमै मिहिनेती स्वभावका युवा फेरि आफुले चोहेको कुरा पुरा गरेरै छोड्ने भएकाले कसैका खोक्रा भाषण तिर लागेनन् ।

कलेज सुरु गरिसकेपछि उनी बिहान कलेज जान्थे र दिउँसो लेवरी काम गर्न जान्थे । उनको दैनिकी एकदमै कस्टपुर्ण रुपमा बितेको थियो । बिहान पाँचबजे आँखा नखुलेकै बेला उठेर कलेज जान्थे । उनको बसाई सुकेधारामा थियो । त्यहाँबाट उनी बिहान पाँचबजे कलेजका लागि हिंडि सक्थे । गाडीको उज्यालोको साहेताले उनले बाटोमा मिनिङहरु पढ्दै कलेज सम्म पुग्थे । उनको पढाइ प्राय बाटोमा नै हुन्थ्यो । त्यसपछि कलेजको पढाइ सकेर उनी सिधैँ काम गर्न हिडिहाल्थे । कलेजसम्म अध्ययन गर्दा उनले जुत्ता कहिलै देखेनन् । देखेनन हैन लगाउन पाएन भन्दा अझ उत्तम होला ।

उनका समकालिन साथीले जुता लगाएको देखेर उनलाई पनि जुता लगाउन रहर लाग्थ्यो तर उनको कमार्इंले जुता किन्न पुग्दैन थियो । कलेजबाट त्यही चप्पल पट्काउदै, बिस्कुट खाँदै काम गर्ने ठाँउमा पुग्थे, अनि काममा खटिहाल्थे । कति दिन त उनी भोकै काममा खटेका छन्, त्यसको हिसाब किताब उनीसँग छैन । पढाइमा यति मिहिनेती थिए कि घौँटी खन्दा खन्दै धेरै ओटा मिनिङ् कण्ठ पारी सक्थे । उनलाई इन्टर पास गर्नु सबैभन्दा ठुलो कुरा भयो । कसैले अंग्रेजी जस्तो विषय पास गर्न गाह«ो हुन्छ भनेर डर देखाउँथे भने कसैले ट्युसन पढाइदिन्छु भनेर ठगी गरेर भागेका थिए ।

उनले अध्ययनका लागि कलेज पनि छुटाएनन् र ट्युसन पनि पढे । ट्युसन पढ्दा पनि उनी धेरै ठाँउमा ठगिएका छन् । चाबहिलमा पढाउने शिक्षकले मोटिभेट हैन डिमोटिभेट गरेर पढाउँने हुँदा उनले त्यहाँको पढाई छोडेर ट्युसनको लागि लगनखेल गए । त्यहाँ पनि त्यति राम्रो लागेन, त्यहाँबाट पनि ठगिए उनी । धेरै ठाँउबाट निरुत्साहित भए । यतिसम्म निरुत्साहित भए कि काठमाडौं आएकोमा नै पछुतो मान्न थाले । पछुत्तो मात्र हैन् काठमाडौँमा बसेर धेरै जनाको मुर्गा हुनुभन्दा गाँउमै फर्किनुपर्छ कि भन्ने सोच पनि बनाए उनले । तर उनलाई गाँउ जान त्यति सजिलो थिएन । गाँउमा पढ्न भनेर काठमाडौँ गएको मगरको छोरो पढ्न नसकेर आयो भनेर कुरा काट्छन् कि भन्ने डरले उनले बरु काठमाडौँमा नै संघर्ष गर्ने निधो गरे ।

उनले सोचे ‘जसरी पनि पढेरै जानुपर्छ, म पढ्न आएको हुँ । सबैलाई देखाउनु पर्छ’ भनेर रात दिन किताबमा बाहेक अन्यत्र ध्यान दिएनन् । लगनखेलबाट ठगिएपछि उनलाई फेरि धेरैले निरुत्साहित पारे । मेरो भाग्य नै यस्तै हो कि ? किन मलाई नै, दुखै दुख पर्छ भनेर एक चोटी रत्नपार्कको ज्यतिष कहाँ हात हेराउन गए । त्यो ज्योतिषले पनि, “तेरो पढाई एसएलसी भन्दा माथि छैन” भनेर भनि दियो । त्यसपछि उनी झन निरास भए । त्यो ज्योतिषले आर्मीमा भर्ति हुन सल्लाह पनि दिएको थियो ।

त्यसपछि झन मिहिनेत गर्ने सोच आयो उनमा । कसरी हुँदो रहेछ, मिहिनेत गर्यो भने कसरी पास नहुँला र भनेर पहिलाको भन्दा धेरै समय पढाइमा दिन थाले । पढ्न पनि किताब हँुदैन थियो । साथीसँग किताब मागेर फोटोकपि गर्दै पढ्थे । एक दिनको कुरा एउटा साथीसँग उनले फोटोकपी गर्नको लागि भनेर किताब मागे, ति साथीले बचन लगाए । तँ किन्न सक्दैनस रु कितब दिन्न’ भनेर उनलाई किताब दिएनन् । ‘म गरिब भएर होला सबैले हेपेको सोचेर नजिकै रहेको पुस्तक पसलमा गए । त्यो पसलमा उनले किताब दिन आग्रह गरे । उनले पनि किताब दिन मानेनन ।

उनले खासमा फोटोकपि गर्न किताब मागेका थिए तर साहुले दिएनन । उनीसँग गोजीमा पचास रुपैंया रहेछ, त्यो पैसा र उनीसँगको विद्यार्थी परिचय पत्र धरौटी राखेर पुस्तक पसलबाट किताब लिएर गए । उनी त्यो घटनालाई जिन्दगीको सबैभन्दा अविष्मरणीय क्षण भनेर सम्झन्छन् । उनको जिवनमा त्यस्तै अर्को घटना पनि घटेको छ । उनी लेवरी काम गर्दथे । कामको सिलसिलामा उनी कहिले कता पुग्थे त कहिले कता । एकदिन उनले पानीको पाइँप विछ्याउनका लागि घैँटीले खनिरहेका थिए । खन्दा खन्दै कलेजको साथीको घरमा पुगेछन् । त्यो साथीले देखिहाल्यो पाइप बिछ्याउन खन्दै गरेको ।

त्यही साथीले अघिल्लो दिन उनको हातमा उठेका ठेलाको बारेमा सोधेको थिए । उनले आफु ब्रिटिस आर्मीमा भर्ति हुनको लागि तालिम गरिरहेको र पुसअप हान्दा ठेलाभएको जानकारी गराएका थिए । भोलिपल्ट त्यसरी बाटो खनेको देख्दा उनी आफंैलाई लज्जा बोध भयो । त्यसपछि उनले आफ्नो कामको प्रकृति परिवर्तन गरे । करिब एक बर्षसम्म उनले लेवरी काम गरे । त्यो बिचमा उनले धेरै दुःख संघर्ष गर्नु पर्यो । केही समय खाली बसेका उनले ठमेलको एक रेस्टुरेन्टमा राती भाँडा माज्ने काम पाए । त्यतिबेलासम्म उनले साइकल किनिसकेका थिए ।

उनी राति १२ बजेसम्म रेस्टुरेन्टमा भाँडा माज्थे । त्यसपछि साइकलमा राती कोठा फर्किन्थे । त्यसै गरी उनले त्यहाँ केही समय बिताए । त्यतिकैमा कलेजको पहिलो बर्षको रिजल्ट पनि आयो । करिब ३ सय जना विद्यार्थीले परिक्षा दिएका थिए । तिन सय जनामा मात्र १५ जना पास भएका थिए । त्यही १५ जना भित्र परेका थिए ओम मगर पनि । त्यसपछि उनलाई लाग्यो मिहिनेत गर्यो भने असफल भन्ने हुँदो रहेनछ । भाग्य हातमा लेखेको हुँदो रहेनछ, हात नहुनेको पनि भाग्य हुन्छ भन्ने सोच उनको मनमा पलायो ।

उनलाई ति निरुत्साहित पार्ने शिक्षक अनि रत्नपार्कमा बसेर पैसा थुत्ने ज्योतिष सबै वाहियात लाग्नथाल्यो । उनी जोबाट ठगिए, काठमाडौँमा ठगेर पैसा कमाउनेहरुको जमात जस्तो लाग्यो । उनले पहिला पनि कर्ममा विश्वास गरेका थिए । पछि झन मिहिनेत गर्न थाले । यसैगरि उनले इन्टर पास गरे । त्यसपछि उनले कोर्सका साथै अन्य किताबहरु प्नि पढ्न थाले । उनलाई ‘यू क्यान विन’ भन्ने किताबले पछिल्लो पटक धेरे सफलता दियो ।

उनले त्यो किताबबाट सफलता के हो ? कसरी सफल हुन सकिन्छ ? असफलतालाई कसरी बुझ्ने सबै कुरा उनले त्यही किताबबाट पाए । त्यसपछि डा. योगी विकासानन्दका किताबले पनि उनलाई उत्प्रेणा दियो । उनी काम र पढाइमा उत्तिकै विश्वास गर्नथाले । उनले होटलमा गरेको राम्रो काम देखेर पद उन्नति पनि भयो । पदउन्नति भएको केही समयमा नै उनले होटलको जागिर छोडे । त्यसपछि एउटा संस्थामा उनले काम गर्ने अवसर पाए तर त्यो नेटवर्किङ जस्तो भएकाले होला त्यो भागेर गयो ।

त्यसपछि उनमा दाँया वाँया गर्न भन्दा पढाउनु पर्छ भन्ने सोच पलायो र एउटा स्कुलमा पढाउन गए । त्यति बेलासम्म उनी कलेजमा व्याचलरमा भर्ना भैसकेका थिए । उता घरमा आमा यक्लै हुनुहुन्छ । कहिले काँही फोनमा कुरा मात्र हुन्थ्यो । पैसा पनि पठाइ दिन्थे उनले आमालाई । घर गएर आउन उनलाई करिब २ महिनाको तलब चाहिन्थ्यो । त्यही भएर उनी गाँउ गएनन् बरु आमालाई यतैबाट सक्दो सहयोग गरे ।

स्कुलमा पढाउँदा उनले जानेको सबै विषय पढाउँथे । त्यो स्कुलमा उनले एक बर्ष काम गरे । त्यसपछि उनलाई अर्काे स्कुलबाट राम्रो अफर आयो । पहिला गरी आएको भन्दा दोब्बर तलब दिने प्रस्ताव आयो । उनले हुन्छ भन्दै पहिलाको स्कुल छोडेर नयाँ स्कुलमा काम सुरु गरे । त्यपछि उनका सुखका दिन सुरुभए । फेरि एक बर्ष पछि अर्को स्कुलले पनि उनलाई दोब्वर तलबको अफर गर्यो, त्यो स्कुल छोडर फेरि अर्को स्कुलमा उनले काम सुरु गरे । त्यस्तै गर्दागर्दै उनले धेरै स्कुलमा काम गर्ने अवसर पाए । उनी स्कुलको जागिर छोड्न भन्दा पहिला एक जनालाई आफ्नो ठाँउमा राखेर मात्र छोड्थे, यो उनको विशेषता हो । कसैलाई पनि आफ्नो स्वार्थ पुर्तिका लागि धोका दिनु हुन्न भन्ने मान्यताका उनी यसैले गर्दा सबैसंगको सम्बन्ध बचाई राखेका थिए ।

यसैबिचमा उनले शिक्षकहरुको एउटा नेटवर्क पनि बनाए । नेपाल शिक्षक संगठन भन्ने संस्था खोले र त्यसको नेतृत्व मगर आफैंले गरे । त्यही संस्थाले कुनैबेला शिक्षक आन्दोलन पनि मच्चाएको थियो । त्यो आन्दोलनको नेतृत्व पनि उनैले गरेका थिए । स्कुलमा प्रिन्सिपलले गर्ने व्यवहारले दिक्क उनी त्यही व्याहारका कारण पनि शिक्षक युनियन गठन भएको हो ।

यसरी उनले एकपछि अर्को सफलता हात पार्दै गए । त्यही सफलताले गर्दा केहि बर्ष अघिदेखि उनले एउटा स्कुल सम्हालेर बसेका छन् । करिब सात सय विद्यार्थीको उज्यालो भविष्य कोर्दैछन् उनी । जोरपाटीमा रहेको भेनस पब्लिक स्कुलमा प्रिन्सिपलको कुर्सिमा विराजमान छन् उनी अहिले । त्यो उनको सफलता हो । काठमाडौँ आएपछिको करिब पाँच बर्षपछि उनी संखुवासभा फर्किएको थिए ।

पाँचवर्षसम्म उनलाई नत दसैं आयो नत तिहार सबै साथीहरु दसंैतिहार भन्दै रमाइलो गर्दथे तर उनी पढाइमा ध्यान दिन्थे । त्यही त्यागले गर्दा उनले पाँच बर्षमा व्याचलर सकेर आफ्नो जन्मघर फर्किए । गाँउमा पाँच बर्षसम्म धेरै परिवर्तन आइ सकेको थियो । उनलाई पहिला हेर्ने नजरहरु परिवर्तन भैसकेका थिए भने उनको परिवारलाई हेर्ने नजर पनि फरक थियो । उनकी आमा पनि उनको सफलता देखेर खुसी थिइन भने गाँउलेहरु पनि सहयोग गर्ने खालको व्यावहार गर्दथे । केही समय गाँउको बसाइपछि फेरि काठमाडौँ आए उनी ।

पछि मास्टर्समा पनि ज्वाइन भए र पासपनि गरिसकेका छन् । उनी चितामा मर्न चाहाँदैनन । जुनिजुनीका लागि बाँच्न चाहान्छन् । अहिले उनी एउटा शैक्षिक डकुमेन्ट्री बनाएर जताततैबाट वावाई पार्इंरहेका छन् । योे डकुमेण्ट्री पछि उनले मोटिभेस्नल किताब पनि लेख्दैछन् । अबको केही समयमा नै हामी ओम मगरको मोटिभेस्नल किताब पनि पढ्न पाउँने छौँ । उनको यो सफलतामा उनकी आमा पनि मख्ख छिन् तर उनलाई एउटै कुराले अधुरो अपुरो जस्तो बनाएको । उनकी आमाको एउटै प्रश्न छ, छोरा बुहारी कहिले ? जूनकिरी पुस्तकबाट

प्रतिकृया दिनुहोस्
yama Buddha 1

रहेनन् चर्चित गायक यम बुद्ध, कसरी भयो उनको निधन ?

माघ १, लन्डन – युवा गायक एवं चर्चित र्यापर यम बुद्ध (अनिल अधिकारी) को लन्डनमा निधन भएको छ । शनिबार उनी आफ्नो बाथरुममा मृत भेटिएका हुन् । २९ बर्षीय गायक आफ्नी पत्नी सहित लन्डनमा बस्दै आएका थिए। उत्तर लण्डनस्थित निवासमा उनले आत्महत्या...

Sun Taskar

डेढ लाख कमाउने लोभमा सुन तस्करी, यसरी भयो १५ किलो सुन बरामत !

माघ १, काठमाडौं – शुक्रवार बिहान करिब ८ बजे रसुवा र चिनको सिमानामा पर्ने केरुङबाट एउटा टाटा सुमो रसुवा हुँदै काठमाडौंतिर लाग्यो । ‘गोसाईकुण्ड यातायात ब्यवसायी समिति’ को ना. १ ज ४९६४ नम्बरको टाटासुमो रसुवा प्रहरीको आँखा छल्दै पास भएसँगै काठमाडौं प्रहरीलाई...

ramhari

घडी काण्डमा सांसद खतिवडा निर्दोष भएको पुष्टि

काठमाण्डौ – पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रबलमानसिह गुरुङले रोलेक्स घडी हराएको विषयमा प्रेस विज्ञप्ति मार्फत गलत अफवाहका कारण नेपाली कांग्रेसका यूवा नेता तथा सांसद रामहरी खतिवडाको प्रतिष्ठामा पर्न गएको चोट प्रति दुख ब्यक्त गरेका छन् । केहि समय देखि सांसद खतिवडाले प्रबलको १४...

16111495_1318687728154503_1491210779_n-555x335

त्रिविका कर्मचारी कार्यालय समयमा यसरी खैनि मोल्दै घाम ताप्छन् (हेर्नुस भिडियो)

काठमाडौं – सामान्यतया सरकारी कार्यलय विहान १० बजे खुल्छ भन्ने कुरा सर्वसाधारण सबैलाई थाह भएको कुरा हो ।तर राजधानी बल्खुमा रहेको त्रिभूवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय खुल्न त १० बजे खुल्छ तर काम सुरु साढे १० बजेमात्र हुन्छ भन्ने कुरा सबैलाई थाह...