Motivate News

निर्यातमा नेपालको भविष्य राम्रो छ – निर्यात व्यवसायी थापा

काठमाडौँ – सन् १९७९ मा सोलुखुम्बु जिल्लाको मुक्लीमा जन्मेका निर कुमार थापा एक सफल नियति एवं कार्गाे व्यवसायी हुन् । उच्च शिक्षा अध्ययनको क्रममा राजधानी छिरेका थापा छोटो अवधिमा नै नेपालको सफल युवा व्यवसायी बन्न सफल भएका छन् । नेपालको निर्यात व्यवसायको अवस्था, यसको संभावना लगायन उनीद्वारा संचालित बि.एन. इन्टरनेशनल एक्र्पाेट एण्ट कार्गाे प्रा.लि. को सम्बन्धमा गरिएको कुराकानीको सम्पादित अंश ः

तपाईको व्यावसायिक शुरुवातीबारे केही बताइदिनुहुन्छ कि ?

गाउँको स्कुलबाट एस.एल.सी. पास गरेपछि कलेज अध्ययनको क्रममा राजधानी आएको हुँ । कलेज अध्ययनकै क्रममा काम पनि गर्न थालें । काठमाडौं लैनचौरस्थित सरस्वती बहुमुखी क्याम्पसमा अध्ययनसँगै कामलाई पनि सँगै लगें । संयोगवस, त्यो समयमा मैले निर्यात र कार्गाे व्यावसायमा संलग्न हुन पाएँ । सन् २००० मा आफ्नै कम्पनी वि.एन. इन्टरनेशनल एक्पोर्ट एण्ड कार्गाे खोलेको हुँ ।

तपाईलाई सोलुखुम्बुबाट राजधानी आउँदा यसरी सफल व्यावसायी बन्छु भन्ने लागेको थियो ?

सोलुखुम्बुबाट राजधानी आउँदा जीवनको लक्ष्य उच्च शिक्षा प्राप्त गर्ने त्यसपछि जागिर वा व्यापार गर्ने इच्छा थियो । वास्तवमा सानै उमेरबाट आफैं केही गर्नुपर्छ भन्ने भावना थियो । पछि कलेज अध्ययनको क्रममा काम गर्दै पढ्दै गर्दा व्यवसाय गर्ने संयोग मिल्यो ।

तपाईको व्यावसाय कहाँ छ र यसले कस्ता–कस्ता सामानहरु कुन–कुन देशमा निर्यात गर्छ ?

हाम्रो वि.एन. इन्टरनेशनल एक्पोर्ट एण्ड कार्गाे प्रा.लि. कम्पनी अन्तरर्गत नेपाल र अमेरिकामा अन्य कम्पनीहरु संचालनमा छन् वि.एन इन्टरनेशनल ठमेलमा रहेको छ । यसले नेपाली उत्पादनहरु, कलाकृतिहरु र नेपालमा उत्पादिन सामानहरु संसारभर निर्यात गर्छ । हाम्रो मुख्य बजार अमेरिका, यूरोप र एसियाका विभिन्न मुलुकहरु छन् । नेपालमा रहेका हिमालय क्लोथिङ Himalayan Clothin Pvt टिमले नेपालमा सामान उत्पादन गर्छ र अमेरिकाको Colorado मा रहेकोHimalaya Handmade LLc ले अमेरिकाभर नेपाली सामानहरुको प्रदर्शनी एवं विक्री वितरण गर्छ ।

नेपाली सामानको निर्यातको अवस्था कस्तो छ ?

तपाईलाई थाहै छ नेपालमा हुने बन्द हड्ताल, लोडसेडिङ जस्ता अनेकन समस्याहरुका बाबजुत पनि हामीले व्यावसाय जारी राखेका छौं । निर्यात व्यावसायमा धेरै राम्रो गर्न सक्छौं । बन्द, हडताल र लोडसेडिङको अन्त्य गरी व्यावसायिक वातावरण बनाएको अवस्थामा नेपालले निर्यात व्यापार राम्रो गर्न सक्छ । अहिलेपनि युरोप–अमेरिकाबाट हामीले यति धेरै ‘अर्डर’ प्राप्त गर्छाै तर नेपालको अवस्थाको कारण माग आपूर्ति गर्ने अवस्था छैन ।

तपाईको कम्पनीको ‘व्यावसायिक पाटो Enterpreual Motio के हो ?

हाम्रो कम्पनी फेयर ट्रेड मा विश्वास गर्छ यसकारण हामीले निर्यात व्यावसायबाट प्राप्त आम्दानीको केही प्रतिशत सामाजिक कार्यमा social welfare समर्णण गर्छौं । झण्डै २ दर्जन मानिसहरु हाम्रो कम्पनीमा कार्यरत छन् । उनीहरुको बच्चाहरुलाई निःशुल्क अध्ययनको व्यवस्था गरेका छौं । चितवनमा रहेको क्लिनिक नेपाल’ अनाथलयलाई सहयोग गरेका छौं । वार्षिक रुपमा विभिन्न वृद्धाश्रमहरुलाई सहयोग गर्छाै corporate social respondibility हाम्रो साझा लक्ष्य हो । क्लिनिक नेपालले हाम्रो कार्यलाई सराहना गरेको छ ।

तपाईको कम्पनीले नेपालमा के कस्ता ‘अवार्ड’ प्राप्त गरेको छ ?

वि.एन इन्टरनेशनल एक्पोर्टे कार्गाे नेपालको प्रतिष्ठित व्यावसायिक संगठनहरु ँFederation of Handicraft Association –Export Council of Nepal (Econ), Nepla Chamber of commerce (NCC) / Thamel Tourism Development council (TTDC) सँग आवद्ध रहेको छ । हामीले ती व्यावसायिक संगठनबाट दिइने उत्कृष्ट अवार्ड प्राप्त गरेका छौं ।

तपाई छोटो अवधिमा सफल व्यावसायी हुनुभयो, सफलताको देन के लाई ठान्नुहुन्छ ?

मैले यो अवधिमा जे–जति गरे, त्यसमा पूर्ण सन्तुष्ट छैन किनकि व्यापारका धेरै संभावनाहरु अझै बाँकी छन् । इमानदार र लगनशील भएर आफ्ना उत्पादनहरुको क्वालिटी मेन्टेन गरेको खण्डमा सफल बन्न सकिन्छ । त्यसैगरी छिटो, छरितो र सर्वसुलभ रुपमा सेवा पु¥याउन सके व्यावासयमा पछि नफर्कनु पर्ने रहेछ । राम्रो ‘टीम’ ले धेरै काम गर्न सक्छ ।

तपाई ‘कार्गाे’ व्यावसायी पनि हैन र ?

हो, निर्यात व्यावसाय सँगै ‘कार्गाे’ पनि सँगै लगेका छौं । सर्वसुलभ र भरपर्दाे रुपमा सामान पढाउने गरेको छ । हाम्रो आफ्नै ‘वायरहाउस’ ‘warehouse’ पनि छ इटालीको मिलनमा । त्यहाँका प्रदर्शनी मा भाग लिने प्रायशः नेपालीले हाम्रै ‘कार्गाे’ कम्पनीबाट सामान लाने गर्छन् ।

प्रतिकृया दिनुहोस्

सिन्धुमा कांग्रेस जिताउन म सक्रिय रहन्छु : विनोद लामा (सहसंयोजक तरुण युवा परिचालन समिति प्रतिनिधिसभा १)

तपाइलाई पार्टीले प्रतिनिधिसभा क्षेत्र नम्बर १ को तरुण युवा परिचालन समितिको सहसंयोजकमा मनोनयन गरेको छ, यसमा तपाईको भूमिका कस्तो रहन्छ ? म सानै उमेरदेखि राजनीतिमा लागेको ब्यक्ति हुँ । मलाई राजनीतिमा कस्तो रणनीति चाहिन्छ भन्ने कुराको राम्रो ज्ञान छ । यो देखेर...

काठमाडौँ ७ मा आक्रामक बन्दै रामविरको चुनावि प्रचार, के छन् त जित्ने आधारहरु ? पढ्नुहोस उनको महत्वपूर्ण अन्तवार्ता

काठमाडौँ – मंसिर २१ गते दोश्रो चरणमा हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्तगत काठमाडौँ क्षेत्र नम्बर ७ बाट प्रतिनिधी सभा सदस्यका लागि संयूक्त वाम गठबन्धनको तर्फबाट एमालेका नेता रामविर मानन्धर चुनावि मैदानमा छन् । दोश्रो संविधान सभाको निर्वाचनमा तत्कालीन माओवादी नेतृ हिसिला यमीलाई...

इतिहासका निर्माता जनता हुन् भन्ने कुरा कालिकोटले पुष्टि गरेको छ : रणबिर

काठमाडौँ – स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएर केही स्थानिय तहको नतिजा सार्वजनिक हुनेक्रम जारी छ । सरकारले गराएको स्थानिय तहको निर्वाचन नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वहिस्कार गरेको थिया । निर्वाचन वहिस्कार गरेर खारेजिको अभियान चलाएको नेकपाले कालिकोटमा...

महिलामा सेवाको भावना धेरै हुन्छ ः रमला बराल (उपाध्यक्ष ने.नि.क.यु.सं.झापा)

स्वास्थ्य क्षेत्रमा महिलाहरु धेरै आकर्षित हुनुको कारण के हो ? महिला भनेको मानवीय नाता, दयालु भावना र कोमल हृदयको खानी हो । प्रकृतिको स्वभाव अनुसार नै यस्तो भावना पुरुषको तुलनामा महिलामा अत्यधिक हुन्छ । स्वास्थ्य क्षेत्रमा यी चिजहरुको महत्वपूर्ण भूमिका हुनुका साथै...