Motivate News

समयमा प्रविधि चिन्दा सफलताको शिखरमा अलाइभ

काठमाडौं – सधैँभरी व्यस्त रहन्छ न्यूरोड । किनमेलकालागि न्यूरोडमा जानु छ भनेर तयारी नै गरेर त्यहाँ पुग्नेहरु धेरै छन् । यहाँको एउटा विशेषता नै भीडभाड हो । अझ प्रविधिसँग सम्बन्धित सामानहरूको खरिदकालागि त सबैको पहिलो रोजाई नै न्यूरोड हुन्छ । पछिल्लो समय प्रविधिमा विश्वले छिटोछिटो चमत्कारी शैलीमा फड्को मारिरहेको छ । विशेषगरी मोबाइल फोन सेटमा आएको परिवर्तनको गति निकै तिव्र छ । अहिले मोवाइल बिनाको जीवन सोच्न पनि नसक्ने स्थिति बनिसकेको छ ।

सामान्यदेखि पछिल्ला अपडेटेड मोबाइल किन्नेहरू धेरैले न्यूरोडस्थित ताम्राकार कम्पेल्क्स टेकेकै हुन्छन् । त्यही ठाउँमा सिटिभी मोवाइल नामको एउटा मोबाइल पसल छ । यसलाई हाँकिरहेका छन् युवा एवं सफल व्यवसायी अलाइभ ग्लाइडरले । तपाईलाई यो नाम सुन्दा पक्कै पनि अनौठो लाग्यो होला हैन, यीयुवाको खास नामहो किसन राई तर पनि उनी आफूलाई अलाइभ ग्लाइडरको रुपमा नै चिनाउन चाहन्छन् । अलाइभ ग्लाइडर अर्थात् जिउँदो यात्री । खोटाङको हलेसी सल्ले गाउँमा जन्मिएका अलाइभको प्रविधि भने पछि हुरुक्क हुने स्वभाव छ, त्यही स्वभावका कारण आज उनी एक सफल यूवा व्यवसायी बनेर चिनिएका छन् । ३५ वर्षको उमेरमा उनले जुन सफलता प्राप्त गरेका छन्, त्यो सफलताले धेरैलाई लोभ्याउँछ ।

कुनै पनि घटना सामान्यनै हुन सक्छ तर, त्यसले कसैको जीवनमा गहिरो छाप पार्न सक्छ । ठिक त्यस्तै भयो अलाइभको जीवनमा पनि । उनी सानो छँदा घडीमा ब्याट्रीहाल्न जाँदा पसलेले उनलाई ठगेको रहेछ । पसलेको व्यवहार मन नपरेपछि उनमा आफैँ घडी रेडियो बनाउने उत्सुकता जाग्यो र त्यसैतिर लाग्न थाले । काम सिक्ने उत्सुकताले उनी छिट्टै नै घडी, रेडियो, टिभी मर्मत गर्न सक्ने भए । १७ वर्षको उमेर देखि नै उनले घडी, रेडियो, टिभी मर्मत गर्दै व्यापार शुरु गरे । समय अनुसार प्रविधि परिवर्तन भइरहन्छ । यही प्रविधिलाई आत्मसात गरेर काम गर्ने उनको बानी छ । जुन समयमा जे बिक्छ, त्यही बिक्री गर्नुपर्छ भन्ने उनको मान्यता छ । खोटाङमा रहँदा नै अलाइभले हाइभिजनहल समेत सञ्चालन गरेका थिए ।

प्रविधिको परिवर्तनशीलतासँगै बजारमा मोबाइल सेट आयो । उनले सोचे, अबको भविष्य मोबाइल बजारमा छ । त्यसपछि उनी मोबाइलको ब्यापारतिर लागे । २१ वर्षको उमेरसम्म खोटाङमै व्यापार गरेपछि उनी काठमाडाँै आएर शुरु गरेको व्यापारका कारण अहिले उनको दामसँगै नाम पनि निकै बढिरहेको छ । सिटिभी मोबाइलका सञ्चालक अलाइभले १२० जनाभन्दा बढी मान्छेलाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् । उनको सिटिभी मोवाइलका अतिरिक्त आइटी सम्बन्धि अरु आठ ओटा कम्पनीहरू समेत छन ।

न्यसका साथै सहकारीमा पनि उनको संलग्नता छ । उनी न्यूरोडमै रहेको युवाविकास बहुउद्देश्यीय सहकारीको अध्यक्ष भएर यसलाई पनि सफल रुपमा हाँकिरेका छन् । अलाइभ आफैं पनि मोबाइलमा सौखिनछन् । आफूले जानेको र रुचिलाई व्यवसायको रुपमा अगाडि बढाउँदा आज उनी निकै सफल छन् । तर पनि उनी यसलाई सफलता भन्दापनि सफलताको यात्राको रुपमा बुझ्दछन् ।

मिसन, भिजन र क्रियशन भयो भने हरेक मानिस सफल हुनसक्ने उनको तर्क छ । समयलाई ठिक ढङ्गले चिनेर बेलैमा आत्मसाथ गर्नुपर्ने उनको मान्यता छ । सँधैभरि आफ्नो काममा खटिरहने, सधैँ व्यस्त भइरहने अलाइभको जीवन प्रतिको आफ्नै दृष्टिकोण छ । उनी भन्छन्, ‘जीवनभनेको बाँचुञ्जेल छट्पटीमा, र व्यस्ततामा बित्नुपर्छ, मर्दा हाँसेर मर्नुपर्छ । मरेपछि उसको नाम इतिहासमा लेखिनु पर्छ, यत्ति गर्न सक्ने मानिस नै सफल मानिस हो ।’

वास्तवमै आफ्नो लगनशीलता र सृजनशीलताले यीयुवाले सानो उमेरमा नै जुन सफलता प्राप्त गरेका छन्, ती अरुकालागि पक्कै अनुकरणीय छ ।

प्रतिकृया दिनुहोस्
dinesh-625x385

प्राविधिकलाई प्रहरी नेतृत्व राजनीतिक ‘असफलता’

फागुन ५,काठमाडौं -नेपाल प्रहरीका पूर्व महानिरिक्षक (आईजी)हरुले राजनितिक खिचातानी र हस्तक्षेपका कारण संगठनको नेतृत्व प्राविधिकको हातमा जानु दुर्भाग्यपुर्ण भएको बताएका छन् । प्रहरी प्रमुख छनोट विवाद र पछिल्लो स्थितीबारे असन्तुष्टि व्यक्त गर्दै पूर्वआईजीपीहरुले यसका लागि राजनीतिक नेतृत्वलाई दोष दिएका छन् ।आजको अन्न्पुर्ण...

deuwa kp & prachand

स्ववियु चुनाव तोकिएकै मितिमा – प्रमुख दल

फागुन ५,काठमाडौं – तीन ठूला दल त्रिभुवन विश्वविद्यालयको स्ववियु चुनाव निर्धारित समयमै गर्ने पक्षमा उभिएका छन् । त्रिवि सभाले घोषणा गरेअनुसार १४ फागुनमा मतदान गर्ने कार्यक्रम सम्पन्न गर्न प्रधानमन्त्रीसहित कांग्रेस, एमाले र माओवादीका शीर्ष नेता सहमत भएका हुन् ।अाजकाे नयाँपत्रिकामा खबर छापिएकाे...

electric-line

थपियो १५ मेगावट -पुर्वाञ्चल लोडसेडिङमुक्त

फागुन ५,फिदिम – मुलुकको विद्युत् प्रणालीमा बुधबारबाट १५ मेगावाट बिजुली थप भएको छ। पूर्वाञ्चलको हेवा खोला ‘ए’ बाट उत्पादन भएको बिजुली बुधबारदेखि केन्द्रीय प्रसारण लाइनमा व्यापारिक तवरमा जोडिएको हो।आजको अन्नपुर्ण पोष्टमा खबर छापिएको छ । हेवासँगै पूर्वाञ्चल अघोषित रुपमा लोडसेडिङ मुक्त भएको...

kp-oli

संशोधन प्रस्तावमा ओली लचक

फागुन ५,काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय निर्वाचन र संविधान संशोधन प्रस्ताव एकैसाथ अघि बढाउन सकिने संकेत दिएका छन् ।आजको अन्नपुर्ण पोष्टमा खबर छापिएको छ । बुधबारको पार्टी पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले यस्तो संकेत...