Motivate News

यसरी बनिन भेडा गोठाली, फ्रान्सकी पहिलो महिला शिक्षामन्त्री ?

पेरिस – हाल सामाजिक सञ्जालमा एक युवतीले सानोमा भेडा चराउँदाको तस्बिरहरु निकै भाइरल भइरहेका छन् । यो सबैलाई प्रेरणा दिने नजाद भल्लाउद–बेल्कासेम, एक मोरोक्कोकी केटीको कथा हो जो आज फ्रान्सको शिक्षा मन्त्री बन्न सफल भएकी छिन् ।

उनको जन्म सन् १९७७ मा नाडोरमा भएको थियो । बाल्यकालमा भेडा चराउने देखि अन्य कामहरु गरेकी नजादको संघर्षको कथाले धेरैलाई जीवन सफल बनाउन प्रेरणा दिने काम गरेको छ । उनको यस कथाले असम्भव भन्ने कुरा केही नरहेको र दृढशक्ति र विश्वासले हरेक समस्या जित्न सकिने बताउँछ ।

नजादले संघर्ष भन्ने कुरा ४ वर्षको कलिलो उमेरमा नै सिकिसकेकी थिइन् । उनी चार वर्षको छदाँ इनारबाट पानी ल्याउने काम गर्थिन् । मोरक्कोमा छदाँ नजादको पिताले निर्माणमा कामदारको रुपमा काम गर्थे ।

जब उनी चार वर्षको थिइन् तब उनको परिवार फ्रान्समा बसाइ सरेको थियो । त्यसपछि उनको जीवनमा झन् संघर्ष दिनहरु देखिए । उनलाई फ्रेन्च भाषा आउथेन । त्यसका कारण पनि उनी र उनको परिवारलाई अरुसँग वार्तालाप गर्न निकै कठिन भएको थियो ।

तर, असली हिरो झनै, उनले हार मानिनन् । उनी आफ्नो पढाइलाई मुख्य केन्द्रमा राखेर अगाडि बढिन् । अन्ततः उनले फ्रेन्च भाषामा दख्खलता हासिल गरिन् । कलेजको पहिलो वर्षमा नै उनले आफुलाई निकै परिष्कृत गरिसकेकी थिइन् ।

अमिइन्स विश्वविद्यालयमा उनले राजनीति विषयमा पढ्न चासो देखाइन् । उच्च शिक्षाका लागि यो फ्रान्सको एउटा विशिष्ट इन्सिच्युट हो । यसपछि उनलाई राजनीतिप्रति बढी चासो हुन थाल्यो ।

कडा लगन र परिश्रमका कारण सन् २००२ मा उनले पेरिस इन्सिटुट अफ पोलिटिकल स्टडिजमा उनी ग्रयाजुएट भइन् । त्यसपछि उनी समाजवादी पार्टीमा प्रवेश गरिन् । उनले नागरिकका हक अधिकार, सुलभ घर तथा भेदभावविरुद्ध लड्न सुरु गरिन् । त्यसपछि विभिन्न राजनीतिक विभाग र पदहरूमा उनी निर्वाचित भइन् ।

अन्ततः सन् २०१४ मा उनी शिक्षामन्त्रीमा निर्वाचित भएकी थिइन् । उनी हाल ३८ वर्षकी भएकी छिन् । फ्रान्सको पहिलो महिला शिक्षामन्त्री बन्न उनी सफल भएकी छिन् ।

प्रतिकृया दिनुहोस्

पोखरा महानगरमा एमालेको जित निश्चित

जेठ १२,पोखरा – पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उमेद्वार मानबहादुर जिसीको बिजय निश्चित भएको छ। वडा नम्बर ३२ र ३३ को नतिजा घोषणा नगर्दै उनको मत अन्तर बढी भए पछि जित निश्चितत भएको हो । उनले वडा नम्बर ३१ सम्ममा ५५...

प्राधिकरणलाई नाफामा लैजाने कुलमानको योजनामा अर्थको तगारो

जेठ १२, काठमाडौं – निरन्तर घाटामा रहेको नेपाल विद्युत्त प्राधिकरणलाई नाफामा लैजाने योजना अर्थ मन्त्रालयको असहयोगका कारण सफल नहुने भएको छ । घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजानेगरी अर्थ मन्त्रालयमा गरेको दोस्रो वित्तीय पुनर्संरचना प्रस्तावमध्ये अधिकांशलाई स्वीकृति नदिएपछि यस्तो अवस्था देखिएको हो ।...

२२ तह छाडेर जेठ ३१ मा निर्वाचन हुने, बाँकी निर्वाचन तेस्रो चरणमा

जेठ १२, काठमाडौं – सरकारले थप गरेका २२ स्थानीय तहमा निर्वाचन गर्न नसक्ने निर्णय निर्वाचन आयोगले गरेको छ । ३१ जेठका लागि हुने ४६१ स्थानीय तहको निर्वाचनमा आयोगले पूर्ण तयारी गरेकाले थप तहमा तत्काल निर्वाचन सम्भव नभएको आयोगले बिहीबार सरकारलाई जानकारी गराएको...

नेपाल निजामती कर्मचारी युनियन (संघ) ले सरकारलाई बुझायो १९ बुँदे मागपत्र

जेठ ११, काठमाडौं । नेपाली कांग्रेस निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी युनियन (संघ) ले कर्मचारीहरुको तलब बद्धि गर्नुपर्ने माग गरेको छ । अहिलेको तलबले परिवारको जीवनयापन गर्न कठिन भएको भन्दै उसले कर्मचारीको मनोबललाई उच्च बनाउन र भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम...