Motivate News

अध्ययन आफ्नै देशमा गर्नुपर्छ, विदेशमा त घुम्न जाने हो : अर्चना पण्डित

काठमाडौँ – सामान्य प्रशासन मन्त्रालय सम्हाल्दा पूर्व मन्त्री लालवाबु पण्डितलाई धेरैले लोभ लालज देखाए । कसैले गाडी किनीदिने प्रस्ताव ल्याए त कसैले घर बनाइदिने । यता पैसा हुने त करोडौँ पैसाको लोभ देखाए उता शक्ति हुनेले शक्तिको आश देखाए । कोही कोहीले भनेको नमाने ज्यान मार्नेसम्मको धम्की दिए । तर पूर्व सामाज्य प्रशासन मन्त्री पण्डित विचलित भएनन । आफ्नो काममा अडिक रहिरहे । उनी एउटा काममा अडिक रहेर देशको लागि काम गरि रहँदा घरमा भने परिवारको गुनासो सुन्ने फुर्सद हुँदैन् । दुई कोठा र एउटा किचनमा गुजारा चलाई रहेका पण्डित परिवारका पनि केहि इच्छा आकांक्षाहरू हुदाहुन । अन्य पूर्व मन्त्रीहरु गाडीमा गुडिरहेका वेला, उनीहरुलाई पनि गाडीमा गुड्न रहर लाग्दो हो । अरू पूर्व मन्त्रिहरू आलिसान बंगलामा रमाइरहेका बेला उनीहरूलाई पनि आफ्नै घर भैदिए हुन्थ्यो जस्तो पनि लाग्दो, मिठो खान र राम्रो लाउन मन पनि लाग्दो हो पण्डितका छोरा छोरीहरुलाई । के छ लालवाबु पण्डितको घरको अवस्था ? परिवारका सदस्यलाई कस्तो लाग्छ पण्डितको व्यवहार ? लगायतका विषयमा लालवाबु पण्डितकी छोरी अर्चना पण्डितसंग मोटिभेट न्यूजका प्रबन्ध निर्देशक शान्त शर्माले कुराकानी गरेका छन् । प्रस्तुत छ सोहि कुराकानीको सम्पादित अंश ।

कति पढ्नुभएको छ ?

अहिले एस एल सी पास गरेर एघार कक्षामा अध्ययन गर्दैछु ।

बुबा मन्त्री भएको बेलामा स्कुलमा के भन्थे ?

तिम्रो बुबाले जुन डिभी पिआर÷धारीलाई कारबाही गर्ने कानुन बनाउँदै हुनुहुन्छ । यो साँच्चिकै देशको हितमा छ भनेर मेरो साथीभाइ र शिक्षकहरुले मलाई धन्यवाद दिनुहुन्थ्यो । एक देशको सरकारी कार्यालयमा काम गर्ने अनि अरु देशको डिभी पिआर लिनेलाई देशको माया हुँदैन भन्थे ।

यसमा तपाईलाई व्यक्तिगत रुपमा कस्तो लाग्छ ?

यो राम्रो काम हो ।

तपाई पढ्न अमेरिका युरोप जानुहुन्न ?

म नेपालमा नै अध्ययन गर्छु । नेपालको शिक्षा विदेशको भन्दा कम छैन । विदेश त घुम्नको लागिमात्र जानुपर्छ भन्ने मेरो मान्यता छ ।

तपाइलाई कुन विषय अध्ययन गर्न रुचि छ ?

अहिले एमविविएसको लागि बायो लिएर ११ मा पढ्दैछु ।

अरु भूपू मन्त्रीको छोराछोरी निजी गाडीमा चडेर स्कुल कलेज जान्छन् तपाईलाई यस्तो रहर लाग्दैन ?

अहँ, मलाई त्यस्तो केही रहर छैन । म पनि बुबा जस्तै सादा जीवन उच्च विचारको मान्यतामा विश्वास गर्छु ।

प्रतिकृया दिनुहोस्
unnamed

जनताले साथ दिए भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ : अध्यक्ष भ्रष्टाचार विरुद्ध नेपाल

काठमाडौँ – ईन्जिनियर रामकुमार ठाकुर भ्रष्टाचारविरोधी नेपालका संस्थापक अध्यक्ष हुन् । देशमा भ्रष्टाचार बढ्दै गएपछि चिन्तित उनी संस्थाको माध्यमबाट समाजमा जागरुकता ल्याउने प्रयासमा छन् । देशप्रति सचेत नागरिकले देश बचाउने अभियान चलाएको भन्ने उनी सर्वसाधारण समेतलाई एकवद्ध हुन आव्हान गर्छन् । भ्रष्टाचारको...

janardan-sharma-pravakar-6

अव नेपालमा कहिलै लोडसेडिङ तालिका आउदैन : मन्त्री शर्मा

काठमाडौं – उर्जामन्त्री जनार्दन शर्मासँग ‘बिजुली सम्वाद’ गर्ने उद्देश्यले सिंहदरबार छिर्दा एकजना कर्मचारीले मन्त्रीलाई भनिरहेका थिए, ‘म मन्त्रीज्यूलाई मेरोबारेमा एउटा सानो बिन्ती बिसाउन आएको ।’ कर्मचारीको टिप्पा उडाउँदै मन्त्री शर्मा कड्किए, ‘मलाई बिन्तीसिन्ती केही बिसाइरहनु पर्दैन । सरकारले अह्राएको ठाउँमा गएर काम...

nir-kumar-thapa

निर्यातमा नेपालको भविष्य राम्रो छ – निर्यात व्यवसायी थापा

काठमाडौँ – सन् १९७९ मा सोलुखुम्बु जिल्लाको मुक्लीमा जन्मेका निर कुमार थापा एक सफल नियति एवं कार्गाे व्यवसायी हुन् । उच्च शिक्षा अध्ययनको क्रममा राजधानी छिरेका थापा छोटो अवधिमा नै नेपालको सफल युवा व्यवसायी बन्न सफल भएका छन् । नेपालको निर्यात व्यवसायको...

%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6

खाद्य सम्प्रभुता अधिकार ग्यारेण्टीका लागि आइतबारको नेपाल बन्द

माइला लामा, केन्द्रीय सदस्य, तथा काठमाडौँ जिल्ला इन्चार्ज, नेकपा (माओवादी) काठमाडौँ – तपाईँहरुले फेरि नेपाल बन्दको आयोजना गर्नुभयो किन ? राज्यले संविधानमा सम्प्रभुता लेख्ने तर व्यवहारमा उल्टो गर्दै आएको छ । नागरिकको पहिलो र आधारभूत अधिकार हो यो । यसको ग्यारेण्टीको लागि...