Motivate News

अव नेपालमा कहिलै लोडसेडिङ तालिका आउदैन : मन्त्री शर्मा

काठमाडौं – उर्जामन्त्री जनार्दन शर्मासँग ‘बिजुली सम्वाद’ गर्ने उद्देश्यले सिंहदरबार छिर्दा एकजना कर्मचारीले मन्त्रीलाई भनिरहेका थिए, ‘म मन्त्रीज्यूलाई मेरोबारेमा एउटा सानो बिन्ती बिसाउन आएको ।’

कर्मचारीको टिप्पा उडाउँदै मन्त्री शर्मा कड्किए, ‘मलाई बिन्तीसिन्ती केही बिसाइरहनु पर्दैन । सरकारले अह्राएको ठाउँमा गएर काम नगर्ने र अटेर गर्ने रु तपाई मन्त्रीलाई समेत नटेर्ने रु जानोस्, तपाईले मलाई चिन्नुभएकै रहेनछ, सरकारले तोकेको ठाउँमा गएर काम नगर्ने हो भने तपाईलाई कारवाही गरिन्छ । कर्मचारी भएर सरकारले अह्राएको काम नगर्ने तपाई रु यहाँबाट गइहाल्नोस् ।’

कर्मचारीको सातो खाएर कार्यकक्षबाट बाहिर निकालेपछि मन्त्रीले हामीसँग बातचित सुरु गरे ।

मन्त्री शर्माले विद्युत प्राधिकरणका कर्मचारीलाई आग्रह गर्दै भने, ‘तपाईहरु तार र नटबल्टुतिर आँखा नलगाउनोस्, बरु अरुणमा शेयर हाल्ने व्यवस्था गरिदिउँला ।’

उनले थपे, ‘काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्नुपर्छ, नगर्नेलाई सजायँ पनि दिनुपर्छ । अनिमात्रै देश अगाडि बढ्छ ।’

पूर्वराजाकी आमा रत्नको निवासमा बिजुली काट्दा तपाईको चर्को विरोध भएको थियो । केहीले सडकमा जुलुस पनि निकालेका थिए । के त्यो ‘एक्शन’ लोडसेडिङ अन्त्य गराउनकै लागि थियो ?

त्यतिबेला लाइन काट्दा मलाई चर्चित हुन खोज्यो भने । पहिलेको उर्जामन्त्रीले पनि यस्तै गर्‍याथ्यो, यसले पनि त्यही गरेर पपुलर बन्न खोज्यो पनि भने । तर, म लाइन काट्दै हिडिँन ।

एकदिन विद्युत प्राधिकरणको वाषिर्कोत्सवमा जाँदा सबभन्दा बढी नाफामा जाने यो संस्था घाटामा किन छ भनेर सोधें । उत्तर के आयो भने( विद्युतको पैसा तिर्दैनन् त्यसकारण यस्तो भएको हो ।

पैसा तिर्दैनन् भने लाइन काट भनेर मैले नीतिगत निर्देशन दिएँ । त्यो अधिकार त छ नि । तर, त्यसलाई चर्चामा आउन खोज्यो भनेर प्रचार गर्न खोजियो । वास्तवमा मेरो उद्देश्य त्यो थिएन । मलाई चर्चामा आउनु जरुरी पनि थिएन, आवश्यक पनि थिएन । त्यो एउटा सन्दर्भ पैदा भैसकेपछि नीतिगत निर्देशन दिएको थिएँ । त्यो नीतिगत कुरा थियो ।

नीतिको कार्यान्यवन गर्ने तहमा कन्फ्युजन हुने अथवा उल्टोपाल्टो गर्ने पनि हुने गरेको छ । केही कामहरु गर्दा क्रियाप्रतिक्रिया आउँछ । नेपालको सन्दर्भमा कस्तोखालको मनोवृत्ति छ भने पोजेटिभ काम हुँदा पनि त्यसको नेगेटिभ पाटोमात्रै खोजिन्छ । त्यसको थप अनुभूति अहिले पनि छ । तर, कसले के भन्छ, कस्तो प्रतिक्रिया दिन्छ त्यो ठूलो कुरा होइन । हामी के गर्छौं त्यो ठूलो कुरा हो । सही गर्दा सही नै हुन्छ । त्यसैले यसमा धेरै भन्नु केही पनि छैन ।

कतिपयले कुलेखानीमा पानी हुञ्जेल खोलेर लोडसेडिङ हटाएको भन्दैछन् । यसरी कतिन्जेल धान्नुहुन्छ ?

कुलेखानी सरकारको सम्पत्ति हो । मन्त्रालयको सम्पत्ति हो, प्राधिकरणको सम्पत्ति हो । त्यसलाई जतिबेला पनि खोल्न पाइन्छ । त्यो हाम्रो अधिकार हो । कुलेखानी खोल्नलाई कसैको अनुमति चाहिँदैन । कुलेखानी खोलेर बत्ती बाल्यो भन्नेले नयाँ कुरा भनेनन् । त्यो स्वाभाविक कुरा हो नि, कुलेखानी खोलेर बत्ती बाल्ने ।

तर, म आइसकेपछि मैले त्यसलाई कडाइका साथ बन्द गरिदिएको छु । म आउनुभन्दा पहिले खोलिएको रहेछ । छिटो सक्ने प्रयत्न भएको रहेछ । मलाई असफल पार्न सकिन्छ कि भनेर पनि होला । तर, म आइसकेपछि टाइट गरेर बन्द गरेको छु अहिले ।

अहिले आएको त नक्कली बिजुली हो पनि भने । यसले दिएको बिजुली बाल्नुहुँदैन भनेर कतिपयले बत्ति नै निभाए रे भन्ने पनि सुनें !

लोड व्यवस्थापन गर्न थोरै इनर्जी आवश्यक पर्दामात्रै प्रयोग गरिएको छ । कुलेखानीको बत्तिले काठमाडौं लोडसेडिङ मुक्त भएको छैन । लोडसेडिङ अन्त्य गर्ने, आफैप्रति रिस्क मोल्नेलाई थाहा छ नि यसको महत्व त । मैले आफैं रिस्क मोलेको हो नि त । प्राधिकरणले मोलेको रिस्क हो । मलाई त्यसको महत्वबोध भएकाले कुलेखानीलाई सुरक्षित राखिएको छ । त्यसलाई खोल्न दिइएको छैन, खोलिँदैन पनि । चाहिएको बेला खोल्ने अर्कै कुरा हो ।

तर, सुख्खायाम सुरु भएपछि फेरि लोडसेडिङ हुन्छ भन्छन् नि रु सुक्खायाममा लोडसेडिङ हुन नदिने के योजना छ ?

यो कुरा आम उपभोक्ताहरुले भनेका छैनन् । मान्छेभन्दा फरक मान्छेहरु हुन्, जसले यस्ता टिप्पणी गरेका छन् । त्यतिमात्रै होइन, अहिले आएको त नक्कली बिजुली हो पनि भने । यसले दिएको बिजुली बाल्नुहुँदैन भनेर कतिपयले बत्ति नै निभाए रे भन्ने पनि सुनें !

यस्ता विभिन्न प्रतिक्रियाहरु आए । यी प्रतिक्रियाहरुप्रति मेरो धेरै चासो छैन । यस्ता कुरा किन आए त भन्दा नसोचेको कुरा भएको हुनाले मान्छेहरुलाई विश्वास भएन । यो सम्भव नभएको कुरा कसरी भयो भनेर बिभिन्न तर्क गरिरहेका छन् । यो कुनै अलौकिक शक्तिले गरेको होइन । यो स्वाभाविकरुपमा गरेको हो । जहाँ समस्या थियो, त्यहाँ सुधार गरेको हो ।

लोडसेडिङ अन्त्य गर्ने प्लान जनार्दन शर्माको हो कि कुलमान घिसिङको ?

मैले ३७ बुँदे कार्ययोजनाको पहिलो नम्बरमा लोडसेडिङकै बारेमा लेखेको छु । सुधार गरेर, सेवालाई प्रभावकारी बनाएर लोडसेडिङबाट मुक्त भएको अनुभूति गराउने छु भनेको छु । एक नम्बर लक्ष्य मेरो त्यही छ । किनकि म पनि आफै बिजुलीको उपभोक्ता हुँ । आम जनतालाई परेको लोडसेडिङको टर्चर मलाई पनि छ । यो टर्चरबाट कसरी मुक्त गर्न सकिएला भन्ने मेरो मुख्य विषय थियो ।

यहाँ (मन्त्रालयमा) आएर मैले प्रयास गरें । पुरानै नेतृत्वमा काम अगाडि बढाएँ । ढल्केबरमा दौडिएर जाने आवश्यक किन पर्‍यो त भन्दा योसँग सम्बन्धित कुरा थियो । अरु लथालिंग परेका प्रोजेक्टहरु अगाडि बढाउन किन जोड गर्नुपर्‍यो त भन्दाखेरि यहाँ लोडसेडिङसँग सम्बन्धित कुराहरु छन् ।

काम गर्दै जाँदा के लाग्यो भने नेतृत्व पनि टीम स्पीरिट गर्ने चाहिन्छ भन्ने लाग्यो । र, मैले विद्युत प्राधिकरणको नेतृत्व परिवर्तन गरें ।

सचिवसहितको हाम्रो नयाँ टीम बन्यो । अब कार्ययोजनालाई कसरी काम गर्ने भन्दा त मैले नयाँ टार्जेट दिएँ । मैले कुलमानजीलाई के भनें भने उज्यालो दशैं बनाउनुस्, कुनै पनि सर्तमा । कसरी गर्ने त्यो तपाईंको प्राविधिक कुरा हो, मेरो टार्जेट छ तपाईंले पालना गर्नुपर्छ ।

कुलमान घिसिङजीलाई मैले सिधै भनेकै कुरा यही हो, तपाईं १० बजे, ११ बजे राति पनि खट्नुपर्छ । एमडी, कार्यकारी भनेर अफिसमा बसेको म हेर्न चाहँदैन, तपाईं फिल्डमा खटेको हुनुपर्छ । तपाईं नखटे कर्मचारी खट्दैनन् भनेर सिधै-सिधै भनेको थिएँ उहाँलाई । मैले बेला-बेला फोन गरेर चेक पनि गरें । ११ बजे, १० बजे फोन गर्दाखेरि उहाँले म फलानो सबस्टेशनमा छु भनेर मलाई जवाफ दिनुभयो ।

त्यसपछि मैले टार्जेट थपें । अब तिहार र छठ उज्यालो बनाउनुस् भनें । उहाँ लाग्नुभयो । उहाँ विज्ञ पनि हो त्यसको ।

आवश्यकभन्दा बढी बिजुली कसैलाई दिइएको छ । सोर्सफोर्समा दिइएको छ । डकुमेन्टहरु छन्, भोलि सार्बजनिक गरौंला

सुधार गर्ने, मर्मत गर्ने, लिकेजहरुलाई रोक्ने काम पहिलेदेखि नै सुरु भएको थियो । उहाँले त्यो कुरालाई अझ मेहेनतका साथ गर्नुभयो र अहिले लोड व्यवस्थापन गरिएको हो । अहिले लोड व्यवस्थापनद्वारा काठमाडौं उपत्यकामा लोडसेडिङ हटाउन सम्भव भयो । देशभर लोडसेडिङ हटाउने योजनामा छौं ।

उसोभए लोडसेडिङ सधैंका लागि हट्ला त अब ?

यो विद्युत नक्कली पनि होइन, अहिले कहीँबाट थप विद्युत ल्याइएको पनि छैन । मात्र लोड व्यवस्थापन गरिएको हो । हिजोको वितरणमा समस्या छ । के छ अहिले सबै म भन्दिनँ । रिपोर्टहरु आएपछि भन्छु । आवश्यकभन्दा बढी बिजुली कसैलाई दिइएको छ । सोर्सफोर्समा दिइएको छ । व्यवस्थापनहरुले सही गरेर दिएका छन् । डकुमेन्टहरु छन्, भोलि सार्बजनिक गरौंला । जनतालाई लोडसेडिङको तालिका दिने र अरुलाई विद्युत दिने गर्दाखेरिको परिणाम नेपाली जनता लोडसेडिङको मारमा पर्दै आएका थिए । त्यसमा ध्यान केन्द्रित गर्दा अहिले लोडसेडिङ हटाउन सम्भव भएको छ । अब लोडसेडिङ तालिका आउदैन ।

हिजो नारायणहिटीको बिजुली काट्दा गाली गर्नेहरुले अहिले तपाईंलाई बधाइ दिइरहेका छन् । यसबाट कस्तो लागेको छ ?

काठमाडौंमा लोडसेडिङ हटाउँदा र देशभर लोडसेडिङ न्युनीकरण गर्दा जनताबाट आएका प्रतिक्रिया, सुझावले थप इमान्दार भएर अझै काम गर्नुपर्छ भन्ने प्रेरणा मिलेको छ ।

मलाई विश्वास के पैदा भएको छ भने जनताले साथ दिँदा, व्यवसायीले साथ दिँदा र सञ्चारकर्मीले साथ दिँदा यसलाई निरन्तरता दिन सक्ने मसँग आत्मविश्वास छ ।

प्रेरणा र आत्मविश्वासले मात्रै काम त हुँदैन । ठोस कार्यक्रम के छ ?

ठीक भन्नुभयो । आत्मविश्वासले मात्रै काम हुँदैन । यसमा दुईवटा पक्ष छन् । एउटा हामीलाई इनर्जी चाहियो । आपूर्ति गर्नुपर्‍यो र कहीँ न कहीँबाट थप्नुपर्‍यो । दोस्रो कुरा भएको इनर्जीको सदुपयोग गर्नुपर्‍यो । कमभन्दा कम इनर्जी प्रयोग गरेमा सदुपयोग हुन्छ । कसरी इनर्जीको आपूर्ति गर्ने भन्ने कुरा मन्त्रालयको, प्राधिकरणसँग सम्बन्धित छ । त्यसैअनुसार हामीले लोड व्यवस्थापन गरेका हौं ।

यसबाहेक हामी वैकल्पिक स्रोतहरुको पनि खोजीमा छौं । त्यसका लागि दशैंअघि नै मैले सूचना निकाल्न लगाएको थिएँ । कसले कुन समयमा कति दिन सक्छ भनेर हामीले भनेका थियौं । त्यसमा चासो देखाउँदै १५(१६ वटा कम्पनीले निवेदन दिएका छन् । तिनका बारेमा छलफल चलिरहेको छ ।

चिनी उद्योगमा खेर जाने उखुका खोस्टाबाट पनि केही बिजुली निकाल्न सकिन्छ । त्यस कुरामा पनि तुरुन्तै सम्झौता गर्न भनेका छौं । कुनै माध्यमबाट, कसरी बिजुली आपूर्ति गर्ने भनेर हामीले सोच्दैछौं ।

उद्योगपतिहरु कसैले बढी बिजुली पाएको र कसैले पाउँदै नपाएको गुनासो थियो । अहिले उनीहरुबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ रु

उहाँहरुको पनि सकारात्मक सहयोग र प्रतिक्रिया आइरहेको छ । म एकदमै खुसी छु । उहाँहरुले पनि सकारात्मक भूमिका खेल्दिनुहुन्छ भन्ने अपेक्षा छ । उहाँहरुले मसँग के भन्नुभएको छ भने पाउँदा पनि हामीले १६ घण्टा पाएका थियौं र अहिले नपाउँदा पनि २० घण्टासम्म बिजुली बाल्न पाइरहेका छौं ।

अहिले हामीले उद्योगहरुमा पिक आवरमा बत्ति नबाल्न भनेका छौं । पहिले उहाँहरुले अनेकौं खर्च गरेर १६ घण्टा बत्ति बाल्न पाउनु भएको रहे छ । अहिले निःशुल्क पाएको भनेको २० घण्टा हो । उहाँहरु यसबाट एकदम खुसी हुनुहुन्छ । व्यवसायमा वृद्धि भएको सुनाउनु भयो । पर्यटन व्यवसायमा नयाँ उत्साह आएको सुनाउनु भयो । स्वास्थ्य क्षेत्रमा काम गर्न सजिलो भएको, चोरी अपराध कम भएको भनेर प्रहरीहरुले सुनाउनु भयो ।

त्यतिमात्र होइन इन्धन आयातमा १५-२० अर्ब रकम जोगिएको भनेर सुनाउनु भएको छ । हेर्दाखेरि सामान्य बत्ति बाल्ने कुरा न थियो, तर यसको बहुआयामिक प्रभाव रहेछ भन्ने कुरा धेरैपछि थाहा भयो । अहिले म उत्साहितसँगै निकै गम्भीर पनि छु । अझै बढी चुनौति थपिएको महसुस भएको छ ।

अहिले पनि कर्मचारीलाई भनेको छु, तार र नट बोल्टतिर ध्यान नदिनुहोस् । बरु तपाईंहरु अरुणमा (अरुण तेस्रो) शेयर हाल्दिने वातावरण बनाइदिन्छु भनेको छु।

जनतालाई लोडसेडिङको तालिका दिने र कमिसन खाँदै उद्योगपतिलाई बिजुली दिने काम भएको बताउनु भयो । त्यस्ता गलत क्रियाकलापलाई गर्नेहरुलाई कार्वाहीको दायरामा ल्याउनु हुन्छ ?

अहिले त्यसबारे केही पनि नभनौं । यसको व्यवस्थित रिपोर्ट मैले माग गरेको छु । के कारणले आज लोडसेडिङ हटाउन सम्भव भयो र के कारणले हिजो सम्भव थिएन रु हिजो किन सम्भव भएन रु यी कुराको अध्ययनसहितको रिपोर्ट आएपछि सार्वजनिक गरौंला । पहिले रिपोर्ट हेरौं । कुनखालको रिपोर्ट आउँछ, कारण के हो, त्यस आधारमा निर्णय गरौंला ।

लोडसेडिङ जारी राख्नुपर्छ भनेर तपाईलाई दबाव आएनन् रु कुलमानलाई त कार्यालयमै छिर्न नदिने ट्रेड युनियनका कर्मचारीले धम्की दिएको सुनियो‘।

मुख्य कुरा के हो भने सत्यका लागि लड्न तयार भयो भने, आफ्नो मिसनका लागि लड्न तयार भयो भने जतिसुकै प्रभाव आए पनि त्यसको अर्थ हुँदैन । मेरा लागि पनि कुनै अर्थ छैन । काम गर्ने क्रममा कहिलेकाहिँ नसकिएला असफल भइएला, त्यो अर्को कुरा हो । तर, मलाई प्रभावित पार्ने आँट कसैले नगरे हुन्छ । यसमा मैले आफ्नो मिसन स्पष्ट पारेको छु ।

कतिपय मन्त्रीहरुले भन्ने गर्छन्,व्युरोक्रेसीले असहयोग गरेर काम गर्न सकिएन भनेर । तपाईंले आफ्ना कर्मचारीबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

म मन्त्री भएर आइसकेपछि पहिलो दिन नै मैले यो कुरा भनेको छु( हाम्रो सेवा प्रवाहलाई सुधार गर्नुपर्छ । लोडसेडिङले ग्रस्त भएका जनतालाई हामीले राहत दिनुपर्छ भनेर मैले गियर बदल्छु, मसँग दौडिन तयार होऊ भनेर कर्मचारीहरुलाई भनेको छु । मैले कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप केही निर्णय पनि गराएको छु । त्यससँगै मैले चेतावनी पनि दिएको छु, सही काम नगर्नेलाई मैले कारबाही गर्छु । असल काम गर्नेलाई पुरस्कृत गर्छु र गलत काम गर्नेलाई कारबाही गर्छु भनें ।

अहिले पनि कर्मचारीलाई भनेको छु, तार र नट बोल्टतिर ध्यान नदिनुहोस् । बरु तपाईंहरु अरुणमा ९अरुण तेस्रो० शेयर हाल्दिने वातावरण बनाइदिन्छु भनेको छु ।

कर्मचारीलाई सुविधा दिने पनि हो, फाइदा हुने बाटो पनि देखाउने हो । तर, दिन पनि नचाहने र समस्या पनि पैदा गर्ने स्थिति सिर्जना गर्नुहुँदैन ।

‘नेपालको पानी जनताको लगानी’ भनेर तपाईंले बनाएको नारा अहिले चर्चामा छ । जनताले बुझ्ने गरी भन्दिनुस् न, यो के हो ?

उर्जा क्षेत्रको विकासका लागि मैले ‘नेपालको पानी जनताको लगानी’ नारा बनाएको हुँ । यो नारा राष्ट्रिय स्वाधीनता आत्मर्निभरताको नारा हो । नेपाली जनतासँग भएको पैसाको सदुपयोग गर्ने र राष्ट्रलाई सम्वृद्ध बनाउने उद्देश्य हो । प्रत्येक व्यक्तिले फाइदा लिने पनि हो ।

नाफा आउने प्रोजेक्टमा ३० प्रतिशत जनताको पनि लगानी हुनुपर्छ भन्ने हो नीति बनाएको छु । त्योअनुसार लगानी गर्ने योजना अगाडि बढाउँछु ।

केही पनि हुँदैन केही पनि गर्न सकिँदैन भनेर आफैंलाई सराप्ने, देशलाई सराप्ने कुराले धेरैको मन दुखिरहेको छ । कमसेकम नयाँ पिँढीलाई नयाँ आशा देखाउने र आत्मविश्वास बढाउने अभियान हो यो ।

तपाईंले सेना लगायत सुरक्षा संगठनहरुलाई पनि हाइड्रोमा लगानीका लागि आग्रह गर्नु भएको थियो । अहिलेसम्म त्यसको प्रगति के छ ?

जलविद्युत उत्पादन कम्पनी मैले १५-२० दिनमा दर्ता गर्छु भनेको थिएँ तर ३ महिनापछि बल्ल प्रमाणपत्र हात लागेको छ । त्यो कम्पनीले विभिन्न परियोजनाहरु अगाडि बढाउँछ ।

वबलबचमबल(कजबचmब(उचबखबपबच(ठउतातिर प्राधिकरणले पनि विभिन्न आयोजनाहरु अगाडि बढाउँदैछ । यो अहिलेको कम्पनीभित्र नै नागरिक लगानी कोषको, सञ्चय कोषको, वीमा संस्थानको, टेलिकमको शेयर छ । कति प्रतिशत शेयर रहने भनेर तोकेको छ । यसमा लगानी हुँदै जान्छ । यसमा सेनालगायतको पनि लगानी हुँदै जान्छ ।

उता विद्युत प्राधिकरणले बनाउने कम्पनीमा पनि सबैले लगानी हाल्दै जान्छन् र यसमा पनि लगानी हाल्दै जान्छन् । यसको सदुपयोग यसरी गरिँदैछ । यसमा पहिले प्रोजेक्ट पहिचान हुन्छ, लाइसेन्स दिन्छौं र काम अगाडि बढ्दै जान्छ । यसरी नै लोडसेडिङ हटाउँदै लगिन्छ ।

भारतबाट बिजुली ल्याइन्छ कि ल्याइँदैन ?

अहिले देशभरि १५ सय मेगावट माग छ । तर, विभिन्न ट्रान्समिसन मार्फत र केही स्थानीय तथा राष्ट्रिय प्रसारण लाइनमार्फत सबै गरेर जम्मा ८ सय मेगावाट स्वदेशमा उत्पादन भइरहेको छ । त्यसैले अहिले निरन्तररुपमा आइरहेकोलाई पनि नलिने कुरा भएन । किनभने डिजेल प्लान्टभन्दा आयातीत बिजुली सस्तो पनि छ । थप्न मिल्ने ठाउँमा थप्दै जाने हो । तर, त्यसका लागि प्रयाप्त ट्रान्समिसन छैन । त्यसैले ट्रान्समिसन लाइन विस्तारको कामलाई पनि सँगसँगै लगिन्छ ।

अन्त्यमा आम उपभोक्ताहरुलाई के भन्नुहुन्छ ?

लोडसेडिङ हटाउने ठूलो चुनौति छ । यसको सामना गर्न सक्दा एउटा मन्त्रीका लागि भन्दा राष्ट्रको लागि महत्वपूर्ण आयाम बन्ने छ । यो चुनौतिलाई सामना गर्न सिंगो सरकार प्रतिवद्ध छ । यसमा सञ्चारमाध्यमको सहयोग र उपभोक्ताको पनि सहयोगको अपेक्षा छ ।

अर्को कुरा, जनताको सहयोग मैले कहाँनेर अपेक्षा गरेको छु भने पिक आवरको समयमा बढी विद्युत खपत हुने साधनहरु प्रयोग नगरिदिने । आवश्यक परेका बेलामात्रै बत्ति बाल्दिने, अर्थात् बिजुलीको प्रयोग कमभन्दा कम गरिदिने, बिजुली चोरी भएको सूचना दिने र सीएफएल चिमको सट्टा त्योभन्दा पनि कम बिजुली खपत हुने लिडको प्रयोग गरिदिने हो भने यो लोडसेडिङ सदाका लागि अन्त्य गर्न सकिन्छ । अनलाइनखबरबाट

प्रतिकृया दिनुहोस्

इतिहासका निर्माता जनता हुन् भन्ने कुरा कालिकोटले पुष्टि गरेको छ : रणबिर

काठमाडौँ – स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएर केही स्थानिय तहको नतिजा सार्वजनिक हुनेक्रम जारी छ । सरकारले गराएको स्थानिय तहको निर्वाचन नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वहिस्कार गरेको थिया । निर्वाचन वहिस्कार गरेर खारेजिको अभियान चलाएको नेकपाले कालिकोटमा...

महिलामा सेवाको भावना धेरै हुन्छ ः रमला बराल (उपाध्यक्ष ने.नि.क.यु.सं.झापा)

स्वास्थ्य क्षेत्रमा महिलाहरु धेरै आकर्षित हुनुको कारण के हो ? महिला भनेको मानवीय नाता, दयालु भावना र कोमल हृदयको खानी हो । प्रकृतिको स्वभाव अनुसार नै यस्तो भावना पुरुषको तुलनामा महिलामा अत्यधिक हुन्छ । स्वास्थ्य क्षेत्रमा यी चिजहरुको महत्वपूर्ण भूमिका हुनुका साथै...

सुबोध देवकोटाको नेतृत्व क्षमताकै कारण दुई संगठन एक भएको हो ः विजयहरि शर्मा (निवर्तमान केन्द्रीय सल्लाहकार तथा महाधिवेशन प्रतिनिधि मोरङ ने.नि.क. यु. सं)

नेपाल निजामती कर्मचारी युनियन (संघ)को महाधिवेशन धेरै पटक स्थगित भइसकेको छ, तपाई केन्द्रीय सल्लाहकार हुनुहुन्छ, के सातौं महाधिवेशन अबचाँही तोकिएकै समयमा होला र ? हाम्रो संगठन प्रजातान्त्रिक पद्धतिमा विश्वास राख्ने संगठन हो । अब यस संगठनको तोकिएको समयमा किन महाधिवेशन हुन सकेन...

हाम्रो संगठनको केन्द्रमै गुट उपगुट देखियो ः रवीन्द्र श्रेष्ठ (केन्द्रीय पार्षद ने.नि.क. यु. सं इलाम)

नेपाल निजामती कर्मचारी युनियन (संघ)को सातौं महाधिवेशनको अन्योल कहिलेसम्म ? हाम्रो संगठनको केन्द्रीय नेतृत्वमा रहेका साथीहरु सबैले निर्वाचन आयोगले लगाएको आचार संहिता समाप्त भएको १५ दिनभित्र कुनै पनि हालतमा सातौं महाधिवेशन सम्पन्न गर्ने भनेर निर्णय भएको जनकारी हामीले पाएका छौं । विगतका...