Motivate News

आफ्नो छोरीको अधिकार किन खोस्दै छन मधेसी नेताहरू ?

काठमाडौँ – मधेसी नेताहरुले अहिले भनिरहेका छन् अंगीकृत नागरिकहरुलाई राज्यको माथिल्लो पदमा लैजान पाउनु पर्छ भन्ने हाम्रो माग होइन । हाम्रोविरुद्ध अफवाह फैल्याउनेहरुले यसो गरिरहेका छन् । उनीहरुले यसो भन्नु मतलव ‘म शाकाहारी हुँ तर अण्डा र माछा चाहिँ खान्छु’ भने जस्तै हो । माछा र अण्डा खाएपछि कोही शाकाहारी होला त ?

अर्थात मधेसीहरुले मागेको वैवाहिक अंगीकृतलाई भने प्रधानमन्त्री, राष्ट्रपति वा सबै पद दिनु पर्छ भन्ने हो । वैवाहिक अंगीकृत भनेको कस्ता हुन् ? मधेसीहरुले अझ स्पष्ट रुपमा बुझ्ने गरी भन्नु पर्दा भारतमा सोनिया गान्धी जस्ता हुन् । कांग्रेस आइले चुनाव जित्दा पनि त्यही पार्टीकी अध्यक्ष सोनिया गान्धी प्रधानमन्त्री बन्न सकिनन् ।

भारतको कानुनले उनलाई प्रधानमन्त्री हुनबाट रोकेको थिएन । रोक्ने मध्येका एक थिए अहिले भारतमा प्रधानमन्त्री भएका पात्र नरेन्द्र मोदी । यीनै मोदी अहिले मधेसीले अधिकार पाएनन् भन्दै नेपालको संविधानविरुद्ध विश्वभर भ्रम फैल्याउँदै हिँडेका छन् (भलै अहिले अलि रोकिए ।)
वैवाहिक अंगीकृतले १० वर्षपछि नेपालमा राष्ट्रपतिसम्म हुन पाउँने अधिकार राख्थ्यो । त्यो अन्तरिम संविधानमा पनि राखिएको थियो । २ वर्षका लागि भनेर बनाइएको त्यो संविधानमा राखिएका त्यस्ता कुरा कार्यान्वन हुनु अघि नै प्रतिस्थापन हुने अड्कलबाजीका कारण दलहरुले त्यस्तो प्रावधान राखे । अहिले त्यही गलपासो भएको छ ।

यो गलपासो हो भन्ने थाहा पाएरै प्रमुख तीनै दलले नयाँ संविधानमा हटाए । अहिले मधेसी मोर्चालाई त निहुँ खोज्नु मात्रै थियो । उसले यस्तै विषय निहुँ बनाएर आन्दोलन गर्यो । आन्दोलनमा धेरै क्षति भयो । अहिले प्रतिष्ठाकै लागि भए पनि मधेसी मोर्चाले ‘हामीले अंगीकृतको कुरा गरेका होइनौं, वैवाहिक अंगीकृतको कुरा गरेका हौं ’ भनिरहेको छ ।

वास्तवमा वैवाहिक अंगीकृतलाई चाहिँ अधिकार दिनु पर्छ भनेकै अंगीकृतलाई नागरिकता दिनु पर्छ भन्ने माग हो । कुरा घुमाइएको मात्रै हो । भारतको दार्जलिङ, असामलगायत ठाउँका नेपालीसँग पनि नेपालीहरुको विहेबारी चल्छ । तराइका मधेसी मात्रै होइनन पहाडका पहाडेहरुको पनि भारतका नेपालीसँग नातासम्बन्ध छ ।

तर निष्ठाको राजनीति र सार्वभौमिकता भनेको नातासम्बन्ध भन्दा माथि हुन्छ । हाम्रो आफन्त भारतमा छन् वा भारतबाट बिहे गरेर ल्याइएकाहरु आफन्त बन्छन् भन्दैमा यो देशमै नजन्मेकाहरुलाई वंशज सरह अधिकार दिन नहुने आवाज बलियो भएको छ । देशमै नजन्मेकाहरुलाई अमेरिकामा पनि राष्ट्रपति हुन दिइन्न । महिलाको अधिकारबारे त अमेरिकीहरुलाई पनि अलिअलि थाहा त होला । भारतमा पनि थाहा होला । किन सोनिया गान्धी प्रधानमन्त्री बन्न सकिनन् ?

यो भन्दा पनि महत्वपूर्ण कुरा के छ भने मधेसीहरुको यो मागले आफ्नै छोरीको अधिकार कुण्ठीत गर्छ । नेपालमै जन्मेकी छोरी र विदेशमा जन्मेकी बुहारीले अधिकार समान पाउने भन्ने न्यायोचित होला ? कम्तिमा नेपालमै जन्मेको हुनु पर्ने प्रावधानले छोरीको अधिकार त सुनिश्चित गर्छ ।

मानौं नेपालको राष्ट्रपति पदका लागि कुनै एक मधेसीको नेपालमै जन्मेकी छोरी र भारतमा जन्मेकी बुहारी दुवै सक्षम छन् । यो अवस्थामा पहिले अवसर कसले पाउनु पर्ला ? अवश्य पनि नेपालमा जन्मेको धर्तीपुत्रको अधिकार पहिलो हुन्छ । र हुनुपर्छ । पहिलो अधिकार नेपालमा जन्मेकी छोरीकै हुनुपर्छ ।

यसो गर्दा कसरी मधेसका तमाम वैवाहिक अंगीकृतको अधिकार खोसेको हुन्छ ?

प्रतिकृया दिनुहोस्

यस्तो छ सरकारको नजरमा आफ्ना १ सय दिनका उपलब्धिहरु (पूर्णपाठ)

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीको रुपमा निर्वाचित भएको एक सय दिन पूरा भएको छ । ओली नेपालको पहिलो सांघीय संसदको निर्वाचत पश्चात प्रधानमन्त्रीका रूपमा २०७४ फागनु ३ गते नियुक्त भएका थिए। १ सय दिन पूरा भएको अवसरमा सरकारले...

स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खुल्यो

काठमाडौं – स्वेच्छिक अवकासको प्रक्रिया टुंगो नलाग्दै सेवाबाट निवृत्त भएका कर्मचारीहरुलाई पेन्सन पट्टा बनाउने बाटो खुलेको छ । मन्त्रिपरिषद बैठकले स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खाेलिदिएको हाे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले...

आईपीएल क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जित्यो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । । टस हारेर व्याटिङ गरेको...

देशभर फैलिदै द नेस्क्ट एजुकेशन, आठौँ शाखा विस्तारको तयारीमा कन्सल्टेन्सी

काठमाडौँ – काठमाडौँको डिल्ली बजारमा केन्दीय कार्यालय रहेका द नेस्क्ट एजुकेशन कन्सल्टेन्सीले आफ्नो आठौँ शाखा विस्तार गर्ने भएको छ । चितवनको खैरेनी स्थित पर्सामा द नेस्क्टले यही जेष्ठ १६ गते बुधबारका दिन नयाँ शाखाको उद्घाटन गरेर ब्यावसाय सुरु गर्ने जनाएको छ ।...