Motivate News

कृणादेवीलाई बचाउने इज्राएडले पायो समाज कल्याणबाट काम गर्न अनुमति

मंसिर १०, काठमाडौँ – नेपालमा भुकम्प पस्चात भुकम्प पिडतलाई आाकस्मिक सेवा गर्न आएको अन्तराष्ट्रिय गैर सरकारी सस्था इज्राएडले नेपालमा सामाजिक कार्य गर्न अनुमति पाएको छ ।

शुक्रबार समाज कल्याण परिषदसंग संझैँता गरेसंगै इज्राएडले औपचारीक रुपमा नेपालमा काम गर्न अनुमति पाएको हो । इज्राएडले समाज कल्याण परिषदसंग काभ्रेका पाँच सय महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन निशुल्क रुपमा मौरि पालन तालिम तथा मौरीघार उपलब्ध गराउने सम्बन्धी र निशुल्क रुपमा भुकम्प प्रभावित ६ जिल्लामा मनो परामर्श दिनका लागि परियोजनामा हस्ताक्षर भएको हो।

समाज कल्याण परिषदका तर्फबाट सदस्यसचिव दिल्ली भट्ट र इज्राएडको तर्फबाट प्रोजेक्ट म्यानेजर संञ्जिव पाण्डेले उक्त परियोजनामा हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्दा समाज कल्याणका तर्फबाट कामु निर्देशक राम शर्मा, उपनिर्देशक दिपेन्द्र पन्त, राजेन्द्र बस्नेत लगायत थिए भने इज्राएडको तर्फबाट कन्ट्री डाइरेक्टर वेन दगानी, सिनियर एडभाइजर तथा मोटिभेट न्यूजका प्रबन्ध निर्देशक शान्त शर्मा लगायतको उपस्थित थिए ।

हस्ताक्षर गर्दै सदस्य सचिव भट्टले यस संस्थालाई नेपाल सरकारको नियममा रही नेपाली जनताको सेवामा समर्पित हुन आग्रह गरे । उनले भने, ‘इज्राएडले जुन उच्च आकाँक्षाका साथ नेपालमा सरोकारवाला विभिन्न समुदायसंग काम गर्न खोजेको छ, त्यो समुदायमा आफ्नो अब्बल किसिमको दक्षता पुर्वक समुदायलाई सहयोग गरी आफ्नो सेवा प्रदान गर्ने छ भन्ने आशा राखेको छु ।’

त्यस्तै हस्ताक्षर पछि कन्ट्री डाइरेक्टर वेन दगानीले नेपाल सरकार, महिला वालबालिका तथा समाज कल्याण मन्त्रालय र समाज कल्याण परिषदलाई ह्दय देखी धन्यबाट दिदैँ, इज्राएडले नेपाल सरकारको नियम कानुनमा रहि जनताको सेवामा समर्पित हुने अठोट व्यक्त गरे । उनले भने, ‘हामीसंग धेरै पैसा छैन तर थोरै पैसामा धेरै काम गर्ने कार्यकौसलता छ ।’

rinaमोटिभेटका प्रबन्धनिर्देशक शान्त शर्मासंग टेलीफोनमा कुरा गर्दै इजरायल एम्बेसीका डिपुटी चिफ अफ मिसन मिस RONI ABIANSION इजरायल र नेपालको सम्बन्ध विस्तार भएको लामो समय भएको र यो समयमा नेपाल र इजरायलको सम्बन्ध धेरै राम्रो भएको बताइन । उनले भनिन्, ‘हामी धेरै गर्व गर्छौ, नेपालसंग अर्को सम्बन्ध स्थापित भएकोमा, अनी धेरै खुसी छौँ  इज्राएडले राम्रो कामको थालनी गरेकोमा ।’

त्यस्तै, हस्ताक्षर पछि फोनबाट कुरा गर्दै अनुगमन तथा सुशासन समितीका सभापछि महोनसिंह राठोरले बधाइ तथा शुभकामना दिएका छन् । उनले नेपाली जनतालाई इज्राएडले थोरै भएपनि राहात दिनेमा विश्वास व्यक्त गरे । उनले भने, ‘इजरायल र नेपालको पुरानो सम्बन्ध भएको र भविश्यमा पनि सम्बन्ध झन प्रगाढ हुदैँ जानेमा विश्वास व्यक्त गरे ।’

इज्राएड नेपालमा भुकम्प गएको दोश्रो दिनमा आई आकस्मिक उद्धार कार्यमा खटेको थियो । जसमध्य भुकम्प गएको पाँचौ दिन गंगवुबाट कृष्णा देवी खड्कालाई जीउँदै उद्धार गरेर आफ्नो कौसलता प्रस्तुत गरेको थियो ।

त्यस्तै, इज्राएडले जापान सरकारको सहयोगमा त्रिचन्द्र कलेजका २८ जना विद्यार्थीलाई डिजास्टर म्यानेजमेन्ट कोर्षमा स्नात्तोकर अध्ययन गर्ने अवसर दिएको थिए । नेपालमा पहिलो पटक इज्राएडले दिएको यो शिक्षाले डिजास्टर म्यानेजमेन्टमा नेपाली यूवाले ठुलो भुमिका खेल्ने विश्वास लिइएको छ । योे संस्था जापान, जर्मनी लगायत २२ देशहरुमा संचालीत छ ।

प्रतिकृया दिनुहोस्

The Important Step of Taiwan Trad Mission to Nepal

Kathmandu – 3 days visiting tour of “Taiwan Trade Mission to Nepal”  has been completed successfully in Kathmandu on June.12,2017. Taiwan External Trade Development Council (TAITRA) was leading a delegation team consisting 11 excellent Taiwanese Manufactures/Suppliers that including Solar Products, LED Light...

चतुरे गाँउको फेरिएको चरित्र

चतुरे गाँउ, काभ्रेपलान्चोक — नेपाल सरकार र देशका राजनितिक दलहरु जुँगाको लडाँईमा व्यस्त भईरहेका बेला समुन्द्र पारिको देश इजरायलको एउटा संस्थाले काभ्रेपलान्चोकको सांगा नजिकैको गाँउमा गएर पिलपिल आशाको दियालो बालेको छ । इजरायलको चर्चित संस्था इजरा एडले काभ्रेपलान्चोकको नासिका गाविसमा पर्ने चतुरे...

नेपालमा लगानी मैत्री वातावरण बन्दै छ : महानिर्देशक न्यौपाने

काठमाडौँ – विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न चाहान्छन् । तर लगानीकर्ताका लागि लगानी गर्न कानुनी जटिलताले गर्दा त्यति आकर्षित भएको देखीदैन् । केहि बर्ष नेपालमा चलेको द्धन्द र त्यसपछिको राजनितिक अस्थिरताले गर्दा लगानीकर्ता लगानी गर्न डराए । २०७२ सालको भुकम्प भन्दा अगाडि...

Nepal at high risk of diabetes

kathmandu – A data has revealed that obesity is the main cause behind the diabetes in Nepal. Some 16.7 per cent of the diabetes disease is found to be occurred in Nepal due to obesity. According to the World Health Organization, obesity...