Motivate News

एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

मंसिर ११, काठमाडौं – महिला एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ । नेपालले दिएको ४८ रनको झिनो लक्ष्य पाकिस्तानले १० ओभरमा १ विकेटको क्षतिमा भेट्टाएको हो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १८ ओभर १ बलमा सबै १० विकेट गुमाएर ४७ रन मात्र बनाउन सक्यो । नेपालकी रुबिना क्षेत्रीले ११ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका ४ जना खेलाडीले रनको खाता नै खोल्न सकेनन् ।

रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोली प्रतियोगिताका लागि बुधबार बैंकक गएको हो । नेपाली टोलीमा सीता राना मगर, नीरा राजोपाध्याय, करुणा भण्डारी, रोशनी बोहरा, ज्योति पाण्डे, रश्मी शर्मा चौलागाईं, सबनम राई, संगीता राई, काजल श्रेष्ठ, नेरी थापा, सरस्वती चौधरी, शोभा आले, सरिता मगर र इन्दु बर्मा छन् ।

सिंगल राउन्ड रोविन २० ओभरको प्रतियोगितामा आयोजक थाइल्याण्ड र नेपालसहित भारत, बंगलादेश, श्रीलंका र पाकिस्तान सहभागी छन् । नेपालले अब श्रीलंका, बंगलादेश, थाइल्यान्ड र भारतसँग प्रतिस्पर्धा गर्नेछ । गएको महिना हङकङमा भएको विश्वकपको एसिया छनौटमा दोश्रो हुँदै नेपालले एसिया कपमा स्थान बनाएको हो ।

प्रतिकृया दिनुहोस्

मैत्रीपूर्ण खेलमा पत्रकार हावी, पत्रकारद्वारा नेता ३/२ ले पराजित

काठमाडौं ,भाद्र ३१ । प्रथम किशुन जी स्मृति भेट्रान फुटवल खेलको उद्घाटन कार्यक्रममा भएको मैत्रीपूर्ण खेलमा प्रत्रकारको टिमले नेता ,सामाजिक कार्यकर्ता,शिक्षासेवी सम्मिलित टिम लाई ३-२ गोल अन्तरले पराजित गरेको छ। कार्यक्रममा उद्घाटन खेल मैत्रीपूर्ण रहेको थियो भने आज बाटै प्रतियोगिता सुरु भैसकेको...

११ औं काठमाडौं म्याराथनको उपाधी सशस्त्रका गोपिचन्द्रलाई

भदौ ३१ ,काठमाडौं – सशस्त्र प्रहरीका गोपिचन्द्र पार्कीले काठमाडौं म्याराथनको उपाधि जितेका छन् । शनिबार बिहान काठमाडौंमा भएको ‘११ औं काठमाडौं म्याराथन’४२ दशमलव १९५ किलिमिटर दौड उनले २ घन्टा २३ मिनेट ५६ सेकेण्डमा पूरा गरे । नेपाल आर्मीका होमलाल श्रेष्ठ दोश्रो भए...

सिंगापुरमाथि नेपालको सहज जित, समूह विजेता बन्दै सेमिफाइनलमा

  भदौ २९, काठमाडौं- एसीसी अन्डर–नाइन्टिन एसिया कप क्रिकेट छनोटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ । समुहको अन्तिम खेलमा आज बिहान सिंगापुरलाई ७ विकेटले हराउँदै नेपाल समूह विजेता बनेको हो । नेपालले अब सेमिफाइनलमा अर्को समूहको उपविजेताको सामना गर्नेछ ।...

एसिसी यु १९ एसिया कप : थाइल्याड १० ओभरमा अलआउट, नेपाल २ सय ५५ रनले विजयी

भदौ २६, काठमाडौं – मलेसियामा भइरहेको एसिसी यु १९ एसिया कप छनोट प्रतियोगितामा नेपालले थाइल्याडलाई १० ओभरमा अलआउट गरेको छ । नेपालले थाइल्याडलाई २ सय ५५ रनले हराएको छ । नेपालका लागि सन्दिप लामिछानेले सात विकेट लिए । त्यस्तै किशोर महतो, नन्दन...