Motivate News

सरकारी जागिरमा अडिएन शिवको मन

काठमाडौँ – उच्च शिक्षा अध्ययनकालागि विदेशिने नेपाली विद्यार्थीको सङ्ख्या दिनानुदिन बढीरहेको छ । विश्वका कतिपय देश लगायत छिमेकी मुलुक भारतमा पनि उच्च शिक्षाकालागि जाने विद्यार्थीको सङ्ख्या वार्षिक हजारौँको छ । विदेशमा अध्ययन गर्न जानु भन्दा पहिला सो देशका कलेजहरू, त्यहाँको शिक्षा, त्यसकालागि लाग्ने आर्थिक खर्च आदिको बारेमा बुझेर जानु आवश्यक छ । विद्यार्थीको वैदेशिक शिक्षालाई सहज र सरल बनाउनकालागि विभिन्न शैक्षिक परामर्श दाता संस्थाहरू खुलेका छन्, ती मध्येको भारतमा अध्ययन गर्न जाने विद्यार्थीका लागि शैक्षिक परामर्श दिदै आइरहेको एउटा संस्थाहो पुतलिसडकमा अवस्थित इण्डो वल्र्ड एजुकेशन कन्सल्टेन्सी । जसलाई हाँकिरहेका छन ्शिव प्रसाद अर्यालले ।

धादिङमा जन्मिएका अर्यालले खाइरहेको सरकारी जागिर छोडेर आफ्नै व्यवसाय शुरु गरेका हुन् । आइकमसम्मको पढाई पास गरिसकेपछि साथीहरूको सल्लाहमा लोकसेवा पास गरेर नासु स्तरको कम्प्युटर अपरेटरको रुपमा सरकारी जागिर खाएका थिए उनले । जागिर गर्दै गर्दा आफ््नो जीवनको चाहना र आवश्यकतालाई सरकारी जागिरले सम्बोधन गर्न नसक्ने देखेपछि जागिर छोडेर आफ्नै व्यवसाय शुरु गर्ने निधो गरेका हुन उनले ।

सरकारी जागिर खान मरिहत्ते गरिरहेकाहरुका अगाडि खाइरहेको जागिर पनि छोड्ने निर्णय गर्दा धेरैलाई अचम्म लागेको थियो । जागिर छोडेपछि उनी दुई वर्ष भारत बसेका थिए । नेपाल र भारतबीचको पढ्दो व्यापारलाई ख्यालगर्दै नेपाली विद्यार्थीहरु भारत अध्ययनकालागि जाने क्रम बढेसँगै उनले २०६२ सालबाट भारत अध्ययनमा जान चाहने विद्यार्थीहरूको परामर्शको लागि इण्डो वल्र्डएजुकेशन कन्सल्टेन्सीको स्थापना गरे ।

उक्त संस्थाले स्थापनाको एक दशक पार गर्दै गर्दा हजारौँलाई भारत अध्ययनकालागि आवश्यक परामर्श गरिसकेको छ । कामकालागि नै विदेश जानेहरूको सङ्ख्या बढिरहेको बेला उनको तर्क छ, ‘काम गर्न भन्दापनि विदेशमा अध्ययनकालागि जानु त ठिकै हो तर त्यहाँ अध्ययन गरिसकेपछि नेपाल फर्किएर त्यहाँ प्राप्त गरेका ज्ञान र सीपलाई यहीँको विकासमा खर्चिनु पर्दछ ।’ सफलताकालागि धैर्यता चाहिन्छ र धैर्यतापूूर्वक आफू लागेको काममा निरन्तर लागिरहने हो भने अवश्य पनि सफल बन्न सकिने उनको बुझाई छ ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री देउवा भदौ दोस्रो साता भारत भ्रमणमा

  साउन १२, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ ८ गते भारत भ्रमण आउने भएका छन्। भारतमा उच्च तहमा भेटघाट हुने गरी मिति तय भएको भारतीय स्रोतले जनाएको छ। भ्रमणका बाँकी तालिना तथा एजेण्डा भने तय हुन बाँकी रहेको छ। प्रधानमन्त्री देउवा...

स्थानीय तहमा १६ हजार १६ कर्मचारी अभाव, कहाँ कति कर्मचारी अभाव ?

  साउन १२, काठमाडौं- स्थानीय तहहरूमा १६ हजार १६ कर्मचारीको अभाव छ। कर्मचारी नहुँदा कतिपय स्थानीय तहको सेवा प्रवाह नै अवरुद्ध भएको छ। ठूलो संख्यामा कर्मचारी अभाव भएपछि स्थानीय विकास मन्त्रालयले व्यवस्थापन गर्न बुधबार सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ। यो खबर...

आफूबिनै सरकार विस्तारपछि राप्रपाले भंग गर्यो वार्ता समिति

  साउन १२, काठमाडौं- संसदको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागिताका लागि वार्ता गर्न बनाएको समिति भंग गरेको छ। राप्रपाले बुधबार विज्ञप्ति जारी गर्दै जयन्त चन्द नेतृत्वको तीन सदस्यीय वार्ता समिति भंग गरेको जनाएको हो। ‘हामीले सरकारमा...

बहालवाला एसएसपी जसलाई नियतिले ठग्यो

साउन १२, काठमाडौं – २८ फागुन ०४६ मा भर्ना भएको इन्स्पेक्टरको टोलीमा राजेन्द्रमान श्रेष्ठ सुरुदेखि नै ‘टप थ्री’ मा थिए । श्रेष्ठले सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की एउटै ब्याचका अब्बल अधिकारीका रूपमा पहिचान बनाए । उनै चारमध्ये तीनजना गत साता...