Motivate News

सेभिल्ला बार्सिलोनालाई पछि पार्दै ला लिगाको दोस्रो स्थानमा

मंसिर १२ – सेभिल्ला बार्सिलोनालाई पछि पार्दै स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा भ्यालेसिन्यालाई २–१ ले हराएर सेभिल्ला बार्सिलोनालाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो । ५३ औं मिनेटमा भ्यालेन्सियाका एजिक्युल गारायले आत्मघाती गोल गरेपछि सेभिल्लाले अग्रता लियो । ६५ औं मिनेटमा एल हाडाडीले भ्यालेन्सियाका लागि बराबरी गोल फर्काए । ७५ औं मिनेटमा निकोलस पारेजाले गोल गर्दै सेभिल्लालाई २–१ को जित दिलाए ।
जितपछि दोस्रो स्थानमा उक्लिएको सेभिल्लाको २७ अंक छ । तेस्रो स्थानको बार्सिलोनाले एक खेल कम खेलेको छ र उसको २६ अंक छ । शीर्ष स्थानमा रहेको रियल मड्रिडको ३३ अंक छ । राति नै भएको खेलमा मालागाले डिप्रोटिभो ला कोरुनालाई ४–३ तथा स्पानियोलले लेगानेसलाई ३–० ले हरायो ।

 

 

 

प्रतिकृया दिनुहोस्

​जिरोनाविरुद्ध बार्सिलोनाकाे गोलको वर्षा, स्वरेजको हाट्रिक

काठमाडौं  – बार्सिलोनाको मैदान क्याम्प नोउमा भएको खेलमा जिरोनाले दोस्रो मिनेटमा नै लिएको अग्रताविरुद्ध घरेलु टिमले ६ गोल गरेको थियो । स्वारेजको ह्याट्रिकसँगै लियोनेल मेस्सीले २ गोल गरेका थिए भने फिलिपे काउटिन्होले पनि एक गोलको योगदान दिए । तेस्रो मिनेटमा पोर्तुले गोल गर्दै...

आइसीसी वल्ड क्रिकेट डिभिजन टू : नेपाल आज ओमानसँग खेल्दै

  काठमाडौं – आइसीसी वल्ड क्रिकेट डिभिजन टूको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुने खेल नामिबियामा हुनेछ । आफ्नो पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले हराएको नेपाल आजको खेल पनि जित्दै...

आइपीएलको ११औँ संस्करणमा आज नेपालका सन्दिप लामीछानेको परीक्षा

काठमाडौं – बहुप्रतिक्षित इन्डियन प्रिमियर लिग (आइपीएल) को ११औँ संस्करणको प्रतियोगिताको लागि आज पनि खेलाडी लिलामी जारी रहने छ । आइपिएल अक्सनमा छनोट भएका नेपालका स्पिनर सन्दिप लामिछानेको पनि नाम छ । आज दोश्रो दिनको खेलाडी लिलामीमा सन्दिप खेल्न पाउने या नपाउने...

बार्सिलोनाको अपराजित यात्रामा पुर्णबिराम ,पेनाल्टीमा चुके मेस्सी

काठमाडौं – यस सिजनका सबै प्रतियोगिताहरुमा अपराजित यात्रा जारी राखेको बार्सिलोनाको लागि स्पाइनियल बाधक बनेको छ । गएराति भएको कोपा डे रे को क्वाटर फाइनलको पहिलो लेगमा स्पाइसनयलसंग १ . ० स्तब्ध हुँदै बार्सिलोनाको अपराजित यात्रामाथि पुर्णविराम लागेको हो । अत्यन्तै प्रतिस्पपर्धात्मक...