Motivate News

व्यवसायीको दवावका कारण पछि हट्यो सरकार, कन्सल्टेन्सी बर्गिकरण नहुने

मङ्सिर १४, काठमाडौँ – व्यवसायीको दवावमा परि शिक्षा मन्त्रालयले ल्याउन लागेको शिक्षा नियमावली फेरवदल हुने भएको छ ।

नियमावलीको मस्यौदामा शैक्षिक परामर्श व्यवसायलाई नियमन गर्नका लागि सुरक्षण कोष राख्नुपर्ने र कम्पनीहरुको वर्गीकरण गर्नुपर्ने भन्ने मस्यौदामा भएका बुँदाहरुलाई संसोधन गर्न लागिएको हो ।

सरकारले यसअघिको मस्यौदामा सुरक्षण कोष (धरैटी) राख्न पर्ने र कन्सल्टेन्सीको वर्गीकरण गरेर व्यवस्थित बनाउनु पर्ने प्रस्ताव अघि सारेको थियो । उक्त प्रस्तावमा व्यवसायीले असहमति जनाएपछि शिक्षा मन्त्रालयले बर्गिकरण गर्न पर्ने विषयलाई हटाएको छ भने धरैटीको कुरा व्यवसायीहरुसंग सल्लाह गरेर मात्र निचोटमा पुग्ने बताइएको छ ।

धरैटी र बर्गिकरणको कुरा मन्त्रालयले प्रस्ताबको लागि मात्र ल्याएको हो भन्दै शिक्षा मन्त्री धनीराम पौडेलका स्वकीय सचिव जागृत रायमाझीले भने, ‘हामीले यो प्रस्तावको रुपमा ल्याएका हौँ, छलफल भैरहेको छ । बर्गिकरणको कुरा अहिलेको लागि स्थगित गरेका छौँ भने सुरक्षण कोष (धरैटी)का विषयमा छलफल हुन बाँकी छ ।’

मोटिभेट न्यूजसंग कुरा गर्दै उनले भने, ‘भोलि (बुधबार) २ बजे व्यवसायीहरुसंग घलफल हुँदैछ, सुरक्षण कोष (धरैटी)को विषयमा निचोटमा पुग्नेछौँ ।’

यसअघि नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले पत्रकार सम्मेलन गरेर आफ्नो असन्तुष्टि पोखेको थियो भने शिक्षा मन्त्रालयमा ज्ञापन पत्र पनि बुझाएको थियो । त्यस्तै स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)ले आफ्नो असन्तुष्टि रहेको भनि बिभिन्न मेडियामा आएको थियो ।

प्रतिकृया दिनुहोस्

इन्फरमेटिकको पोल्टामा ‘प्रोमोसिङ एजेन्ट अवार्ड २०१८’

काठमाडौँ – इन्फरमेटिक एजुकेशन कन्सल्टेन्सीले प्रोमोसिङ एजेन्ट अवार्ड २०१८ आफ्नो पोल्टामा पार्न सफल भएको छ । अस्ट्रेलिया स्थित हार्वर कलेजले आयोजना गरेको एएचआईसी बिजनेस अवार्ड २०१८ मा इफरमेटिकले उक्त अवार्ड हात पारेको हो । इन्फरमेटिक सहित फरक फरक विद्यामा अन्य ११ ओटा...

भिषा काउन्सीलले पायो हार्वर कलेजको उत्कृष्ट अवार्ड, हेर्नुहोस अवार्ड पाउने अरु १२ कन्सल्टेन्सीहरु

काठमाडौँ – भिषा काउन्सीलले कर्पोरेट इन्पोटेन पर्शन अवार्ड २०१८ प्राप्त गरेको छ । अस्ट्रेलिया स्थित हार्वर कलेजले आयोजना गरेको “एएचआईसी बिजनेस अवार्ड (२०१८” बाट भिषा काउन्सील सम्मानित भएको हो । भिषा काउन्सील सहित फरक फरक विद्यामा अन्य ११ ओटा कन्सल्टेन्सी पनि सम्मानित...

देशभर फैलिदै द नेस्क्ट एजुकेशन, आठौँ शाखा विस्तारको तयारीमा कन्सल्टेन्सी

काठमाडौँ – काठमाडौँको डिल्ली बजारमा केन्दीय कार्यालय रहेका द नेस्क्ट एजुकेशन कन्सल्टेन्सीले आफ्नो आठौँ शाखा विस्तार गर्ने भएको छ । चितवनको खैरेनी स्थित पर्सामा द नेस्क्टले यही जेष्ठ १६ गते बुधबारका दिन नयाँ शाखाको उद्घाटन गरेर ब्यावसाय सुरु गर्ने जनाएको छ ।...

कंगारुले गर्यो धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग

काठमाडौँ – कंगारु एजुकेशन फाउण्डेशनले आफ्नो स्थापना दिवसको अवसर पारेर धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग गरेको छ । आफ्नो ११ औ वार्षिकोत्सवको उपलक्ष्यमा कंगारुले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउँदै गरेको धुर्मुस सुन्तली फाउण्डेसनलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । कंगारुका फाउण्डर...