Motivate News

७० वर्ष अघिको लुम्बिनी खाने भारतीय योजना पूरा गर्न संबिधान संसोधन

मंसिर, १६, काठमाडौँ – बुद्धको जन्मभूमि लुम्बिनी भारतीय गिद्धेदृष्टिको शिकार भएको छ । भारतीय पाठ्य पुस्तक, उसका अन्तराष्ट्रिय प्रकाशन लगायतमा बुद्धको जन्म भारतमा भएको निरन्तर प्रचार गर्दै आएको भारतीय सत्ताले नेपालको लुम्बिनीलाई बुद्ध जन्मभूमिको रुपमा कहिल्यै स्वीकार गरेन । वैज्ञानिक प्रमाण, इतिहास र पुरातात्विक अध्ययनले नेपालको लुम्बिनी नै बुद्धको जन्मस्थल प्रमाणित गरे पनि भारतको दाबी जारी रह्यो ।

माओवादी नेता पुष्पकमल दाहाल र कांग्रेस नेता शेरबहादुरको नेतृत्वमा हिजो नेपालको संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्तावले बुद्ध जन्मभूमिमाथि भारतको सिकन्जा कस्ने बाटो तयार गरिदिएको छ । दुई वर्षअघि नेपालको संसदमा बुद्ध जन्मेको देश भनी भाषण गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त्यसपछि फेरि बुद्धको जन्म भारतमै भएको भन्ने प्रचार गरिरहेका छन् । बिडम्बना भन्नुपर्छ पुष्पकमल र शेरबहादुर मोदीको त्यो डिजाइनमा मतियार बन्न पुगेका छन् ।

पुष्पकमलको माओवादी यात्रा, १७ हजार नेपालीको ज्यान लिने कथित जनयुद्ध र त्यसपछिको शान्ति प्रक्रियाका प्रत्येक कदमले उनी नेपाल नष्ट गर्ने भारतीय षडयन्त्रका गोटीका रुपमा अघि सारिएको तथ्य प्रष्ट भइसकेको छ । यही बुझेर नेपाली जनताले २०६४ को संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो बनाएको उनको दललाई ६ वर्षपछि भएको दोस्रो निर्वाचनमा ‘पुनःर्मुसिको भवः’ भन्दै तेस्रो पार्टीको रुपमा सजाय दिए । यद्यपि भारतीय सत्ताको चाकरी गर्दै कांग्रेससँग घाँटी जोडेर दाहाल सत्तामा पुनरागमन गर्न सफल भए । उनको पतन त निश्चित छ तर, त्यस भन्दा अघि नै नेपाललाई किस्ता किस्तामा समाप्त गर्ने भारतीय षडयन्त्र सफल पार्न उनी दत्तचित्त छन् ।

यो समग्र षडयन्त्रमा नेपाली कांग्रेस र त्यसका सभापति शेरबहादुर देखिनेगरी संलग्न छन् । नेपालको इतिहासमा षडयन्त्र र दुस्साहसका लागि चिनिएको नाम हो शेरबहादुर । बीपी कोइरालाले स्थापना गरेको कांग्रेसलाई राष्ट्र विरोधी षडयन्त्रमा सामेल गर्दै आफ्ना भारतीय मालिकहरुको पाउमा चढाउने काम शेरबहादुरले गरेका छन् । स्थानीय जनताको ब्यापक विरोध हुँदा हुँदै लुम्बिनीसमेत सामेल भएको प्रदेश ५ बाट तराई र पहाडलाई छुट्याउने ७० वर्षदेखिको भारतीय चाहना देउवाले पूरा गरिदिएका छन् । यो काम गरिदिए वापत पुष्पकमलबाट प्रधानमन्त्रीको कुर्सी आफूमा सारिदिने भारतीय मालिकहरुको बाचा पूरा हुने अपेक्षा उनले गरेका होलान् । तर, नेपाली जनताले पुष्पकमल सँगै शेरबहादुरलाई राष्ट्रिय अपराधी करार गरिसकेका छन् ।

शेरबहादुरको नामसँग यसअघि नै नेपाली राजनीतिका तमाम विकृति जोडिएका छन् । ०५२ सालमा पहिलो पल्ट प्रधानमन्त्री हुँदा भएको सांसद खरिद विक्रि काण्ड, सांसदहरुलाई गुमराहमा राख्न सुरा सुन्दरी काण्ड, पजेरो काण्ड घटाइसकेका उनीबाट परिवर्तनको कुनै अपेक्षा नेपाली जनताले गरेको छैन । तर, सुशील कोइरालाको निधनपछि कांग्रेसमा राष्ट्रवादी बिरासत धान्न सक्ने विकल्प नहुँदा अकुत पैसा र शक्तिकेन्द्रको प्रभाव प्रयोग गर्दै शेरबहादुर कांग्रेसको सभापति बन्न पुगे । यो नै नेपाली राजनीतिमा बिडम्बना भइदियो ।

०५७ सालमा दोस्रो पटक प्रधानमन्त्री हुँदा संसदीय प्रजातन्त्रलाई नै किस्तीमा हालेर दरवारमा बुझाएका उनले यसपल्ट संविधान संशोधन मार्फत लुम्बिनीलाई आफ्ना भारतीय प्रभुहरुको पाउमा बुझाउने षडयन्त्र गरेका छन् । पुष्पकमल यो षडयन्त्रमा देखिने अनुहार हुन् भने देउवा त्यो अनुहारका मुख्य हर्ताकर्ता । त्यसैले आम कांग्रेस सामु आज यक्ष प्रश्न उभिएको छ– आँखै अगाडि आफ्नै नेताले देश सिध्याएको देख्दा मौन बस्ने कि राष्ट्र जोगाउन पार्टी भन्दा माथि उठ्ने ?

प्रतिकृया दिनुहोस्

को हुन् अम्बिका गुरुङ ? कसरी गीतसंगीतमा लागि परिन ? के भन्छिन गीतसंगीतको बारेमा ?

काठमाडौँ –  गीतकार तथा साहित्यकार अम्बिका गुरुङ सौम्य, भद्र, समाजसेवी भावनाकी धनी र मिलनसार व्यक्ति हुनुहुन्छ ।  विगत दुई दशक अघिदेखि अमेरिकामा बस्दै आउनुभएकी गीतकार अम्विका गुरुङका शब्दहरु आजकल निकै गुञ्जन थालेका छन् । गुरुङद्धारा रचना गरिएका माया प्रेम देखि लिएर देशभक्ति समेत गरि...

अम्बिका गुरुङको मन छुने कविता ‘एक सिपाही’

 पर्खि नबसे प्यारी मलाइ पर्खि  ठेगान छैन मेरो आउने हल्लै हल्ला बारूत् को धुलो देख्छु जता ततै मर्ने बाच्ने ठेगान छैन उडी रहेछ कालो कालो धुलो माथि बादल संगसंगै जता ततै अध्यारो छ आँखा खोलि हेरे पनि केहि देख्दिन आफ्नै छायाँ  हराई...

अम्बिका गुरुङको कविता ‘सोच’

सोच हाम्रो खजाना हो त्यो सोचलाई सृजनात्मकता बनाउँ काम गर्दा गर्दै अधुरो छाडिएका कामहरु सकारात्मक ढंगले सकौँ निर्दयी नभई निर्णय लिउँ कहिले हानिकारक हुदैन अलि पछाडि  नै होस् बरु निर्णय राम्रो लिउँ जिरै बाट सोचौ अब भोलि के गर्ने फोकस गरौ आफ्नो...

अम्बिकाको कविता ‘आजको नेपाल’

  बिश्वको दोश्रो जलश्रोतको धनि नेपाल आज अन्धकारमा डुबेको छ संजीवनी पाउने देशमा सिटामोल नपाएर, यो देशमा आज मानिस मरी रहेछ यो कस्तो बिडम्बना हो यो कस्तो नियति हो आफ्नो घर आफै भत्काई रहेछ आफ्नो देशलाई आफै बेची रहेछ पर्यटकमा अडेको छ...