Motivate News

मेस्सी, रोनाल्डो र ग्रिजम्यान फिफा उत्कृष्ट खेलाडीको मनोनयनमा

१८ मंसिर, काठमाडौं । बार्सिलोनाका लिओनल मेस्सी, रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो र एथ्लेटिको मड्रिड एज्टोनी ग्रिजम्यान फिफा उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन् ।

विजेताको घोषणा जनवरी ९ मा हुनेछ । फ्रान्स फुटबलको बालोन डि’ओरसँगको सम्वन्ध तोडेपछि फिफाले यो वर्षबाट फेरि उत्कृष्ट फिफा अवार्ड प्रदान गर्न लागेको हो ।

उत्कृष्ट प्रशिक्षकको अवार्डका लागि लिसेस्टर सिटीका क्लाउडिओ रानिएरी, पोर्चुगलका फर्नान्डो सान्तोष र रियल मड्रिडका जिनेदान जिदान छन् । र, अब फ्यानहरुले पनि भोटिङ गर्न सक्नेछन् । फिफामा आवद्ध देशका कप्तान र प्रशिक्षकको भोट ५० प्रतिशत हुनेछ । बाँकी समर्थक र विश्विभरका २०० खेल पत्रकारको मत हुनेछ ।

 

प्रतिकृया दिनुहोस्

सात नम्बर प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिन्छु ः टेक बहादुर चन्द पूर्व केन्द्रीय सदस्य

सुदूरपश्चिम त नेपाल निजामती कर्मचारी युनियन (संघ) को कम्युनिस्टले भनेजस्तो लालकिल्ला नै रहेछ नि, यसको खास कारण के हो ? तपाईले भन्नुभएको सही हो । हाम्रो समग्र सुदूरपश्चिम हाम्रो संगठनको गढ नै हो । जबसम्म हाम्रो किन जित भयो भन्ने सवाल यसका केही...

हेर्नुहोस महानगरपालिकाको छाप र लेटरप्याडको यसरी हुन्छ दुरुपयोग, विचौलियाले खान खोजे करोडौको जमिन

फागुन ३०, काठमाडौँ – तत्कालिन काठमाडौं महानगरपालिका पञ्जाधिकारी मुक्तिनाथ दवाडीले नक्कली बसाइसराइको कागज बनाएर कानुनको धज्जी उडाएको खुलासा भएको छ। पन्जिकाधिकारी दवाडीले काठमाडौँ टोखा सरस्वती गाबिस (अहिलेको टोखा नगरपालिका)मा रहेको जग्गा हरिकृष्ण सिताराम शाहीले आफ्नो भनि दावी गर्ने उदेश्यले नक्कली बसाइसराइ तयार...