Motivate News

नेपाल द्वारा भारत ५ सून्यले पराजित

मङ्सिर २०, कोलम्बो – श्रीलंकामा जारी दक्षिण एसियाली फुट्सल च्याम्पियनशिप २०१६ अन्तर्गत लिग चरणको खेलमा नेपालले भारतलाई ५ शुन्यले हराएको छ ।

दोश्रो दिनको खेलमा नेपालले भारतलाई ५ शून्यले हराएको जानकारी श्रीलंकामा रहेका फुट्सल संघ नेपालका उपाध्यक्ष तथा प्रतियोगितामा टिम म्यानेजर सन्तोष खतिवडाले नेपाली हेडलाइन्सलाई दिए ।

योसँगै नेपाली टिमले ३ खेल जितिसकेको छ । शनिबार मात्र नेपालले पाकिस्तानलाई ९/३ र माल्दिब्सलाई ३/२ गोल अन्तरले हराएको थियो । प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, माल्दिब्स र पाकिस्तान सहभागी छन् ।

नेपाली फुट्सल टिमको टोलीमा कप्तान साजन महर्जन सहित सुभाष घलान, बिकी सिलाकर, समिर जंग कार्की, डेनियल श्रेष्ठ, दिलिप तामाङ, दिपेन्द्र रसाइली र रितेष पौडेल सहभागी छन् । टिम कोचको जिम्मेवारी नारायणकृष्ण महर्जनले सम्हालिरहेका छन् । नेपाली टोलीको टिम लिडर भने बटु कृष्ण थापा छन् ।

प्रतिकृया दिनुहोस्

मैत्रीपूर्ण खेलमा पत्रकार हावी, पत्रकारद्वारा नेता ३/२ ले पराजित

काठमाडौं ,भाद्र ३१ । प्रथम किशुन जी स्मृति भेट्रान फुटवल खेलको उद्घाटन कार्यक्रममा भएको मैत्रीपूर्ण खेलमा प्रत्रकारको टिमले नेता ,सामाजिक कार्यकर्ता,शिक्षासेवी सम्मिलित टिम लाई ३-२ गोल अन्तरले पराजित गरेको छ। कार्यक्रममा उद्घाटन खेल मैत्रीपूर्ण रहेको थियो भने आज बाटै प्रतियोगिता सुरु भैसकेको...

११ औं काठमाडौं म्याराथनको उपाधी सशस्त्रका गोपिचन्द्रलाई

भदौ ३१ ,काठमाडौं – सशस्त्र प्रहरीका गोपिचन्द्र पार्कीले काठमाडौं म्याराथनको उपाधि जितेका छन् । शनिबार बिहान काठमाडौंमा भएको ‘११ औं काठमाडौं म्याराथन’४२ दशमलव १९५ किलिमिटर दौड उनले २ घन्टा २३ मिनेट ५६ सेकेण्डमा पूरा गरे । नेपाल आर्मीका होमलाल श्रेष्ठ दोश्रो भए...

सिंगापुरमाथि नेपालको सहज जित, समूह विजेता बन्दै सेमिफाइनलमा

  भदौ २९, काठमाडौं- एसीसी अन्डर–नाइन्टिन एसिया कप क्रिकेट छनोटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ । समुहको अन्तिम खेलमा आज बिहान सिंगापुरलाई ७ विकेटले हराउँदै नेपाल समूह विजेता बनेको हो । नेपालले अब सेमिफाइनलमा अर्को समूहको उपविजेताको सामना गर्नेछ ।...

एसिसी यु १९ एसिया कप : थाइल्याड १० ओभरमा अलआउट, नेपाल २ सय ५५ रनले विजयी

भदौ २६, काठमाडौं – मलेसियामा भइरहेको एसिसी यु १९ एसिया कप छनोट प्रतियोगितामा नेपालले थाइल्याडलाई १० ओभरमा अलआउट गरेको छ । नेपालले थाइल्याडलाई २ सय ५५ रनले हराएको छ । नेपालका लागि सन्दिप लामिछानेले सात विकेट लिए । त्यस्तै किशोर महतो, नन्दन...