Motivate News

फेरि तिम्रो नशामा(कविता)

काठमाडौं –

उ खोजिरहेको छ,
मौसमसँगको समन्वय
कुदिरहेका ती काला बादलहरुको साथ,
मन्द बतासको सुस्केरा,
सून्यतामय वातावरण,
र पातलो झरी,
अनगिन्ती छन् उसका शब्दहरु,
मात्र अदृश्य मुहारले सिर्जीत
वाचाल थियो उ , तर लाटो आज ।

आधुनिक या आत्याधुनिक
उसैलाई थाहा होला ,
उसको अन्तर्मन , प्रकाशभन्दा द्रुत
तर इतिहासको पानामा बाँधिएको ,
कसिएको ,
छाडिएको ,
प्रयास , अवश्य असफल ती उसका
तर थाहा छ विश्वलाई ,
नयाँ जोगीले नै हो , धेरै खरानी धस्ने
श्रेय वास्तवमै प्रेमको ,
तर उ पनि नयाँ जोगी नै हो ।

तिम्रो प्रेमको एकोहोरोपन ,
चट्याङको उज्यालोले धपक्क
उसलाई बुद्धत्व प्राप्त गर्नु छैन ,
उसलाई तपस्वी बन्नु छैन ,
नजिस्क्याउ ए जुनेली रातको जुन ,
पगाल्ने सामर्थ्य छैन तिमिमा ,
तिमी झुक्कियौ ,
उ नशामै छ,
छाडिदेउ उसलाई ,
उसको सातौँ ब्रह्माण्डमा ,
उ रमाएको छ ,
फेरि तिम्रो नशामा

यो पनि पढ्नुहोस्

कविता : तिम्रो नशामा

प्रतिकृया दिनुहोस्

सिए अध्ययनरत विद्यार्थी प्रकाश लेख्छन्: कालिकोटको अवको वाटो, शुन्यदेखि सयसम्म

काठमाडौँ – सर्वप्रथम पहिलो चरणको स्थानीय तहको निर्वाचनमा विजयी सबैलाई बधाई तथा सफल कार्यकालको छ । यो निर्वाचनबाट पराजय भोग्नु हुने सबैलाई झनै शुभकामना । तपाइहरुको आगामी बाटोलाई अझै स्पष्ट र शानदार बनाएर आऊने दिनमा जनताको मन र मत जित्ने त्यो आँट...

पानी नचल्ने हातको औठाछाप, तिम्रो बा को चुनाव चिन्हमा चल्ने ?

बेलायत – “पानी नचल्ने हातको औठाछाप चल्ने” देशमा चुनाबको माहोल तातिएको बेला आउ, तिम्रो र मेरो प्रेमको गर्मी पनि अलिकती थपौं,, मेरो सार्की बाउको हातको पानी तिम्रो बाहुन बा लाई नचल्ने, आज चुनावमा त्यही पानी नचल्ने हातको औठाछाप तिम्रो बा को चुनाव...

सांसद हुन त यस्ता पो !

काठमाडौं – महाभुकम्प गएको पनि २ बर्ष पुग्न लाग्यो । १२ बैसाख २०७२ को दिन नेपालीहरुका लागि एक कालो दिन बनेर आयो, हजारौँ जनताको कयौँ सपनाहरु क्षणभरमै खरानी बने । झण्डै दश हजारको ज्यान गयो, हजारौँको संख्यामा घाइते भए । कति घर...

सय रुपैयाँ तिरेर फिल्म हेर्ने हैसियत नभएकाहरुले छक्का पन्जाको उछितो काटिरहेका छन्

काठमाडौँ – म खास्सै चलचित्र हेर्ने र त्यसका प्रति कुनै टिप्पणी गरिरहने मान्छे त होइन तर पनि पछिल्लो समय मैले हेरेको चलचित्र छक्का पन्जा प्रति सामाजिक संजालमा आइरहेका केही टिप्पणीहरु प्रति मन साह्रै असहमत भएकाले केही लेख्नै मन लाग्यो । हलमा रिलिज...