Motivate News

मेसी चम्किएपछि बार्सिलोनाको प्रभावशाली जित

मंसिर २६, काठमाडौं – डिफेन्डङ च्याम्पियन बार्सिलोनाका लागि मेसी चम्किएपछि स्पेनिस ला लिगामा शानदार जित दर्ता गरेको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ३–० ले हराएको हो। बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई तथा लुइस स्वारेजले एक गोल गरे।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको बार्सिलोनाका लागि ५९ औं मिनेटमा स्वारेजले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि कप्तान मेसीले ७२ औं मिनेटमा गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए। यस्तै इन्जुरी समयमा पुनः गोल गर्दै मेसीले भ्रमण टोली बार्सिलोनालाई ३–० को जित दिलाए।
गएरातिको जितपछि १५ खेलबाट ३१ अंक भएको बार्सिलोना शीर्ष स्थानको रियल मड्रिडभन्दा ६ अंकले पछि दोस्रो स्थानमा छ।

प्रतिकृया दिनुहोस्

पाउलिन्होको ह्याट्रिक गोलमा ब्राजिल ४–१ ले विजयी

चैत ११ , काठमाडौं – इङ्ल्यान्डको टोटेनहाम क्लब छोडेर दुई वर्षअघि चीनको ग्वान्झाओ इभरग्रान्डेमा अनुबन्धित भएका २८ वर्षीय मिडफिल्डर पाउलिन्होको ह्याट्रिक गोलको सहयोगले ब्राजिलले विश्व कप छनोटअन्तर्गत उरुग्वेलाई उसैको घरमा ४–१ गोलले पराजित गरेको छ। यो नतिजा उरुग्वेको यसपालिको छनोटमा अहिलेसम्मकै खराब...

नेपाल र केन्याबीचको खेल वर्षाका कारण प्रभावित, घाम नलागेसम्म खेल नहुने

फागुन २८,काठमाडौं – विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आज हुने नेपाल र केन्याको खेल वर्षाले प्रभावित गर्ने भएको छ। हिजोदेखि रातभर पानी परिरहेको छ। अहिलेसम्म पनि वर्षा नरोकिएपछि खेल निर्धारित समयमा नहुने भएको छ। यसअघि निर्धारित ९: ३० बजे खेल हुने तालिका थियो।...

नयाँ इतिहास रच्दै बार्सिलोना क्वाटरफाइनलमा

फागुन २६ , काठमाडौं  – नयाँ इतिहास रच्दै बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ । गएराती भएको खेलमा पिएसजीविरुद्ध अविश्वसनीय प्रदर्शन गर्दै ६–१ गोल अन्तरले बार्सिलोना विजयी भएको हो । बार्सिलोनालाई जिताउन स्टार स्ट्राइकर नेयमारले अन्तिम दुई मिनेटमा ऐतिहासिक...

यी हुन् अन्तराष्ट्रिय खेलमा सफलता हात पार्ने न्यु जेन ताल्छीखेल डोजाङ्गका खेलाडी (फोटो फिचर)

काठमाडौँ – नेपालमा पछिल्लो चरण खेल क्षेत्रमा एक पछी अर्को विकास भइरहेको छ । खेल जगतमा निकै पछि मानिएको नेपाल अहिले खेल क्षेत्रमा अगाडी बढिरहेको छ । गत डिसेम्बर २८ र २९ मा भारतको कोलकातामा सम्पन्न अन्तराष्ट्रिय (1st TIA INTERNATIONAL TAEKWONDO CHAMPIONSHIP) प्रतियोगितामा...