Motivate News

महेश्वरको जीवन यात्रा : मुक्त कमैयाको समस्या समाधानदेखि उद्योग बिभागको अटोमेसनसम्म

काठमाडौँ – आफ्नो घर नहुँदा कति समस्या हुन्छ ? काठमाडौंमा भाडामा बस्नेलाई थाहा होला । अझ सीप नहुँदा कति समस्या हुन्छ यहाँका वेरोजगारी यूवाहरुलाई थाहा छ । जग्गा, सीप, केही नभएर सुकुम्बासीको रुपमा खोलाको किनारामा बसीरहेका मुक्त कमैयाहरुको दर्दनाक पीडा भुक्तभोगीलाई नै थाहा छ । अझ त्यसमा पनि सरकारले बेला बेलामा सरकारी जमिन हडपेको भन्दै उठिबास लगाउन खोज्दा, महिलाहरु बालबच्चा काखमा च्यापेर भाग्नुको पीडा, झन् सहिनसक्नु नै छ अहिले पनि भूमिहिन जनतालाई ।

भोकाले खाना पाए जस्तै, नाङगोले लुगा पाए जस्तै, तिर्खामा पानी पाए जस्तै, निन्द्रामा निदरी पाए जस्तै भूमिहिन जनता जग्गा पाउँदा धेरै नै खुशी हुन्छन् । जोसँग खानको त कुरै छोडौँ, म कहाँको हुँ ? भन्ने समेत थाहा छैन्, मेरो घर कहाँ हो भनेर खोज्न पर्छ । यस्ता भूमिहिनहरुले जग्गा पाउँदा उनीहरुको मन कति खुशी हुँदो हो । त्यस्तो बेला जमिन पाउँदा कति आशीर्वाद दिँदा हुन्, त्यहाँका जनताले ।

२०५६ सालमा सुदूर पश्चिमको कैलाली जिल्लामा भूमिहिन किसानहरुको निर्णायक आन्दोलन भयो । खान र बस्न पाउनुपर्छ भनेर गरिएको अधिकारको लडाईमा हजारौं जनता आन्दोलित भए । कैलाली जिल्ला नै ठप्प भयो । यो आन्दोलन सरकारका लागि पनि चुनौतिको विषयमा बन्यो । समस्याको दीर्घकालीन समाधान कसरी गर्न सकिन्छ भन्नेतर्फ भन्दा आन्दोलनलाई कसरी मत्थर पार्न सकिन्छ भन्नेतिर सरकारको ध्यान केन्द्रित भयो । तत्कालीन श्री ५ को सरकारले नेपालका सबै भूमिहिन जनतालाई जग्गा उपलव्ध गराउने निर्णय ग¥यो । आन्दोलनकारीको मुख्य माग पनि यही थियो । उनीहरुले सरकारलाई घुडा टेकाउन सफल भए ।

तत्कालीन रुपमा आन्दोलन रोकिएपनि समस्याको समाधान भएको थिएन । तिर्खाको प्यास मेटाउने, भोकाको भोक मेटाउने, आन्दोलनकारीको झोक मेटाउने, भूमिहिनको अलपत्र बास मेटाउन सक्ने एक जना दक्ष र क्षमतावान भूमिसुधार अधिकृतको खाँचो थियो । त्यति नै वेला भर्खरै सरुवा भई भूमिसुधार मन्त्रालय आएका महेश्वर न्यौपानेलाई कैलाली जिल्लाको भुमि सुधार कार्यलयमा पठायो सरकारले । त्यसपछि सुरु भयो न्यौपानेको अग्नि परिक्षा । सरकारले त जमिन दिने भनेर पन्छियो तर कैलालीमा समस्या जस्ताको तस्तै थियो ।

कसरी भुमिहिनहरुलाई जमिन उपलव्ध गराउने ? त्यसमा न्यौपानले आफ्नो कौशलता प्रस्तुत गरेर त्यहाँका हजारौं भूमिहिन किसानको बासको व्यवस्था गरे । उनले प्रति परिवार एक कट्ठा देखि ५ कट्ठासम्मको जग्गा वितरण गरेर कैलालीका जनताको मन जिते । दुई बर्षको छोटो बसाईमा नै उनले त्यहाँका सबै भूमिहिनहरुलाई जमिन उपलव्ध गराई आफ्नो कार्यकाल उपलब्धिपूर्ण बनाएर काठमाडौं फर्किए । न्यौपाने भूमिहिनहरुको समस्या समाधान गर्र्न गठित आयोगको सदस्य सचिव भएर त्यहाँ गएका थिए । उनको जिम्मेवारी उनीहरुलाई खान, बस्नको व्यवस्था गर्नु थियो । उनले त्यो जिम्मेवारी पुरा गरेर जनताको स्यावासी लिएर काठमाडौं फर्किए ।

को हुन् न्यौपाने ?

नेपाल सरकार उद्योग मन्त्रालय अन्तर्गतको उद्योग विभागका महानिर्देशक हुन् महेश्वर न्यौपाने । भत्तपुरको तत्कालीन झौखेल गाविस (अहिलेको चाँगुनारायण नगरपालिका) मा जन्मेका न्यौपाने सानैदेखि मिहिनेती र लगनशील स्वभावका थिए । गाउँकै सरकारी स्कुलबाट एसएलसी उत्तीर्ण उनी कक्षामा सँधै प्रथम हुन्थे । एसएलसीपछि उच्च शिक्षा हासिल गर्न काठमाडौंको रत्नराज्य क्याम्पसमा भर्ना भएका उनले त्यहाँ पनि कलेज टप गरेर सबैलाई आश्चर्यका पारिदिए ।

कलेजमा भर्ना भएको पहिलो वर्ष उनी कसैसँग बोलेनन् । आफ्नो पढाईको काम सकेर समयमा नै घर फर्किने भएर हुन सक्छ उनलाई क्याम्पसमा कमैले मात्र चिन्थे । जब पहिलो वर्षको रिजल्ट आयो तबमात्र उनको चर्चा एकाएक चुलियो । सामान्य किसान परिवारमा जन्मेका न्यौपाने सानो अवस्थामा कलेजको प्रोफेसर, लेक्चर हुन पाए हुन्थ्यो भनेर कल्पना गर्थे । त्यहि अनुसार मिहिनेत पनि गर्दथे । उनको लेक्चरको पनि अनौठो अनुभव छ । उनी कक्षा १० मा हुँदा आफ्ना साथीहरुलाई पढाउँथे । आफू भन्दा एक कक्षा जुनियर भाइहरुलाई त उनी पैसा लिएर नै ट्युसन पढाउँथे ।

उनको लेक्चर बन्ने सपना जतिबेला उनका दाई सरकारी सेवामा जोडिन पुगे त्यतिवेला तुहियो । उनले नयाँ योजना बुन्न थाले । सबैको सल्लाह अनुसार उनले निजामती सेवामा प्रवेश गरेर देश र जनताको सेवा गर्ने योजना बनाए । त्यसपछि लोकसेवाको तयारी गर्न थाले ।

सरकारी सेवामा प्रवेश

कलेजको प्रोफेसर, लेक्चरको सपना देखेका उनले अध्ययापन कार्यलाई निरन्तरता दिइरहेका थिए । विद्यर्थीलाई ट्युसन पढाइरहेका उनलाई गाउँकै सरकारी विद्यालयमा शिक्षकको जागिरको लागि अफर आयो । केही समय उनले गाउँको स्कुलमा पढाए । त्यो स्कुलमा गएको केही समय पछि अर्को स्कुलमा अस्थायी शिक्षकको रुपमा नाम निकाले ।
करिब एक वर्ष उनले अस्थायी शिक्षकको रुपमा काम गरे । त्यसपछि गाउँका धेरै साथीहरु निजामती सेवामा प्रवेश गरेको र उनको आफ्नै दाइपनि सरकारी जागिरे भएकाले उनलाई पनि निजामती सेवामा प्रवेश गर्न जाँगर लाग्यो र नाम निकाल्ने अठोट गरे । त्यही अनुसारको तयारी गर्न थाले । २०५३ सालबाट उनले खरदारको जागिरबाट निजामती सेवा आरम्भ गरे । अध्ययनशील र तीष्ण बुद्धि भएका उनले २०५४ सालमा नै सुब्बामा नाम निकाले ।

जागिरको पहिलो अनुभव

खरदारमा नाम निकालेपछि न्यौपाने गाविस सचिवको रुपमा २०५३ सालमा सिन्धुपाल्चोकको थकनी गाविसमा गएर निजामती सेवाको सुरुवात गरे । त्यतिवेलाको समयमा झोलामा हुन्थ्यो गाविस कार्यालय । धेरै ओटा गाविसको कार्यालय एकै ठाउँमा हुँदा केही समस्या पनि हुने गर्दथ्यो । उनी गाविस सचिव भएर थकनी गाविसमा गएपछि झोलामा रहेको कार्यलयलाई व्यवस्थित बनाउने काम गरे । थोरै समयमात्र यस गाविसमा बसेका उनले गाविसको पुर्वाधार विकासको लागि विशेष पहल गरे । गाविसलाई चाहिने न्यूनतम पुर्वाधारको जोहो गरेर काम गर्न सहज हुने वातावरण बनाए । केही समयपछि उनी नजिकैको अर्को गाविसमा सरुवा भए । त्यहाँ पनि उनले पूर्वाधार विकासकै लागि आफ्नो समयलाई खर्चिने काम गरे ।

जागिरको यात्रा

न्यौपाने हरेक वर्ष जागिरमा पनि अपग्रेड हुँदै गए । पहिलो वर्ष खरदारमा नाम निकालेका उनले अर्को वर्ष सुब्वामा नाम निकाल्न सफल भए । त्यसपछि न्यौपानेले अफिसरमा पनि नाम निकाले । अफिसर भएर उनले भूमिसुाधार मन्त्रालयमा काम गर्ने अवसर पाए । जागिर सुरु गरेको केही समयमा उनी भूमिसुधार मन्त्रालय अन्तरगत कैलाली जिल्लाकोे भूमिसुधार कार्यालयमा सरुवा भए । त्यहाँ उनी भूमिसुधार अधिकृत (सदस्य सचिव)को हैसियतमा पुगेका थिए ।

उनको जीवनको महत्त्वपूर्ण पाटो थियो त्यो । सरकारले काम गर्न पठाएको थियो भने जनता पनि आफ्नो अधिकार नलिई नछोड्ने गरी आन्दोलित भएका थिए । काम गर्नैपर्ने बाध्यता एक ठाउँमा थियो भने अर्को उनको जागिरको पनि सवाल थियो । त्यहाँ जनतालाई खुसी पारेर आफ्नो जागिर बचाउनु थियो, उनलाई पहिलो चरणमा नै ।

राम्रो काम गरेकाले त्यहाँका जनताले अहिले पनि उनलाई सम्झिने गर्दछन् । भूमिहिन सुकुम्वासीलाई जग्गा उनकै पालामा वितरण गरिएको थियो । कैलालीका सबै भूमिहिनहरुले महेश्वर न्यौपानेलाई अहिले पनि उत्तिकै सम्मान गरिरहेका छन् । त्यहाँ उनले आफ्नो खल्तीबाट जनतालाई सहयोग गरेका त थिएनन् तर जनतालाई सहजरुपमा जसरी जग्गाको व्यवस्था गरे, त्यो त्यहाँका जनताले खल्तीबाटै दिएको जस्तो अनुभव गरे । अहिले पनि त्यहाँका जनता महेश्वर न्यौपानेलाई भगवान सरह नै मान्ने गर्दछन् ।

सडकमा आएका जनतालाई गाँस, बास र कपास उपलब्ध गराउने जिम्मेवारी उनको काँधमा आएको थियो । उनले सहजताका साथ त्यसलाई पुरा गरेर सबैको प्रिय पात्र बनेर विदा भए । उनले त्यहाँ रहँदा जग्गा मात्र उपलव्ध गराएनन् स्वरोजगारका लागि सीपमूलक तालिमको व्यवस्था गरी सबैलाई ब्यस्त बनाउन सफल भए । त्यहाँका स्थानीयहरुको आय आर्जनको बाटो खोलिदिए ।

उनी कैलालीमा पुण्य काम गरेर फर्केपछि सामान्य प्रशासन मन्त्रालयमा सरुवा भए । सामान्य प्रशासन मन्त्रालयमा उनी प्रशासन नामको पत्रिकाको सम्पादन गर्ने, तालिमका योजनाहरु बनाउने काममा व्यस्त हुन थाले । सामान्य प्रशासन मन्त्रालयमा दुई वर्ष काम गरेपछि उनले उपसचिवमा नाम निकाले । उपसचिव भएपछि उनी रक्षा मन्त्रालयमा सरुवा भए । रक्षा मन्त्रालयमा हँुदा उनले नेपाली सेना र सरकारको दुरी घटाउने काम गरे । उनी त्यहाँ प्रवेश गर्दाको समयमा रक्षा मन्त्रालयलाई सेनाले नमान्ने स्थिति थियो । त्यसमा उनले धेरै सुधारका कामहरु गरे । सेनाको भर्ना छनोट गराउने, सेनाको सामग्री खरिद पारदर्शी बनाउने लगायतका काममा उनको ठुलो भूमिका रह्यो ।

दुई वर्ष रक्षामा काम गरिसकेपछि उनी प्रमुख जिल्ला अधिकारी भएर कञ्चनपुर जिल्लामा सरुवा भए । त्यसपछि चितवनको प्रमुख जिल्ला अधिकारी भए । त्यहाँ पनि उनी धेरै समय बसेनन् । जीवनभर करिब एक वर्ष सिडियो भएर काम गरेका उनलाई आजसम्म गरेको काम मध्ये सबैभन्दा राम्रो काम नै सिडियो रहेको अनुभव सुनाए । चितवनमा छोटो समय बसेका उनले धेरै काम गर्ने अवसर पाए । यहाँ उनले सडकमा सिसिटिभी राख्ने कामको सुरुवात गरेका थिए । उनकै योजना अहिले कार्यान्वयनको चरणमा छ । सहरमा यातायात व्यवस्थापन गर्ने काम उनकै पालामा भएको थियो ।

त्यसपछि उनको सरुवा अर्थ मन्त्रालय अन्तरगत एयरपोर्ट भन्सार कार्यालयमा भयो । त्यहाँ हुँदा उनले यात्रु व्यवस्थापन कक्ष व्यवस्थापन, कार्गो विल्डिङमा सेलेक्टिभिटी मोडेल लागू गरेका थिए । त्यसपछि उनी आन्तरिक राजस्व कार्यालयमा सरुवा भए । त्यहाँ आएको केहि समयमा नै नक्कली भ्याटबिलको प्रसङ्ग उठाए । नक्कली भ्याटबिलको बिगबिगी भएको बेलामा उनले त्यसको छानविन गरेर केहीलाई कारवाही गरे, । नक्कली भ्याटबिलको अन्त्य गरे । ठगी भएको अरबौं रुपैयाँ सरकारी ढुकुटीमा भर्ने काम गरे । यसरी भ्रष्टहरुलाई ठेगान लगाएपछि घुस खान पल्केका त्यहाँका कर्मचारी र व्यवसायीले उनलाई बस्न दिएनन् । अनेक हर्कत गरेर नौ महिनामा नै उनलाई सरुवा गरियो । एउटा रेस्टुरेन्टले करिव एक करोड कर छली गरेको थियो । त्यसमा उनले छानविन गरेर करको दायरामा ल्याउँदा राजनीतिक आस्था जोडियो र त्यहाँबाट उनलाई सरुवा गरियो ।

त्यहाँबाट सरुवा गरेर उनलाई निर्वाचन आयोगमा पु¥याइयो । २०७० सालको निर्वाचन गरिसकेपछि उनको सरुवा उद्योग विभागमा भयो । अहिले उनी उद्योग विभागमै छन् । त्यहाँ रहदा उनले धेरै सुधारका कामहरु गरेका छन् ।

उद्योेग विभागमा सुधार

महेश्वर न्यौपाने उद्योग विभागमा आएपछि धेरै सुधारका कामहरु भएका छन् । उनले उद्योग विभागको सम्पूर्ण कामलाई अटोमेसनमा लगेर सेवाग्राहीलाई छिटो छरितो सेवा प्रदान गर्ने कामको थालनी गरेका छन् । अहीले एउटा शाखाको काम अटोमोसनबाटै हुन्छ, भने अरु सबै शाखालाई पनि अटोमोसनमा लैजाने तयारीमा रहेको छ उद्योग विभाग । उनी उद्योग विभागमा आउँदाको यो सपनामा विश्व बैंक र आइएफसीले उनको सपनालाई पुरा गर्न सहयोग गर्यो । विश्व बैंक र आइएफसीको लगानीमा उद्योग विभागले अटोमेसनको काम पुरा गरेको हो । यसले गर्दा उद्योग विभागमा आएर कागज भरिरहन पर्ने समस्याको अन्त्य भएको छ भन विदेशबाटै आवेदन फारम भर्न सकिनेछ ।

त्यस्तै उद्योग विभागका सबै डाटाहरुलाई डिजिलाइटेशन गरिएको छ । बैदेशीक लगानीको २३ हजार फायलहरुलाई स्क्यान गरेर कम्प्यूटरमा राखिएको छ । त्यसले गर्दा फायल हराउने अथवा च्यातीने समस्याको अन्त्य भएको छ । उद्योग विभागका सम्पूर्ण डाटाहरु सरकारी क्लाउडमा राखिएकोल छ । यो कामले क्लाउड होस्ट राख्ने नेपाल सरकारकै पहिलो संस्था हो उद्योग विभाग बनेको छ ।

त्यस्तै अव डिजिटल हस्ताक्षरका कामहरु पनि अगाडी कढाउने प्रयत्नमा छन् न्यौपाने । कम्पनीको आधीकारीक व्यक्तिको हस्ताक्षर संकलन गरेर डिजिटलमा राखिदैछ । त्यस्तै अर्को कुरा उद्योग विभाग र कम्पनी रजिस्ट्रारको कार्यालय विच एमओयू गरेको छ, जसले गर्दा उद्योग विभागको डाटा कम्पनी रजिस्ट्रारले हेर्न पाउँछ भने कम्पनी रजिस्ट्रारको डाटा उद्योग विभागले हेर्न पाउने छ । यसले गर्दा फाइल वोकेर डौडिरहनु पर्ने समस्याको समाधान भएको छ ।

यो कामको सुरुहुँदा कुनै पनि सेवा ग्राहीले फायल एउटा कार्यलय देखी अर्को कार्यलयमा दैडाई रहन प्रदैन् । लाइन बस्ने समस्याको पनि अन्त्य हुनेछ ।

त्यस्तै, एउटै फारम भरेपछि सबैतिर काम गर्ने खालको कमन फारमको अवधारण पनि न्यौपानेले अगाडी बढाएका छन् । अहिले लगानी स्विकृतिको लागि एउटा, कम्पनी दर्ताको लागि अर्को, करमा अर्को फेरी उद्योग विभागमा पनि फारम भर्नपर्ने परिपाटी छ, यसको अन्त्यको लागि कमन फारमको सुरुवात हुन लागेको हो । उनले यी र यस्तै थुपै्र कामहरु गरेर उद्योग विभागमा धेरै सुधार ल्याएका छन् ।

प्रतिकृया दिनुहोस्

मध्यपश्चिममा मैले धेरै योगदान गरेको छु ः नृपजंग शाही (पूर्व अध्यक्ष सुर्खेत)

मध्यपश्चिममा नेपाल कर्मचारी युनियन (संघ) को कस्तो नेतृत्व चयन भयो ? मध्यपश्चिममा रहेका १५ ओटा जिल्लाहरुमा निर्वाचन सम्पन्न भइसकेको छ । हामीले धेरै जिल्लाहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेका छौं । केही जिल्लाहरुमा निर्वाचन नै भएपनि सक्षम र योग्यहरु नै आएका छन्...

पुनर्निर्माण कोष कार्यान्वयनमा ल्याउन संसदीय समितिको निर्देशन

  चैत १०, काठमाडौं — व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले एक महिनाभित्र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनर्निर्माण कोष कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ । नागरिक न्युजका अनुसार भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको प्रगतिबारे छलफल गर्न बुधबार बोलाइएको बैठकमा विकास समितिले पुनर्निर्माण कोषलाई एक महिनाभित्र...

गठबन्धन बनाए पाँच वर्षसम्म छुट्टिन नपाइने

चैत १० , काठमाडौं – संसद्ले बुधबार पारित गरेको राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ मा दलहरूले गठबन्धन बनाएर एकल चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिन सक्ने व्यवस्था गरिएको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका...

मतपत्र छपाइ ‘दबाब’ मा स्थगित

चैत १० , काठमाडौं – निर्वाचन आयोगले मतपत्र छपाइको कार्य स्थगित गर्दै स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता हुन छुटेका दललाई पनि समावेश गरी पुनः मुद्रण गर्ने निधो गरेको छ । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। आयोगको बुधबारको बैठकले...