Motivate News

बालोन डि’ओरमा रोनाल्डो हावी, मेस्सीलाई पछि पार्दै जिते उपाधी

मंसिर २८, काठमाडौँ – रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले लिओनल मेस्सीलाई पछि पार्दै प्रतिष्ठित बालोन डि’ओर अवार्ड जितेका छन् ।

बार्सिलोनाका अर्जेन्टिनी स्टार मेस्सी दोस्रो र फ्रान्सका एन्टोनी ग्रिजम्यान तेस्रो स्थानमा रहे । फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्ने यो अवार्डका लागि ३० फुटबलर सुरुवाति मनोनयनमा परेका थिए ।

३१ वर्षे रोनाल्डोको यो चौथो बालोन डि’ओर हो । उनले २००८, ०१३, ०१४ र यो वर्ष जिते । मेस्सीले भने गत वर्ष पाँचौपटक जितेका थिए, जसमा ०९ देखि लगातार चार वर्ष पनि छ ।

मैलै चौथो पटक यो सुनौलो बल जित्छु भनेर सोचेको थिइँन, म निकै खुसी छु, रोनाल्डोले भनेका छन् ।

गत वर्ष रियल मड्रिडबाट च्याम्पियन्स लिग जितेका रोनाल्डोेले पोर्चुगललाई युरो कप जिताए । यससँगै बालोन डि’ओरका लागि उनलाई प्रमुख दावेदारका रुपमा हेरिएको थियो ।

पछिल्लो ६ वर्ष यो अवार्ड फिफा र फ्रान्स फुटबल मिलेर प्रदान गरिएको थियो । तर, यो वर्षबाट फिफाले बर्ष खेलाडी अवार्ड प्रदान गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्

२० मिनेटमा ५ गोल गर्दै अटलान्टाले इभर्टनलाई ५-१ ले हरायो

  मंसिर ८, काठमाडौं – युरोपा लिग अन्तर्गत बिहीबार राति भएको खेलमा इटालियन क्लब अटलान्टाले इंग्लिस क्लब इभर्टनलाई ५-१ ले हराएको छ । पहिलो हाफ १-० रहेको खेलमा दोस्रो हाफको ७० मिनेटपछि ५ गोल भयो । दोस्रो गोल ६३ औँ मिनेटमा भएको...

नेमार र काभानी चम्केपछि पिएसजीद्वारा सेल्टिक ७-१ ले पराजित

  मंसिर ७, काठमाडौं – फ्रेन्च क्बल पेरिस सेन्ट जर्मेन (पिएसजी)ले युरोपियन च्याम्पियन्स लिगमा शत प्रतिशत जित हात पारेको छ। यसअघि नै अन्तिम १६ मा पुगिसकेको पिएसजीले समूह चरणको खेलमा सेल्टिकलाई ७-१ ले हरायो। खेलको पहिलो मिनेटमै गोल खाएपनि पिएसजीले घरेलु मैदानमा...

बार्सिलोना गोलरहित बराबरीमा रोकियो

मंसिर ७, काठमाडौं – स्पेनिस ला लिगा लिडर बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना इटालियन सिरी ए क्लब युभेन्टससँग गोलरहित बराबरी रोकिए पनि नकआउट चरण स्थान बनाउन सफल भएको हो...

रियल मड्रिडको प्रभावशाली जित, अन्तिम १६ मा स्थान पक्का

मंसिर ६,काठमाडौ – साबिक विजेता रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा जित निकाल्दै समूह ‘एच’ मा रहेका रियल मड्रिडले समूह उपविजेताको रुपमा अन्तिम १६ मा स्थान पक्का गरेको...