Motivate News

फेरि पनि तिम्रै नशामा (कविता)

काठमाडौं –

लेखक

                  लेखक

तिमी छौ अदृश्य ,
तर उ देखिरहेको छ तिमीलाई
बारम्बार टोलाएर ,
रमाएर,
पुल्किएर,
लजाएर,
उ हेरिरहेको छ तिमीलाई
अनियंत्रित भएको छ, उ,
फेरि पनि तिम्रै नशामा ।
अनियंत्रित भएको छ उसको कलम,
फेरि पनि तिम्रै नशामा ।
बग्न चाहन्छ कता हो कता,
एक दिशाहिन यात्राको लागी ।

मौन छौ तिमी र मौन तिम्रो मुस्कान
पुलकित तर मौन तिम्रो मुहार
उ एकोहोरिएको छ,
भुतुक्कै भएको छ,
छेदविच्छेद भएको छ,
तिमिलाई हेर्ने प्रयास गर्छ, तर लजाएको छ ।
स्थिर रहन खोज्छ, तर लठ्ठीएको छ ।
वास्तविकतामा विश्वास गर्ने उ,
तिमीलाई सम्झिँदा, आज संसार बिर्सिएको छ ।
मन्दिरमा बसि झुठो गफ नगर्ने उ,
आज भट्टीमा बसि यथार्थ पोखेको छ।
अवस्य भ्रम, तिम्रो लागी,
तर उ तिम्रै यादमा मन्त्रमुग्ध छ ।
सहयोग मात्र नशाको,
उसले मन(मस्तिष्कमा तिम्रो प्रतिबिम्ब पाएको छ ।

र साथ पाएको छ, उसले कलमको,
अक्षरमा उतार्दैछन तिमीलाई,
नजिक आउने उसको कलमको प्रयास,
सायद उसको आफ्नै प्रयास ।
कलम, उसको घनिष्ठ मित्र,
तर तिम्रो नशाको पहिलो सिकार ॥॥

यो पनि पढ्नुहोस्

फेरि तिम्रो नशामा(कविता)

कविता : तिम्रो नशामा

प्रतिकृया दिनुहोस्

को हुन् अम्बिका गुरुङ ? कसरी गीतसंगीतमा लागि परिन ? के भन्छिन गीतसंगीतको बारेमा ?

काठमाडौँ –  गीतकार तथा साहित्यकार अम्बिका गुरुङ सौम्य, भद्र, समाजसेवी भावनाकी धनी र मिलनसार व्यक्ति हुनुहुन्छ ।  विगत दुई दशक अघिदेखि अमेरिकामा बस्दै आउनुभएकी गीतकार अम्विका गुरुङका शब्दहरु आजकल निकै गुञ्जन थालेका छन् । गुरुङद्धारा रचना गरिएका माया प्रेम देखि लिएर देशभक्ति समेत गरि...

अम्बिका गुरुङको मन छुने कविता ‘एक सिपाही’

 पर्खि नबसे प्यारी मलाइ पर्खि  ठेगान छैन मेरो आउने हल्लै हल्ला बारूत् को धुलो देख्छु जता ततै मर्ने बाच्ने ठेगान छैन उडी रहेछ कालो कालो धुलो माथि बादल संगसंगै जता ततै अध्यारो छ आँखा खोलि हेरे पनि केहि देख्दिन आफ्नै छायाँ  हराई...

अम्बिका गुरुङको कविता ‘सोच’

सोच हाम्रो खजाना हो त्यो सोचलाई सृजनात्मकता बनाउँ काम गर्दा गर्दै अधुरो छाडिएका कामहरु सकारात्मक ढंगले सकौँ निर्दयी नभई निर्णय लिउँ कहिले हानिकारक हुदैन अलि पछाडि  नै होस् बरु निर्णय राम्रो लिउँ जिरै बाट सोचौ अब भोलि के गर्ने फोकस गरौ आफ्नो...

अम्बिकाको कविता ‘आजको नेपाल’

  बिश्वको दोश्रो जलश्रोतको धनि नेपाल आज अन्धकारमा डुबेको छ संजीवनी पाउने देशमा सिटामोल नपाएर, यो देशमा आज मानिस मरी रहेछ यो कस्तो बिडम्बना हो यो कस्तो नियति हो आफ्नो घर आफै भत्काई रहेछ आफ्नो देशलाई आफै बेची रहेछ पर्यटकमा अडेको छ...