Motivate News

यसरी बेच्छ नेपाल सरकारले अंगीकृत नागरिकता ?

मंसिर २९, काठमाडौँ – के नेपाल सरकारले अंगीकृत नागरिकता बेचेको हो ?

नेपालको संविधानको भाग दुईमा नागरिकता सम्बन्धी व्यवस्था गरिएको छ । जहाँ कानुन अनुसार कुनैपनि नागरिकलाई नागरिकता दिनबाट बञ्चित गरिने छैन भनेर स्पष्ट लेखेको छ, त्यो पनि ग्यारेन्टी समेत गरेर । नेपालको संविधान २०७३ मा मुख्य गरी बंशज र अंगीकृत गरी दुई किसिमको नागरिकताको व्यवस्था छ ।

नेपाली नागरिकसँग बैबाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलालाई दिइने अंगीकृत नागरिकता प्राप्त गर्नको लागि चाहिने सिफारिसपत्र लिन भने रु १०,००० (दश हजार) बुझाउनु पर्छ । के सरकारले अन्य क्षेत्रबाट राजश्व उठाउन नसकेर यो अंगीकृत नागरिकता बेच्ने गरेको हो ? होइन भने सिफारिस लिन किन र केका लागि रु १०,००० (दश हजार तिनुपर्ने ?

काठमाडौं महानगरपालिकाको वडा नं १६ मा राखिएको नागरिक वडापत्रमा नै अंगीकृत नागरिकता प्राप्त गर्न दिइने सिफारिसको दस्तुर रु १०,००० (दश हजार) भनेर उल्लेख गरिएको छ । बंशजको नागरिकता पाउनको लागि भने रू ५० तिरे पुग्छ ।

नेपालभर जुनसुकै सरकारी निकायबाट दिइने अंगीकृत नागरिकता सिफारिसपत्रको दस्तुर एकै हो कि फरक, फरक छ ? नागरिकता भनेको कुनैपनि देशको कानुनी अधिकार हो । सरकारी सेवा प्राप्त गर्न किन यति धेरै दस्तुत तिर्नुपर्ने ?

नेपाली नागरिकसँग बिबाह गरेर अंगीकृत नागरिकताको लागि सिफारिसपत्र लिन जाने धेरै महिलाहरु दस्तुर सुनेर दंग पर्ने गरेका छन् । के नेपाल सरकारले अंगीकृत नागरिकता बेचेको हो ? यसबारेमा सरकारको ध्यान जान जरुरी छ ।

प्रतिकृया दिनुहोस्

बोली फेरिएन प्रधानमन्त्रीको: दुई बर्षपछि पनि उस्तै भाषण

काठमाडौं – भूकम्पले धरहरा ढालेको ठीक तीन बर्ष पुगेको दिन बुधबार धरहराको फदनजिकै मञ्च झकिझकाउ थियो । झकिझकाउ मञ्चमा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे, ‘मै बनाउँछु मेरो धरहरा, हरेक नेपालीको नारा ।’ २०७३ फागुन ४ गते पनि ओलीले सोही स्थानमा...

नेपाललाई छोडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन : अध्यक्ष दाहाल

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता नपाउने बताएका छन् । नेपाल नेत्रज्योति संघको २५ औं केन्द्रीय सभालाई सम्बोधन गर्दै उनले दुई देशको बीचमा रहेको नेपालको पनि सँगसँगै विकास भए मात्र दुई देशमा...

ओलीले देशलाई अधिनायकवादतर्फ लगे, अब कांग्रेसले प्रतिकार गर्छ : देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मुलुक अधिनायकवादतर्फ उन्मुख गराउने वर्तमान सरकारको रणनीतिमा कांग्रेस मौन रहन नसक्ने बताएका छन् । ‘वर्तमान सरकारले देशलाई अधिनायकवादतर्फ उन्मुख गराएमा कांग्रेस चुप लागेर बस्दैन, प्रतिकार गरेरै छोड्छ’, उनले भने, ‘सरकार मुलुकलाई अधिनायकवादतर्फ...

नेपालीको प्रतिव्यक्ति कूल आय एक लाख नाघ्यो

काठमाडौं – चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन एक लाख तीन हजार ३३५ अर्थात एक हजार चार युएस अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७४/७५ को ६ देखि नौ महिना सम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित सूचकांक अनुसार विप्रेषण सात खर्ब...