Motivate News

जीवन बडुले जिते काठमाडौ जिल्ला व्यापी एकल गायन प्रतियोगिताको उपाधी

काठमाडौं – राष्ट्रिय संस्थागत बिद्यालय संघ (निसान)ले आयओजना गरेको प्रथम काठमाडौ जिल्ला व्यापी अन्तर बिद्यालय एकल गायन प्रतियोगिताको उपाधी श्री यन्त्र स्कुल मुलपानीका जीवन बडुले जितेका छन । चाबहिलको ए वान पार्टी प्यलेसमा भएको कार्यक्रममा द्वितीय स्थान बौद्ध चिल्ड्रेन हेभनका सुजन तामाङले हात पार्दा टाईमलाईन स्कुलकी अनुस्का राईले तृतीय स्थान चुमिन । त्यस्तै सान्त्वना पुरस्कार इस्टपोल स्कुलका केसाङ शेर्पा र पाँच पोखरी स्कुलकी आकृती चौलागाईंले जितेकी छन ।

राजधानीको ३० बिधालयको सहभागिता रहेको कार्यक्रमका बिजेतालाई नेपाल सरकारका स्वास्थ मन्त्री गगन थापा र निसानका अध्यक्ष ओम ढकालले मेडल शिल्ड र प्रमाणपत्र बितरण गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्रि थापाले बिजयीलाई उज्ज्वल भविस्यको शुभकामनादिएका थिए ।

प्रतिकृया दिनुहोस्
madira

२१ वर्षमुनिकाले मदिरा किन्न नपाउने

फागुन ११,काठमाडौं – सरकारले २१ वर्षमुनिकाले मदिरा किन्न नपाउने गरी ‘राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति’ ल्याएको छ । मन्त्रिपरिषद्ले सोमबार पारित गरेको नीतिमा सार्वजनिक समारोह, विवाह, उत्सवलगायतमा मदिरा निषेध गरिएको छ । सरकारी मात्र नभएर सार्वजनिक निकायबाट समेत आयोजना हुने कार्यक्रममा...

16837963_1207899035945149_1495637582_n

प्याब्सन महाधिबेशन शुरु हुँदै, बिजय साम्बाहाम्फेका पक्षमा बढ्दो समर्थन

फागुन ९,काठमाडौं- निजी विध्यालयहरुको सबै भन्दा ठुलो छाता संगठन प्याब्सनमा अहिले चुनाबी गर्मी बढेको छ । देशभर ७ हजार भन्दा बढी सदस्य विद्यालय रहेको प्याब्सनको अबको नेतृत्व कसले गर्ने भन्ने विषयले यती बेला शिक्षा क्षेत्र तातेको छ । केन्द्रीय नेतृत्व छनौट गर्न...

hand

यसरी सुन्दर अक्षरको खोजी गर्दै छ ह्याप्पी किड्ज फाउन्डेसनले

काठमाडौं – ह्याप्पी किड्ज फाउन्डेसनले उपत्यका ब्यापी नेपाली हस्तलेखन प्रतियोगिताको फाइनल प्रतिष्पर्धाको आयोजना गरेको छ । उपत्यकाका ७५ ओटा विद्यालयका करिब २ हजार ६ सय विद्यार्थीको सहभागितामा आयोजना गरिएको उक्त प्रतियोगितामा ८९० जना प्रतिष्पर्धी अन्तिम चरणका लागि छानिएका थिए। प्रतियोगितामा कक्षा १...

Om magar

यस्तो रह्यो भेनस पव्लिक स्कुलको अभिभवक दिवस (फोटो फिचर)

काठमाडौं – जोरपाटी बेशिगाँउ स्थित भेनस पव्लिक स्कुलको अभिभावक दिवस भव्यता पूर्वक सम्पन्न भएको छ । शनिबार सम्पन्न कार्यक्रममा स्कुलका विद्याथीहरुले आफ्नो अतिरिक्त कृयाकलापको कैशल विभिन्न नृत्य, गित र कमेडी डान्स आदि मार्फत प्रस्तुत गरेका थिए । जोरपाटी क्षेत्रमा बेग्लै पहिचान बनाउन...